नेपालको विकासका लागि सहयोग गर्न चीन तयार

<p>काठमाडौँ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र नेपालका लागि चिनियाँ डेपुटी चिफ अफ मिसन याङ सी चाओबीच शुक्रबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको आर्थिक विकासका बारेमा छलफल भएको छ । शिक्षा मन्त्रालयमा आज भएको भेटमा २०७२ को भूकम्पपछि चीन सरकारले तत्काल र पुनःनिर्माणका लागि गरेको सहयोगका लागि शिक्षामन्त्री श्रेष्ठले चिनियाँ [&hellip;]</p>

काठमाडौँ । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र नेपालका लागि चिनियाँ डेपुटी चिफ अफ मिसन याङ सी चाओबीच शुक्रबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध र दुई देशबीचको आर्थिक विकासका बारेमा छलफल भएको छ ।

शिक्षा मन्त्रालयमा आज भएको भेटमा २०७२ को भूकम्पपछि चीन सरकारले तत्काल र पुनःनिर्माणका लागि गरेको सहयोगका लागि शिक्षामन्त्री श्रेष्ठले चिनियाँ टोलीलाई धन्यवाद दिएका उनका स्वकीय सचिव चिरञ्जिवी भण्डारीले जानकारी दिए । भेटमा डेपुटी चिफ अफ मिसन याङले नेपालको समग्र विकासका लागि चिनियाँ सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए। रासस

Share News