भृकुटिमण्डपमा भोलिदेखि दोस्रो राष्ट्रिय मह मेला शुरु, करिब २० वटा स्टल राखिने

<p>काठमाडौ । कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा आगामी असार १६ गतेदेखि राजधानीको भृकुटिमण्डपमा दोस्रो राष्ट्रिय मह मेला सञ्चालन हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशनालयले आगामी असार २६ गतेदेखि २९ गतेसम्म मह मेला सञ्चालन गर्ने भएको छ । ‘आर्थिक समृद्धिका लागि व्यवसायिक मौरी पालन’ भन्ने मूल नाराका साथ व्यवसायिक [&hellip;]</p>

काठमाडौ । कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा आगामी असार १६ गतेदेखि राजधानीको भृकुटिमण्डपमा दोस्रो राष्ट्रिय मह मेला सञ्चालन हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशनालयले आगामी असार २६ गतेदेखि २९ गतेसम्म मह मेला सञ्चालन गर्ने भएको छ ।

‘आर्थिक समृद्धिका लागि व्यवसायिक मौरी पालन’ भन्ने मूल नाराका साथ व्यवसायिक मौरी पालनमा लागेका कृषकहरुलाई उत्साहित गर्न तथा नेपाली महको विकास एवं प्रवद्र्धन गर्न दोस्रो मह मेला आयोजना गर्न लागिएको व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम निर्देशक अधिकारीले नेपाली महको प्रवद्र्धन गर्नका लागि बैशाखमा नै मह मेला आयोजना गर्ने भनिए पनि राष्ट्रिय राजनीति तथा स्थानीय तहको निर्वाचनका कारण असारमा गर्न लागिएको जानकारी दिए । अधिकारीले पत्रकारहरु मार्फत सम्पूर्ण नागरिकहरुलाई मह बारे जानकारी लिन मह मेला अवलोकन गर्न आग्रह समेत समेत गरे ।

पत्रकार सम्मेलनमा बोल्दै मौरी व्यवसायी संघका अध्यक्ष जगदिशभक्त श्रेष्ठले सर्वसाधारणमा मौरी र महबारे चेतना कमी रहेको बताए । मौरीले टोक्दा समेत एचआईभीको संक्रमण हट्ने भन्दै अध्यक्ष श्रेष्ठले मौरी र महको धेरै महत्व रहेको बताए ।

‘नेपालमा १० हजार मेट्रिकटनसम्म मह उत्पादन गर्न सक्ने क्षमता भएकाले मह उत्पादन गरेर बाहिरी मुलुकमा निर्यात गर्नुपर्ने बताए । यसैगरी मौरि विज्ञ अनि रुद्रनाथ शुक्ललाले मौरीको महको स्टाण्डर्डको र गुणस्तरबारे जानकारी दिए । मौरीको मह सबै एकै किसिमको नहुने भन्दै मौरीको महबारे सबैले बुझ्नु आवश्यक रहेको शुक्लाले बताए ।

कार्यक्रममा बोल्दै मौरी विज्ञ शुक्लाले जथाभावी बिक्रि वितरण गर्न राखिएको मह गुणस्तरहिन र मिसावट गरिएको हुने भन्दै त्यस्तो मह खरिद नगर्न आग्रह गरे । असार २६ गतेदेखि ४ दिनसम्म चल्ने मह मेलामा व्यवसायिक मौरीपालन, महको महत्व तथा फाइदाका बारेमा जानकारी गराईने आयोजकले जनाएको छ ।

त्यसबाहेक मेलामा विभिन्न क्षेत्रका कृषक एवं व्यवसायीहरुले उत्पादन गरेका महका स्वाद सेवन गर्नुका साथै सुलभ दरमा महको बिक्री वितरण हुन बताइएको छ । आयोजकका अनुसार प्रत्येक दिन बिहान १० बजेबाट साझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा करिब २० वटा स्टल रहने बताइएको छ ।

 

Share News