क्लिन फिड लागू नगर्न अनुरोध

<p>काठमाडौं । भारतीय प्रशारक फोरमले नेपालको लागि क्लिन फिड उपलब्ध गराउन नसकिने जानकारी गराएको छ । नेपालका लागी अलग्गै फिड तयार गरी प्रशारण गर्न सम्भव नै छैन र प्रशारण हुँदा पनि नेपाली उपभोक्ताले क्लिन फिडबाट प्रशारित च्यानलको शुल्क भुक्तान गर्न नसकिने फोरमले जनाएको छ । हाल सरकारले विज्ञापन रहित नीति, २०७३ को कार्यान्वयन गर्ने तयारीमा [&hellip;]</p>

काठमाडौं । भारतीय प्रशारक फोरमले नेपालको लागि क्लिन फिड उपलब्ध गराउन नसकिने जानकारी गराएको छ । नेपालका लागी अलग्गै फिड तयार गरी प्रशारण गर्न सम्भव नै छैन र प्रशारण हुँदा पनि नेपाली उपभोक्ताले क्लिन फिडबाट प्रशारित च्यानलको शुल्क भुक्तान गर्न नसकिने फोरमले जनाएको छ ।

हाल सरकारले विज्ञापन रहित नीति, २०७३ को कार्यान्वयन गर्ने तयारीमा रहेको बुझिएको छ । नेपालमा हाल प्रशारण भई आएका ९५ प्रतिशत विज्ञापन सहितका विदेशी च्यानलहरु छन् । ति च्यानलहरुको नेपालका लागी विज्ञापन रहित फिड छैन । विज्ञापन रहित नीति, २०७३ लागु गरिएमा नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरु बन्द नै हुन्छन् भने सोबाट नेपाली टेलिभिजनहरु पनि बन्द हुन पुग्छन्, कारण हाल नेपाली टेलिभिजनहरुको प्रशारण डिटिएच कम्पनी तथा केबल कम्पनी मार्फत भइ आएको छ ।

यसरी विज्ञापन रहित नीति, २०७३ लागु गरीएमा यस क्षेत्रमा लगानी भएको अरबौ रुपैयाँको लगानी खेर जाने पनि स्पष्ट छ ।विज्ञापन रहित नीति, २०७३ लागु भएमा नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरुका लागी बिक्रियोग्य बस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले सरकारले यही असार मसान्त भित्र विज्ञापन रहित नीति, २०७३ रद्द नगरेमा आगामी श्रावण १ गते देखि नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका स-शुल्क, निशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायत सम्पुर्ण टेलिभिजनहरु बन्द गर्न बाध्य हुनुपर्ने डिशहोमले बताएको छ ।

यसबाट सरोकारवाला, प्रशारक तथा उपभोक्तामा पर्न जाने असर तथा त्यसबाट उत्पन्न हुने बिषम परिस्थितीको जिम्मेवार समेत नेपाल सरकार नै हुने डिशहोमद्धारा जारी प्रेश विज्ञप्तिमा उल्लेख छ ।

Share News