भारतीय बाँधका कारण तराईमा डुबान

<p>काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले भारतले सिमा क्षेत्रमा बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको निष्कर्ष निकालेको छ । सोमबार बसेको समिति बैठकले भारतले नेपालसँगको सिमा नजिकै बाँध, सडक लगायतका भौतिक संरचना निर्माण गरेकाले तराई क्षेत्रमा डुबानको समस्या बढेको बताएको हो । ‘छिमेकी मुलुक भारतले नेपालतर्फको आफ्नो सीमानामा निर्माण गरेका भौतिक संरचनाहरुका कारण [&hellip;]</p>

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले भारतले सिमा क्षेत्रमा बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको निष्कर्ष निकालेको छ ।
सोमबार बसेको समिति बैठकले भारतले नेपालसँगको सिमा नजिकै बाँध, सडक लगायतका भौतिक संरचना निर्माण गरेकाले तराई क्षेत्रमा डुबानको समस्या बढेको बताएको हो ।

‘छिमेकी मुलुक भारतले नेपालतर्फको आफ्नो सीमानामा निर्माण गरेका भौतिक संरचनाहरुका कारण तराईका अधिकांश स्थानहरु डुबानमा परेको देखिएकाले अन्तर्राष्ट्रिय मूल्य मान्यता एवं कानून बमोजिम सो सम्बन्धमा कुटनैतिक पहल गरी आपसी सहमतिमा आ—आफ्ना क्षेत्रको आफ्ना तर्पm बाट गर्न सक्ने कार्य आफै गर्ने व्यवस्था तत्काल गरी दीर्घकालीन रुपमासमस्याको समाधान खोज्न समितिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयलाई निर्देश गर्दछ ।’, समितिले निर्देशनमा भनेको छ ।

समिति बैठकले तराई क्षेत्रमा व्याप्त डुबानको समस्या समाधान गर्न, पहाडमा पहिरोको जोखिममा रहेका नागरिकलाई तत्काल दिर्घकालिन पुनर्बासको व्यवस्था गर्न पनि भनेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय योजनाका आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्य, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सिंचाई मन्त्रालयका सचिवहरु, जल उत्पन्न प्रकोप नियन्त्रण बिभागका महानिर्देशक लगायत सम्बद्ध पदाधिकारीहरुको सहभागीता रहेको थियो । बाढी पहिरो ग्रस्त क्षेत्रमा उद्धार तथा राहतको काम प्रभावकारी ढंगले सञ्चालन गर्न पनि बैठकले निर्देशन दिएको समितिका सभापति रबिन्द्र अधिकारीले बताए ।

Share News