काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित भूकम्प पिडितलाई नगद वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धादिङ्ग जिल्लाको सेमजोङ्ग गा.वि.स.मा गत असार २० देखि २२ गतेसम्म तीन दिने नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो ।
बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हिल्फको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण कार्यक्रममा बैंकले ७३० परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको छ ।