स्वास्थ्य शिविरबाट एक हजार १०० जना लाभान्वित

<p>गौशाला। महोत्तरी जिल्लाको भङ्गहा गाउँपालिकामा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक हजार १०० जना लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा भङ्गहा गाउँपालिकाको परडिया राष्ट्रिय निमाविमा सम्पन्न एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा ४४५ महिला र ६५५ जना पुरुषले विभिन्न रोगको उपचार गराएर लाभान्वित भएको सो कार्यालयले जनाएको छ । शिविरमा बिरामीलाई पञ्चकर्म, [&hellip;]</p>

गौशाला। महोत्तरी जिल्लाको भङ्गहा गाउँपालिकामा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक हजार १०० जना लाभान्वित भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा भङ्गहा गाउँपालिकाको परडिया राष्ट्रिय निमाविमा सम्पन्न एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा ४४५ महिला र ६५५ जना पुरुषले विभिन्न रोगको उपचार गराएर लाभान्वित भएको सो कार्यालयले जनाएको छ ।

शिविरमा बिरामीलाई पञ्चकर्म, ल्याब, कार्मचिकित्सा, शल्य चिकित्सा, बाथरोग, छाला, दम्मा, रुघाखोकीलगायतका सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य केन्द्रका प्रमुख डा सुबोध मिश्रले बताए।

राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रबाट डा सिद्धार्थ ठाकुरको नेतृत्वमा आएको आठ जनाको चिकित्सक टोलीले बिरामीलाई उपचार गरेका थिए ।

त्यस्तै शिविरमा अभिपतकरचूर्ण, त्रिफला, सितोपलादी, हिंगवास्टकचूर्ण, रसनादीक्वाथलगायत विभिन्न ५० प्रकारका औषधि पनि निःशुल्क वितरण गरिएको जनाइएको छ । रासस

Share News