काठमाडौं भ्यू टावर निर्माण सम्झौता रद्द, ३ अर्ब ५० करोडको ठेक्का छोडेर मनोज भेटवाल फरार

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यू टावर निर्माणको लागि जलेश्वर स्वछन्द विकोइ विल्डर्स कम्पनीसँग गरेको सम्झौता रद्द गरेको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार स्वछन्द विकोइ विल्डर्सले सम्झौता अनुसार निर्माण कार्य नगरेकोले सम्झौता रद्द गरिएको हो । सम्झौता भएको एक वर्ष वित्दा पनि निर्माणको काम शुरु नभएकोले सम्झौता खारेज गर्ने निर्णय भएको उनले बताए [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यू टावर निर्माणको लागि जलेश्वर स्वछन्द विकोइ विल्डर्स कम्पनीसँग गरेको सम्झौता रद्द गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार स्वछन्द विकोइ विल्डर्सले सम्झौता अनुसार निर्माण कार्य नगरेकोले सम्झौता रद्द गरिएको हो । सम्झौता भएको एक वर्ष वित्दा पनि निर्माणको काम शुरु नभएकोले सम्झौता खारेज गर्ने निर्णय भएको उनले बताए ।

उक्त कम्पनीले काठमाडौं भ्यू टावरको संरचनाको विस्तृत विवरण समेत पेश गर्न नसकेको उनले बताए । दुई महिनाअघि अहिलेसम्म भएको प्रगति विवरण पेस गर्न भनेको तर कम्पनीले पेस नगरेको उनले बताए ।

कम्पनीका मालिक मनोज भेटवाल सम्पर्कमा समेत नआएको उनले बताए । उनलाई विभिन्न बैंकहरुले कालोसूचिमा राखेका छन् । भेटवाल भाग्दा सबैभन्दा बढी नोक्सान एनसीसी बैंकलाई भएको स्रोतले बतायो ।

यसअघि पनि कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक पटक निर्देशन दिएको महानगरपालिकाले जनाएको छ ।

बागबजार नजिकको पुरानो वसपार्कमा १२ तले भवन बनाउन सन् २०१६ मार्च ५ मा दुई पक्षबीच सम्झौता भएको थियो । दुई वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । उक्त भवन बनाउने ३ अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको थियो ।

महानगरपालिकाले सम्झौता रद्द गरेपछि कम्पनीले भने काम निर्माण क्षेत्रमा आफ्नो गतिविधि अगाडि बढाएको छ ।

 

Share News