कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता

<p>काठमाडौं । कुमारी बैंक लिमिटेड र राम्रो रेमिट प्रा.लि. बीच विभिन्न मुलुकबाट आएको विप्रेषणको भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिट प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार राम्रो रेमिट मार्फत विश्वका [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेड र राम्रो रेमिट प्रा.लि. बीच विभिन्न मुलुकबाट आएको विप्रेषणको भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिट प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार राम्रो रेमिट मार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट र कुमारी रेमिटका ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ ।

Share News