लुम्बिनी बिकास बैंक तनहुँको चन्द्रावतीमा शाखा कार्यालय विस्तार

<p>काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले तनहुँ जिल्लाको भानु नगरपालिकाको चन्द्रावतीमा ५०औं शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका छन् । विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा [&hellip;]</p>

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले तनहुँ जिल्लाको भानु नगरपालिकाको चन्द्रावतीमा ५०औं शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका छन् ।

विकास बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बताए ।

यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीए, मोवाईल बैकिङ लगायतका सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको यस राष्ट्रिय स्तरको विकास बैंकले देशका विभिन्न भागमा ५० वटा शाखा १२ वटा एटीएमबाट सेवा दिदै आएको जनाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले जानकारी दिए ।

 

Share News