ट्रान्सफर्मर र पोल आफै उत्पादन गर्ने तयारीमा विद्युत प्राधिकरण, ५० करोडको सिड मनिमा नयाँ कम्पनी खोलिने

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालमै ट्रान्सफर्मर र विद्युत् पोल उत्पादन गर्ने तयारी थालेको छ । कम गुणस्तरको ट्रान्सफर्मर आयातलाई रोक्न र विद्युत् पोल छुट्टै निकायबाट उत्पादन गर्न प्राधिकरणले आफै कम्पनी स्थापना गरेर उत्पादन गर्न लागेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले आफूलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका सामग्रीहरू उत्पादन गरेर विजनेश शुरु गर्न लागेको [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालमै ट्रान्सफर्मर र विद्युत् पोल उत्पादन गर्ने तयारी थालेको छ । कम गुणस्तरको ट्रान्सफर्मर आयातलाई रोक्न र विद्युत् पोल छुट्टै निकायबाट उत्पादन गर्न प्राधिकरणले आफै कम्पनी स्थापना गरेर उत्पादन गर्न लागेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्राधिकरणले आफूलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका सामग्रीहरू उत्पादन गरेर विजनेश शुरु गर्न लागेको हो । ट्रान्सफर्मर र पोल उत्पादन सम्बन्धी काम छुट्टा–छुट्टै कम्पनीबाट हुनेछ । प्राधिकरणको शतप्रतिशत लगानीमा उक्त दुई कम्पनी खडा गरिएको हो । कम्पनीबाट उत्पादन शुरु भएपछि अब स्वदेशी तथा विदेशी कम्पनीबाट ट्रान्फर्मर र कम्पनीबाट पोल खरिद प्रक्रिया रोकिनेछ ।

कम्पनी स्थापनाको प्रारम्भिक चरण भएकोले यति नै लाग्छ भन्न नसकिए पनि ५० करोड रुपैयाँको सिड मनिबाट ट्रान्सफर्मर कम्पनी शुरु गर्न सकिने अधिकारीले बताए । ‘लागत भनेको त उत्पादन क्षमता र विस्तारको आधारमा भर पर्ने हो,’ उनले भने ‘स्वदेशमै उत्पादन गर्दा नेपाली पुँजी बाहिर नजानुका साथै देशभित्रै रोजगारी सिर्जना हुन्छ ।’ कम्पनी स्थापना भएपनि विभिन्न प्रक्रिया तथा पूर्वाधार निर्माण गर्न गर्दा एक डेढ वर्षमा मात्रै उत्पादन शुरु गर्न सकिने उनको भनाइ छ ।

ट्रान्सफर्मर कम्पनीले पुराना ट्रान्सफर्मरको मर्मत गर्ने तथा नयाँ उत्पादन गर्ने प्राधिकरणले जानकारी दिएको छ । ट्रान्सफर्मर आयात रोक्न र विदेशमा मर्मत गर्ने परम्परा अन्त्य गर्न पनि प्राधिकरणले कम्पनी स्थापना गरेको हो । हाल नेपालमा ट्रान्सफर्मर मर्मत तथा सम्भार हुँद आएपनि प्राधिकरण आफैले भने उत्पादन गरेको छैन । निक र ट्रान्स होइल कम्पनीले स्वदेशमा पनि ट्रान्सर्फमर उत्पादन गर्दै आएका छन् ।प्राधिकरण आफैंले ट्रान्सफर्मर उत्पादन गर्न थालेपछि अहिले हुँदै आएको ठेक्का पट्टाको झण्झट अन्त्य हुने छ ।

प्राधिकरणले ट्रान्सफर्मर मर्मत तथा उत्पादन गर्न ‘ट्रान्सफर्मर मर्मत तथा उत्पादन कम्पनी’ र पोल मर्मत उत्पादन गर्न ‘पोल उत्पादन कम्पनी’ छुट्टा छुट्टै कम्पनी स्थापना गरेकोे हो । कम्पनीमा प्रमुख कार्यकारी अधिकृत, तीन सञ्चालक र एक योजना व्यवस्थापक रहने व्यवस्था छ ।
प्राधिकरणले विराटनगर र बाँकेको कोहलपुरमा नयाँ पोल कारखाना स्थापना गर्ने तयारी थालेको छ । हालप्राधिकरणको अमलेखगन्ज र पोखरामा पोल कारखाना छन् । यी कारखानाहरूलाई कम्पनीभित्र ल्याएर चार स्थानबाट उत्पादन शुरु गर्ने योजना प्राधिकरणको छ ।

प्राधिकरणले आव २०६७/२०६८ मा चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनीबाट एक हजार ९ सय ५० वटा ट्रान्सफर्मर खरिद गरेको थियो । उक्त ट्रान्सफर्मरमध्ये नेपाल सरकारकोतर्फबाट १४ करोड २६ लाख रुपैयाँमा १ हजार २ सय र विश्व बैंकको सहयोगमा १६ करोड रुपैयाँ७ सय ५० वटा खरिद गरिएको हो । यस अघि चीनकै जेके होल्डिङ सप्लायर्स कम्पनीबाट पनि करिब ४ करोड ५० हजार रुपैयाँ मा खरिद गरिएको थियो । उक्त ट्रान्सफर्मर किन्दा भ्रष्टाचार भएको भन्दै प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलगायत व्यक्ति कारबाहीमा तानिएका थिए । सो कार्यmलाई रोक्न पनि स्वदेशमै ट्रान्सफर्मर कम्पनी स्थापना हुन ुपर्ने आवश्यकता महशुस गरिएको हो ।

Share News