काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ४ दशमलब ८९ अंकले घटेर १५८२ अंकमा पुगेको छ । बुधबारको तुलनामा आजको बजारमा नेप्सेमा गिरावट आएता पनि सेयर कारोबारमा भने वृद्धि भएको छ । बिहीबार बजारमा ७४ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा जम्मा ६४ करोड रुपैयाँ को सेयर किनबेच भएको थियो ।
सामान्य अंकले घटेको बजारमा पनि चार कम्पनीका लगानीकर्ताले करिब१० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६० प्रतिशत कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमई समुन्नट स्किम १ को ९.४५, दिब्याश्रोरी हाइड्रोपावरको ९.१८ र नेशनल माइक्रोफाइनान्स वित्तीय संूस्थाको ९.१० प्रतिशतले सेयर मूल्य बढेको छ ।
सो दिन अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । अन्य समूहको परिसूचक ११ अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५३ अंकले ओरालो लागेको छ ।