नेपालमा पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी हुँदै

<p>चितवन । उद्योग वाणिज्य संघ चितवनको परिसरमा आगामी साउन २ र ३ गते नेपालमा नै पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी २०१७ हुने भएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी स्क्रिन प्रिन्ट हुने कुराको जानकारी गराइएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको उक्त प्रदर्शनीमा स्क्रिन प्रिन्ट, गार्मेन्ट प्रिन्ट, सब्लीमेशन प्रिन्टका नयां प्रविधि [&hellip;]</p>

चितवन । उद्योग वाणिज्य संघ चितवनको परिसरमा आगामी साउन २ र ३ गते नेपालमा नै पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी २०१७ हुने भएको छ ।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी स्क्रिन प्रिन्ट हुने कुराको जानकारी गराइएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको उक्त प्रदर्शनीमा स्क्रिन प्रिन्ट, गार्मेन्ट प्रिन्ट, सब्लीमेशन प्रिन्टका नयां प्रविधि र प्रयोग बारे जानकारी गराइने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् प्रर्दशनीका संयोजक राजन गौतमले बताए ।

नेपालभरी छरिएर रहेका सो प्रकृतिका व्यवसायी हरुलाई एकिकृत गर्दै कच्चा पदार्थ, उपकरण, नयां प्रविधि र नयाँ व्यवसायीलाई आकर्षण गर्नका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको उनले बताए ।

व्यवसायबारे जानकार नहुँदा उपभोक्ताले समेत सहज सेवा लिन नसकेको अवस्थामा प्रर्दशनीले व्यवसायको विस्तारसंगै नयाँ व्यवसायी उत्पादनमा पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

निशुल्क प्रवेशको व्यवस्था गरिएको प्रर्दशनीमा विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने संयोजक गौतमले जानकारी दिएका छन् ।

 

Share News