केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु

<p>काठमाडौं । चाबहिलको केएल टावरमा संचालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइल हब सँचालनमा आएको अबसर पादै सुरु भएको मोबाइल मेला सँगै एक्सचेन्ज मेला पनि सुरु गरेको हो । जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरिने बताउँदै केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ [&hellip;]</p>

काठमाडौं । चाबहिलको केएल टावरमा संचालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।

मोबाइल हब सँचालनमा आएको अबसर पादै सुरु भएको मोबाइल मेला सँगै एक्सचेन्ज मेला पनि सुरु गरेको हो ।

जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरिने बताउँदै केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ मोबाइल खरिद गर्न चाहनेहरुका लागि गिफ्ट ह्याम्पर लगायत हात खाली नजाने उपहारको ब्यबस्था गरिएको बताए ।

मोबाइल एक्सचेन्जका लागि ग्राहकहरुले आफ्नो परिचय खुल्ने परिचय पत्रको फोटोकपी ल्याउनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ब्राण्डेड मोबाइलको कारोबार र मल्टिब्राण्ड मोबाइल सोरुमको रुपमा कारोबार सुरु गरेको मोबाइल हबले नेपालमै नम्बर १ बन्ने लक्ष लिएको प्रबन्ध निर्देशक ग्लाइडरले बताए ।

मोबाइल हबमा बिश्वबजारमा पाइने २३ भन्दा बढी कम्पनीका मोबाइलको कारोबार गरिरहेको छ भने बिभिन्न कम्पनीका मोबाइलबारे जानकारी दिन टच एण्ड फिलको सुबिधा पनि दिएको छ । १ हजारको मोबाइलको खरिदमा ५ हजार भन्दा बढीको उपहार पाइने ब्यबस्था गरेको छ । लक्की ड्र मार्फत मलेशिया र सिंगापुरको भ्रमण गर्न पाइने तथा हरेक मोबाइलको खरिदमा दुइवटा फिल्मको टिकट र क्लब डेजाभुको २ जनालाइ प्रबेश टिकट उपलब्ध गराउने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिएका छन् ।

 

Share News