काठमाडौं । बर्षदिन भरी काम नगर्ने तर आर्थिक बर्षको अन्तिम समयमा रातारात काम गर्ने प्रवृत्तिले गत आवमा पनि निरन्तरता पाएको छ । गत आवको अन्तिम तीन दिनमा मात्रै ४६ अर्ब रुपैंयाँ र्खा गरिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २९ गतेदेखि ३१ गते साँझसम्ममा पुँजीगत खर्च ३६ अर्ब र चालु खर्च ११ अर्ब मासिएको छ । आर्थिक बर्ष २०७२÷७३ को अन्तिम सात दिनमा पनि ३५ अर्ब खर्च भएकोे थियो । गत आवको अन्तिम सात दिनमा भने ६२ अर्ब खर्च भएको छ ।
आर्थिक बर्षको अन्तिम समयमा सडक कालोपत्रे गर्नदेखि डोजर चलाउने जस्ता काम गरेर रातारात भुक्तानी दिने प्रचलन पछिल्लो समय झनै वृद्धि भएको छ । नागरिक दैनिकबाट