काठमाडौं । प्रधानमन्त्री सेयरवहादुर देउवाले काठमाडौंका सडकमा भएको खाल्डाखुल्डी १५ दिनभित्र पुर्ने निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरले प्रधानमन्त्रीसँग बुधबार गरेको भेटमाउक्त अवधिमा सडकको खाल्डाखुल्डी पुर्न निर्देशन दिएका हुन् ।
ढलमा बगेर बालिकाको मृत्यु भए लगतै बोलाएको एउटा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्न पनि लाजलाग्ने रहेको बताएका थिए । उक्त छलफलमा महानगरलाई नबोलाएपछि मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी आफैं प्रधानमन्त्रीलाई भेट्न पुगेका छन् ।
भेटमा महानगरका मेयर र उपमेयरले सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो भनिए पनि धेरै अधिकार नगएको बताए । ‘सडक विभाग हाम्रो मातहतमा नआएसम्म हामीले पनि औल्याउने मात्र हो’ उपमेयर शाक्यले भनिन् ‘सडक, विद्युत र खानेपानी हाम्रो मातहतमा आए काम गरेर देखाउँछौं ।’