बृहत् खानेपानी आयोजनाको निर्माण शुरु, १५ करोड ५० लाख रुपैयाँको लागत

<p>भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित स्विटी खोलामा बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । विन्दवासिनी बृहत् लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको आयोजनाको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलान्यास गरेका छन् । खानेपानीको चर्को अभाव झेल्दै आएका चाँगुनारायण नगरपालिका-९ ताथलीका बासिन्दालाई [&hellip;]</p>

भक्तपुर । चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित स्विटी खोलामा बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

विन्दवासिनी बृहत् लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १५ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको आयोजनाको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलान्यास गरेका छन् ।

खानेपानीको चर्को अभाव झेल्दै आएका चाँगुनारायण नगरपालिका-९ ताथलीका बासिन्दालाई पर्याप्त खानेपानी वितरण गर्न आयोजना सुरु गरिएको संस्थाका अध्यक्ष नकुल राउतले बताए ।

अध्यक्ष राउतले भने – “खानेपानी आयोजनाअन्तर्गत १० लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिनेछ । आगामी दुई वर्षभित्र आयोजना पूरा गरी पानी वितरण गर्छौं ।”

पहिलो चरणमा एक हजार दुईसय घरधुरीलाई पानी वितरण गर्ने र दोस्रो चरणमा थप ३०० घरधुरीलाई समेट्न आयोजनाको लक्ष्य छ । रासस

Share News