काठमाडौं । काठमाडौं । अब राजधानीको व्यस्त पर्यटकिय नगरी ठमेल २४ सै घण्टा खुल्ने भएको छ । काठमाडौं महानगरपालिकाले अघि सारेको ‘२४ आवर मार्केट’को योजनालाई गृहमन्त्री जनार्दन शर्मा सुरक्षा दिएर सघाउने घोषणा गरेका हुन् । यस अघि नै ठेमललाई नेपालको पहिलो २४ आवर मार्केटका रुपमा सञ्चालन गर्ने भनिएपनि प्रहरीले सुरक्षा दिन नसक्ने बताउँदै आएको थियो ।
अब गृहमन्त्रीले सुरक्षाको उचित प्रबन्ध मिलाउन निर्देशन दिएसँगै ठमेल २४ सै घण्टा सञ्चालनमा आउन लागेको हो । राजधानीमा आयोजीत पर्यटन व्यवसायीहरुको एक कार्यक्रममा उनले ठमेललाई २४ सै घण्टा खुल्ला गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने बताएका हुन् । ज्ञात रहोस नेपाल आउने विदेशी पर्यटक मध्ये ९० प्रतिशतले एक पटक ठमेलको भ्रमण गर्दै आएका छन् ।