काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २० प्रतिशत महसुल बृद्धि गर्न प्रस्ताव गरेको छ । घरायसी ग्राहकलाई महसुल बृद्धि गर्ने प्रस्ताव गरेको हो ।
प्राधिकरणले गत वर्षको साउनदेखि लागू हुने गरी विजुलीको महसुल २० प्रनिशत बृद्धि गरेको थियो ।
चार महिना अघिदेखि नै चालू आवदेखि लागू हुने गरी प्रािधकरणले महसुल बृद्धिका लागि प्रक्रिया अघि बढाए पनि स्थानीय चुनावका कारण ढिलाइ भएर बल्ल प्रस्ताव अघि बढाएको हो ।
प्राधिकरणले अध्यक्ष जगत भुषालले प्राधिकरणले महसुल बृद्धिका लागि प्रस्ताव गरेको र यसको अध्ययन अघि बढाउने बताए । प्रस्ताव आएको छ । सदस्यहरुलाई प्रस्ताव वितरण गरेका छौं । अब छलफल हुन्छ । उनले भने । छलफलको आधार महसुल बढाउने नबढाउने निर्णय हुन्छ । कारोबार दैनिकबाट ।