कृषि विकास बैंकका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालद्धारा सपथ ग्रहण

<p>काठमाडौं । कृषि बिकास बैंक लिमिटेड बैंकका नवनियुक्त अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरिञ्जीवी नेपालसमक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियुक्ति भएका सेंजुवालले मंगलबार सपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शर्मा, बैंक नियमन विभागका [&hellip;]</p>

काठमाडौं । कृषि बिकास बैंक लिमिटेड बैंकका नवनियुक्त अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरिञ्जीवी नेपालसमक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा नियुक्ति भएका सेंजुवालले मंगलबार सपथ ग्रहण गरेका हुन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शर्मा, बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला, कम्पनी सचिव प्रताप सुवेदी तथा कृषि विकास बैंक लि.का प्रबक्ता हिमलाल पौडेलको समेत उपस्थिती थियो ।

Share News