सामसङले ल्यायो ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ नामक योजना

<p>काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना प्रस्तुत गरेको छ । सामसङले लामो समयसम्म आफन्तसँग दशैं मनाउन नपाएका आफन्त स्वयं नै बिदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरेको हो । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ । प्रस्तुत योजनामा [&hellip;]</p>

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना प्रस्तुत गरेको छ ।

सामसङले लामो समयसम्म आफन्तसँग दशैं मनाउन नपाएका आफन्त स्वयं नै बिदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरेको हो । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ ।

प्रस्तुत योजनामा सहभागी हुन, योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ । आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने छ र त्यो फारममा आवश्यक विवरण भरी “बिदेशमाकसलाई र किन भेट्न चाहनुहुन्छ” भन्ने आफ्नो मनको भावना पोखी आफ्नो कथा लेख्नुपर्दछ कथा लेख्दा दिइएको स्थान मान अटाएमा अतिरिक्त १ पाना पनि थप्न सकिने छ । यसरी आवश्यक विवरण र कथा लेखिसकेपछि योजना अवधि भित्र सोही स्थानमा राखिएको ड्रपबक्समा खसाल्नु पर्दछ ।

प्राप्त भएका कथाहरु मध्येबाट छनौट गरी उत्कृष्ट ५ कथाले पाउनेछन् ४ दिन ३ रातको: मलेसिया, कतार, साउदी अरेबिया, युएइवा दक्षिण कोरियामागई आफ्नासँगसँगै दशैंमनाउने अवसर । विजयीले आफूसँगै बिदेश यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउनेछन्।

योजना समाप्त भएको ७ दिन पछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित गरिने छ । सहभागीहरुको कथालाई छनौट गर्ने जिम्मा विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तित्वहरुलाई दिइने छ र उक्त जुरीले छनौट गरेका कथाहरुनै अन्तिम हुने छन् ।

Share News