घरको नक्सा चेकजाँच गर्न महानगरपालिकाले खटायो २८ जना इञ्जिनियर, ८० प्रतिशत घर नक्सा विपरीत

<p>काठमाडौँ । नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्नका लागि १८ जना वडाका र १० जना केन्द्रका इन्जिनीयर खटिएका छन् । कामपामा दैनिक १० देखि १५ सम्म आवासीय र व्यावसायिक भवन [&hellip;]</p>

काठमाडौँ । नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्नका लागि १८ जना वडाका र १० जना केन्द्रका इन्जिनीयर खटिएका छन् । कामपामा दैनिक १० देखि १५ सम्म आवासीय र व्यावसायिक भवन निर्माण हुने गरेका छन् ।

निर्माण भएका केही घर मात्र कामपाले पारित गरेका नक्सानुरूप भएका तर धेरै आवासीय भवन नक्सानुरूप नभएकाले इन्जिनीयरलाई नियमित रूपमा निर्माणस्थलम खटाउन थालिएको कामपाका इ राम थापाले बताए । यसअघि कामपाले घर निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षण गर्ने गरेको थियो । यसअघि निर्माण भइरहेका स्थानमा कोही व्यक्तिले उजुरी गरेमा मात्र कामपाले निगरानी राख्ने गरेको थियो ।

अब भने नियमित अनुगमन गर्ने र नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोकिने तथा अन्य कारबाहीको प्रक्रियासमेत अघि बढाइने छ । काठमाडौँ उपत्यकामा हाल ८० प्रतिशत घर नक्सा विपरीत रहेको अनुमान कामपाको छ । यसअघि बनाइएका घर नक्सा पासअनुसार नहुने, खाली ठाउँ नराखिने, कम तलामा नक्सा पास गरेर पछि तला थप्नेजस्ता मापदण्ड विपरीतका बढी छन् । रासस

Share News