काठमाडौं । चार बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले चार कम्पनीलाई एक अर्ब ३० करोड १३ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति दिएको छ । बोर्डले अनुमति दिएसँगै यी चार कम्पनीले एक करोड ३० लाख १३ हजार २७७ कित्ता हकप्रद सेयर निष्कासन गर्दै छन् ।
नयाँ आर्थिक वर्ष २०७४/७५ शुरु भएपछि बोर्डले मुक्तिनाथ विकास बैंक, जेबिल्स फाइनान्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था र जनरल फाइनान्सलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । चुक्ता पूँजी बढाउन यी बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
बोर्डको अनुमति अनुसार मुक्तिनाथ विकास बैंकले १० बराबर ४ को अनुपातमा ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । त्यस्तै, जेबिल्स फाइनान्सले पनि शतप्रतिशत हकप्रद सेयर गर्न बोर्डको अनुमति पाएको छ । फाइनान्सले २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५६५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।
त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले एक बराबर २ को अनुपातमा २३ लाख कित्ता सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न कम्पनीले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । त्यसैगरी, जनरल फाइनान्सले पनि १२५ प्रतिशत(अर्थात १ः१.२५को अनुपातमा) २९ लाख ७५ हजार १३० कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको छ । यस फाइनान्सको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
अनुमति पाएका चार कम्पनीहरूः
