काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागु हुने गरि खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले एलपीजीको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले घटाएको हो । अब एक सिलिण्डर ग्यास १३२५ रुपैयाँमा खरिद गर्न पाइन्छ । तर निगमलाई ग्यासमा अझै प्रति सिलिण्डर २९ रुपैयाँ नाफा रहेको छ ।
इण्डियन आयल कर्पाेरेशनले पठाएको नयाँ मूल्य सूचिमा एएलपीजीको मूल्य ५४ रुपैंयाँ घटेको थियो । तर निगमले भने नेपाली उपभोक्तालाई २५ रुपैंया मात्रै घटाएको छ । आयल निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार निगमले डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।