काठमाडौं । सिद्धार्थ बैंकले रौतहटको नयाँ शाखा कार्यालयहरु चन्द्रपुर र धनकुटाको धनकुटा बजारमा सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालयहरु मार्फत् सम्पुर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।
बैंकले हाल देशभर रहेका ७२ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को श्रावण मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप ७७ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।