काठमाडौं । पुँजी बजारमा विभिन्न १९ कम्पनीले १३ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्नेमा बैंक तथा वित्तीय संस्था, बिमा, जलविद्युत र उत्पादनमुलक कम्पनी छन् ।
बोर्डबाट स्वीकृति पाएपछि चुक्तापुँजी बढाउन १९ कम्पनीले १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ रुपैयाँ बराबरको १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएका हुन् ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । यस्तै, जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउनका लागि थप लगानी जुटाउन हकप्रद सेयर निष्कासनको अनुमति मागेका हुन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, विकास बैंकलाई साढे २ अर्ब र वित्त कम्पनीलाई ८० करोड रुपैयाँ चुक्तापुँजी बढाउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि हकप्रद निष्कासन गर्न लागेका हुन् ।
बोर्डमा निवेदन दिने १९ कम्पनीहरु:
