प्यारागनका जुत्ता नेपाली बजारमा, सोल र पेस्टिङमा एक वर्षको वारेन्टी

<p>काठमाडौं । भारतको नं. १ जुत्ता ब्रान्ड प्यारागन नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि प्यारागनका अधिकृत बिक्रेता प्रिन्साइम्पेक्सले उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । कम्पनीले बुधबार राजधानीमा एक पत्रकार सम्मेलन गरी नेपालमाबिक्री सुरु गरेको जानकारी गराएको छ । कार्यक्रममा प्यारागनका भाइस प्रेसिडेन्ट नविनथोमसले यो ब्रान्ड भारतमा निकै लोकप्रिय रहेको र नेपाली उपभोक्ताले पनि [&hellip;]</p>

काठमाडौं । भारतको नं. १ जुत्ता ब्रान्ड प्यारागन नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि प्यारागनका अधिकृत बिक्रेता प्रिन्साइम्पेक्सले उक्त ब्रान्ड नेपाल भित्र्याएको हो ।

कम्पनीले बुधबार राजधानीमा एक पत्रकार सम्मेलन गरी नेपालमाबिक्री सुरु गरेको जानकारी गराएको छ । कार्यक्रममा प्यारागनका भाइस प्रेसिडेन्ट नविनथोमसले यो ब्रान्ड भारतमा निकै लोकप्रिय रहेको र नेपाली उपभोक्ताले पनि रुचाउने बताए । यो भारतमा सबैभन्दा बढी जुत्ता उत्पादन गर्ने कम्पनी हो । थोमसका अनुसार यसले वार्षिक १४ करोड जोर जुत्ता उत्पादन गर्छ ।

सन् १९७५ मा केरलामा स्थापना भएको यो उद्योगले भारतका विभिन्न स्थानमा चारवटा प्लान्ट स्थापना गरी जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले भारतीय बजारको माग आपूर्ति गर्दै विदेशमा समेत जुत्ता निर्यात गर्दै आएको छ ।
निकट भविष्यमै राजधानीका विभिन्न स्थानमा चारवटा शेरुम स्थापना गरी जुत्ता बिक्री–वितरण गर्ने प्रिन्साले जनाएको छ ।

स्कुलजुत्ता, पार्टी जुत्ता, अफिसियल जुत्ता, इन्डस्ट्रियल (कलकारखाना र निर्माण कार्यमा संलग्न व्यक्तिहरुले प्रयोग गर्ने) लगायत फेसनेबल जुत्ताहरु यसका प्रडक्ट रेन्जमा छन् । कम्पनीले यी जुत्तामा एक वर्षको वारेन्टी दिएको छ । वारेन्टी सोल र पेस्टिङमा लागू हुनेछ ।

Share News