काठमाडौं । राजधानीको सुनधारास्थित सिटिसी मलमा सुबिधा सम्पन्न इजी मोबाइल केयर सञ्चालनमा आएको छ । बिहिबार नायक राजेश हमालले एक कार्यक्रमका बिच इजी मोबाइल केयरको सुभारम्भ गरेका हुन् ।
नेपालमै पहिलो पटक एउटै सेन्टरमा मोबाइल सम्बन्धी सबै सेवा उपलब्ध गराउने दावी पनि सेन्टरले गरेको छ । कार्यक्रममा सांसद ईच्छाराज तामाङ, नेपाल मोबाइल इम्पोर्टस एसोसियसनका अध्यक्ष दिपक मलहोत्राको उपस्थिती थियो ।
कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्रि तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्ने दावी सेन्टरले गरेको छ । यस कम्पनीले ग्राहकहरुको चाहना र ईच्छा बमोजिम मोबाइल बिक्रि साथै सर्भिस पनि प्रदान गर्नेछ । कम्पनीले मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिनेछ । यसको लागि ईजी मोबाइल केयर डटकममा लगईन गरेर मोबाइल अनलाइन बाटै किन्न सकिन्छ ।
५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लैजान सकिने सुबिधा पनि उपलब्ध छ । यसमा ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्ने जानकारी दिइएको छ ।
कम्पनीले कुनै पनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने सुविधा पनि दिएको छ । ईजी मोबाइल केयर प्रालिका अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझै पनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्रि र सर्भिस दिने लक्ष्य लिएको बताए ।
अध्यक्ष पौडेलले भने, ‘‘अहिले पनि बजारमा भरपर्दो र उचित रुपमा मोबाइल बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कम्पनीहरु छैनन् । हामी हाम्रा ग्राहकहरुलाई घरैमा पुगेर सेवा दिने र उनीहरुको मोबाइलसम्बन्धि समस्या समाधान गर्ने उद्धेश्यका साथ आएका छौं ।’’