माछापुच्छ्रे बैंकको ४ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा, रियल टाइममा नै खाता खोल्न मिल्ने

<p>काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले ४ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त(रियल टाइममा)खाता खोल्ने व्यवस्था गरि उक्त सेवा संचालनमा ल्याएको हाे । बैंकले साउन १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाई गाउँपालिकाहरुमा  साे सेवा संचालनमा ल्याएको छ ।  बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा [&hellip;]</p>

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले ४ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त(रियल टाइममा)खाता खोल्ने व्यवस्था गरि उक्त सेवा संचालनमा ल्याएको हाे ।

बैंकले साउन १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाई गाउँपालिकाहरुमा  साे सेवा संचालनमा ल्याएको छ ।  बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खाल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटे्न्यस भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।

Share News