तरकारी र फलफूलको मूल्य २ गुणासम्म बढ्यो, उपभोक्तालाई मार

<p>काठमाडौं । नेपालगञ्जमा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको छ । बर्षायाममा तरकारी उत्पादन घटेपछि मूल्य बढेको हो । तरकारी र फलफूलको मूल्य दुई गुणासम्म बढेको छ । कुनैमा कम र कुनैमा २ गुणभन्दा बढी भएपनि औषतमा २ गुणसम्म भएको तरकारी व्यापारिको भनाइ छ । त्यसैगरी फलफूलको भाउ पनि आकासिएको व्यवसायीहरुले बताउँछन् । एक सय [&hellip;]</p>

काठमाडौं । नेपालगञ्जमा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको छ । बर्षायाममा तरकारी उत्पादन घटेपछि मूल्य बढेको हो ।

तरकारी र फलफूलको मूल्य दुई गुणासम्म बढेको छ । कुनैमा कम र कुनैमा २ गुणभन्दा बढी भएपनि औषतमा २ गुणसम्म भएको तरकारी व्यापारिको भनाइ छ ।

त्यसैगरी फलफूलको भाउ पनि आकासिएको व्यवसायीहरुले बताउँछन् ।

एक सय रुपैयाँ पर्ने स्याउको खुद्रा मूल्य एक सय ६५ पुगेको छ । केराको भाउ पनि दर्जनको ४८ बाट ७७ रुपैयाँ पर्न थालेको छ ।

एक किलो आँप एक सयमा पाइनेमा हिजोआज एक सय ६० रुपैयाँ पुगेको उपभोक्ताले बताए ।

बजारमा ४० रुपैयाँ किलो पाइने गोलभेडा बढेर ८० रुपैयाँ, काउली ३० रुपैयाँ किलोबाट ६० रुपैयाँ पुगेको छ । कान्तिपुर दैनिकबाट ।

Share News