युनाइटेड मोदीले साढे १० मेगावाटको जलविद्युत आयोजना बनाउने, गर्यो बोलपत्र आब्हान

<p>काठमाडौं । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको तल्लोमोदी २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको युनाइटेडले मोदी खोलामा रहेको तल्लोमोदी २ अयोजना निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । युनाइटेडले ०६९ सालमा पहिलो आयोजना सञ्चालनमा ल्याएको हो । कम्पनीले पहिलो चरणमा आयोजनाको सिभिल [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको तल्लोमोदी २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको युनाइटेडले मोदी खोलामा रहेको तल्लोमोदी २ अयोजना निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । युनाइटेडले ०६९ सालमा पहिलो आयोजना सञ्चालनमा ल्याएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजनाको सिभिल संरचनाको निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । कम्पनीले सेप्टेम्बर ८ मा बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । ठेक्कोको काम सम्पन्न भएपछि अयोजना आउदो हिउँददेखि निर्माण सुरु हुनेछ ।

दुई आयोजना सम्पन्न भएपछि युनाइटेको जडित क्षमता बढेर साढे २० मेगावाट पुग्ने छ । आयोजना निर्माण गर्न कम्पनीले सिटिजन्स बैंकबाट कर्जा लिदै छ । यसअघि १० मेगावाट क्षमताको आयोजना बनाउन उसले सिटिजन्सबाटै कर्जा लिएको थियो ।

कास्की र पर्वतमा पर्ने दोस्रो आयोजनाबाट वार्षिक ६ करोड २१ लाख युनिट बिजुली उत्पादन हुने छ । यस्तै पहिलो आयोजनाबाट वार्षिक ६ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।

आयोजना निर्माणका लागि युनाइटेड मोदीले गत वर्ष १६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारण र स्थानियबासिन्दालाई निष्कासन गरिसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली पर्वतको दिमवा सवस्टेशनमा जोडिने छ । आयोजना नदीको वहाव (रन अफ दी रिभर) प्रकृतिको छ ।

Share News