काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यता र अनुभवलाई परिमार्जन गरी थप गरेको छ ।
एक्सचेन्जले बिहीबार सूचना प्रकाशित गरी चाटर्ड एकाउन्टेन्सी वा सो सरह उपाधी हासिल गरी उद्योग वाणिज्य वा लेखा क्षेत्र मध्ये एक वा सो भन्दा बढी क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । उमेरका भने सच्चाइएको छैन् ।
गत साउन १७ गते सीईओ नियुत्तिका लागि सूचना प्रकाशित गर्दा मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधी हासिल गरी धितोपत्र बजार, पुँजी बजार, बैक तथा वित्तीय क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको थियो ।