काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ‘टाटा मोटर्स् कार मेला–५’ शुक्रबारबाट काठमाडौंको नक्साल बैङ्केटमा शुरु गरेकाे छ । उक्त मेलाको उद्घाटन टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्त रुपमा गरेका हुन् ।

उक्त मेला आजदेखि आगामी आइतबार दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म संचालन हुनेछ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् ।
कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको छ । उक्त मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाख सम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।
विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्ष उक्त मेलामा ३,००० भन्दा बढी दर्शकहरुले सहभागिता जनाउने कम्पनीले बताएको छ ।