१ हजार रुपैयाँ पकाएपछि सदनबाट सांसद गायव, हाजिरमा ४७७ सदनमा ९७ मात्रै

<p>काठमाडौं । आवश्यक गणपुरक संख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसदको बैठक २ दिनको लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भएपनि कोरम यकिन गर्दा ९७ जना संसदमात्रै फेला परेका थिए । हाजिर गरेर ३८० सांसद वेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेन । सांसदहरुले सदनको बैठकमा एक दिन उपस्थित भएर [&hellip;]</p>

काठमाडौं । आवश्यक गणपुरक संख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसदको बैठक २ दिनको लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भएपनि कोरम यकिन गर्दा ९७ जना संसदमात्रै फेला परेका थिए ।

हाजिर गरेर ३८० सांसद वेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न सकेन ।

सांसदहरुले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेवापत १ हजार रुपैयाँ भत्ता पाउँछन् । गणपुरक संख्या नपुग्दा संबैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेन । सांसदहरु हाजिर गरेर हिडिपछि महत्वपपूर्ण विधेयक पारित हुन सकेन । गोरखापत्र दैनिकबाट ।

Share News