वयोधाले भित्र्यायो अत्याधुनिक मेसिन, एकैपल्ट मुटुको धड्कन, पल्स रेट, अक्सिजनको अवस्था थाहा पाइने

<p>काठमाडौं । राजधानीस्थित वयोधा अस्पतालले नेपालमा पहिलो पटक छुटै किसिमको रिमोट मोनिटरिङ टेक्नोलोजी ‘मेसिमो पेसेन्ट सेफ्टिनेट’ नामक अत्याधुनिक मेसिन भित्र्याएको छ । मेसिन नेटवर्किंग प्रविधिद्धारा सञ्चालन हुने जनाइएको छ । उक्त टेक्नोलोजीअन्तर्गत धेरैजसो बिरामीको औंलामा मेसिमो पेसेन्ट सेफ्टिनेट नामक डिभाइस लगाइन्छ । सो डिभाइस लगाइसकेपछि स्वास्थ्यकर्मीले कम्प्युटरको सहायताले एकैपल्ट बिरामीको मुटुको धड्कन, पल्स रेट, रगतको [&hellip;]</p>

काठमाडौं । राजधानीस्थित वयोधा अस्पतालले नेपालमा पहिलो पटक छुटै किसिमको रिमोट मोनिटरिङ टेक्नोलोजी ‘मेसिमो पेसेन्ट सेफ्टिनेट’ नामक अत्याधुनिक मेसिन भित्र्याएको छ । मेसिन नेटवर्किंग प्रविधिद्धारा सञ्चालन हुने जनाइएको छ । उक्त टेक्नोलोजीअन्तर्गत धेरैजसो बिरामीको औंलामा मेसिमो पेसेन्ट सेफ्टिनेट नामक डिभाइस लगाइन्छ । सो डिभाइस लगाइसकेपछि स्वास्थ्यकर्मीले कम्प्युटरको सहायताले एकैपल्ट बिरामीको मुटुको धड्कन, पल्स रेट, रगतको अक्सिजन, हेमोग्लोबिनको अवस्था बारेमा थाहा पाउन सक्नेछ ।

अस्पतालको अनुसार बिरामीहरु फरक–फरक वेडमा राखिएपनि वार्डका नर्स र डक्टरसँग भएको पेजरमा नै हरेक बिरामीको अवस्थाको बारेमा नयाँ जानकारीहरु प्राप्त गर्न सक्नेछन् । जसले बिरामीको उपचार प्रक्रिया सहज हुनेछ ।

मेसिमोको प्रयोगले बिरामीको रगतमा भएको अक्सिजन, मुटुको धड्कन र परफ्युजन इन्डेक्सको जाँच गर्न सकिन्छ । मेसिमो मानव शरीरको अक्सिजन मापन गर्ने संसारकै पछिल्लो अत्याधुनिक मेसिन भएको अस्पतालको दावी छ ।

विरामीहरुको छिटो छरितो र सहज किसिमले उपचार गर्नका लागि भित्र्एको उक्त प्रविधि केही हप्ताभित्रै सञ्चालनमा आउने अस्पतालको भनाइ छ ।

Share News