शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन माग गर्दै विज्ञ अर्थमन्त्रीलाई विद्यार्थी संगठनको ज्ञापन पत्र

<p>काठमाडौं । शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिन माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएका छन् ।पाँच वटा विद्यार्थी संगठनको केन्द्रिय नेतृत्वले आइतबार अर्थमन्त्रालय पुगेर चालु आर्थिक बर्षदेखि नै प्रमाणपत्र धितो राखेर शैक्षिक तथा व्यवसायीक ऋण दिलाउने व्यवस्था गर्न अनुरोध गरेका हुन् । ज्ञापन पत्र बुझाउन अनेरास्ववियु, नेबिसंघ, अखिल क्रान्तिकारी, [&hellip;]</p>

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिन माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएका छन् ।पाँच वटा विद्यार्थी संगठनको केन्द्रिय नेतृत्वले आइतबार अर्थमन्त्रालय पुगेर चालु आर्थिक बर्षदेखि नै प्रमाणपत्र धितो राखेर शैक्षिक तथा व्यवसायीक ऋण दिलाउने व्यवस्था गर्न अनुरोध गरेका हुन् ।

ज्ञापन पत्र बुझाउन अनेरास्ववियु, नेबिसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नेक्राबिसंघका नेताहरु अर्थमन्त्रालय पुगेका थिए । ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डा. खतिवडाले सकारात्मक प्रतिक्रिया जनाएका थिए । विद्यार्थी संगठनहरुले कुल बजेटको २० प्रशित बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न पनि अर्थमन्त्रीसँग माग गरेका थिए ।

Share News