उद्योगमा अग्रणी, १०० वर्षको विरासत

उद्योग स्थापनामार्फत अर्थतन्त्रमा नयाँ ट्रेण्डको सुरुवात गर्दै गोल्छा समूह

विकास नायक अवार्ड ग्रहण गर्दै शेखर गोल्छा ।

सय वर्ष पुरानो औद्योगिक विरासत । ३० हजार बढीलाई रोजगारी । राज्यलाई उच्च राजस्व । जुन क्षेत्रमा हात हालेको छ, त्यही क्षेत्रमा अग्रणी भूमिका । बलिलो विरासत, उच्च इमान । नेपालको ठूलो व्यावसायिक घराना गोल्छा ग्रुपको स्ट्रेन्थ हो यो । गोल्छा ग्रुपको नेतृत्व गरिरहेका शेखर गोल्छा भन्छन्, ‘हामीले जति उद्योग व्यवसाय गरेर रोजगारी सिर्जना गरेका छौं, त्यो अरूले गर्न सकेका छैनन्, देशको पहिलो औद्योगिक घरानाले जुन मर्यादा राखेर काम गरिरहेको छ, आजसम्म टिक्नुको मुख्य कारण यही नै हो ।’

हजुरबुबा रामलाल गोल्छादेखि बुबा हुलाशचन्द्र हुँदै शेखर गोल्छासम्म यो व्यावसायिक घरानाले देश विकासमा अग्रणी भूमिका खेलेको छ । देशमा औद्योगिक वातावरण सिर्जना गर्न, अरू उद्योगी व्यवसायीलाई व्यवसायमा आकर्षित गर्न र चुनौतीहरू पन्छाउँदै अवसरहरूको ढोका खोल्न गोल्छा समूहको ठूलो योगदान छ । त्यही कारणले पनि आज देशमा सबैभन्दा ठूलो र पुरानो औद्योगिक विरासत बोकर गोल्छा ग्रुप स्थापित व्यावसायिक घरानाका रूपमा चिनिएको छ ।

रामलाल गोल्छाले नेपालमै पहिलो पटक विसं १९९३ मा विराटनगर जुट मिल स्थापना गरेर औद्योगिक जगमात्रै बसालेनन्, देशमा औद्योगीकरणको सुरुवात नै गरे । यही उद्योगको स्थापनाले मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योग स्थापनाको लहर चलेको थियो । र, त्यसले देशैभरि उद्योग विस्तारमा ठूलो टेवा पुर्यायो । रामलाल गोल्छाले बसालेको त्यो छाप शेखर गोल्छाको नेतृत्वसम्म आइपुग्दा पुरानै विरासत, अझ परिष्कृत भएर देशकै अग्रणी, स्थापित र मर्यादित व्यावसायिक घरानाका रूपमा आफूलाई चिनाएको छ । 

विराटनगर जुट मिलबाट सुरु भएको गोल्छा ग्रुपको व्यावसायिक यात्रा स्टिल फ्याक्ट्री, राइस मिल, कागज कारखाना, सुगर मिल्स र २०४५ सालमा हुलास मोटर्स स्थापना हुँदै २०५० सालपछि विद्युतीय सामग्रीमा केन्द्रित भयो । अहिले गोल्छा ग्रुपको नेतृत्व गरिरहेका शेखरको नेृत्वमा अटोमोबाइल्स, फिनटेक, स्टील, इलेक्ट्रोनिक, शिक्षा, वित्त, बीमा, पुनर्बीमा, सोलार ऊर्जा, मनोरञ्जन र भ्याक्सिन उत्पादनसम्म विस्तार भएको छ ।

विराटनगर जुटमिलबाट सुरु भएको गोल्छा ग्रुपको व्यावसायिक यात्रा स्टिल फ्याक्ट्री, राइस मिल, कागज कारखाना, सुगर मिल्स र २०४५ सालमा हुलास मोटर्स स्थापना हुँदै २०५० सालपछि विद्युतीय सामग्रीमा केन्द्रित भयो । अहिले गोल्छा ग्रुपको नेतृत्व गरिरहेका शेखरको नेतृत्वमा अटोमोबाइल्स, फिनटेक, स्टील, इलेक्ट्रोनिक, शिक्षा, वित्त, बीमा, पुनर्बीमा, सोलार ऊर्जा, मनोरञ्जन र भ्याक्सिन उत्पादनसम्म विस्तार भएको छ । मूलतः उद्योग व्यवसायमा जोड दिँदै आएको यस व्यावसायिक घरानाले पछिल्लो समय व्यापार र सेवा क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ । जसले देशको अर्थतन्त्रसँगै राजस्व र रोजगारी सिर्जनामा पनि ठूलो टेवा पुगेको छ । 

उत्पादनमा जोड, हजारौंलाई रोजगारी

अहिले शेखर गोल्छाले आफ्नो नेतृत्वमा रहेको गोल्छा ग्रुपमार्फत उत्पादनमा जोड दिइरहेका छन् । उनकै नेतृत्वमा नेपालमा पहिलो पटक दुईपाँग्रे सवारीसाधन, बजाज ब्रान्डका मोटरसाइकल एसेम्बल उद्योग स्थापना भई २०७५ सालदेखि बजाजको व्यावसायिक उत्पादन सुरु भयो । त्यसपछि अहिले दर्जन बढी उद्योगले नेपालमै मोटरसाइकल एसेम्बल गर्दै आएका छन् । सुरुमा २४ करोड लगानीमा सुरु भएको एसेम्बल यात्रामा अहिले एक अर्ब बढी लगानी भइसकेको गोल्छाले जानकारी दिए । 

मुलुकमा भ्यालु एडिसन गर्नुपर्ने मान्यता राख्दै बजाजले पहिलो पटक दुईपाँग्रे सवारीसाधनको एसेम्बल गर्न सुरु गरेको गोल्छाको भनाइ छ । दुई सय बढी  इन्जिनियरहरू कार्यरत यो प्लान्टमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर मोटरसाइकल एसेम्बल गरिँदै आएको छ । गोल्छा ग्रुपले केटीएम मोटरसाइकलको पनि एसेम्बल गर्दै आएको छ । जहाँ ५० जना बढी इन्जिनियर कार्यरत छन् । बजाज कमर्सियल गाडीहरू पनि नेपालमै एसेम्बल भइरहेका छन् । जहाँ दैनिक एक सय गाडी उत्पादन हुने क्षमता छ । हुलास अटो क्राफ्ट मदर कम्पनीबाट मोटरसाइकलको एसेम्बल हुँदै आएको हो । यस कम्पनीले वार्षिक १२ अर्बसम्म सञ्चालन आम्दानी गरेको रेकर्ड छ । बजाजको सपोर्ट उद्योगहरू पनि सञ्चालन गर्ने तयारी भइरहेको गोल्छाले सुनाए ।

null

गोल्छा ग्रुपले मोटरसाइकलसँगै सामसङ टीभी र एयरकन्डिसनर पनि उत्पादन गर्दै आएको छ । जुन देशकै यस सेगमेन्टमा पहिलो उत्पादन उद्योग हो । ‘हामीले अहिले टेलिभिजन र एयरकन्डिसनर उत्पादन गरिरहेका छौं । अब बल्ब, वासिन मेसिन उत्पादन गर्ने तयारीमा छौं, हिमस्टार ब्राण्डबाट पनि नेपालमै भ्यालु एडिसन गर्ने काममा अगाडि बढाइरहेका छौं । विदुतीय उपकरणको उत्पादनको भविष्य उज्जवल छ । सबैले जीवनशैली सहज र सम्मानजनक बनाउन यी प्रडक्टहरूले ठूलो भूमिका खेलिरहेका छन्,’ गोल्छाले भने । गोल्छा ग्रुपले आधा दर्जन बढी ब्राण्डको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । गोल्छा ग्रुपको सर्भिस नेटवर्क नेपालभर ४४ भन्दा बढी स्थानमा छ ।

हामीले देशमा हरेक उद्योग स्थापना गरेर नयाँ ट्रेण्डसेट गर्ने काम गरेका छौं, त्यसपछि मात्रै अन्य व्यवसायी त्यो क्षेत्रमा आउँछन् । हामी स्थापित भइसकेपछि अन्य उद्योग आउँछन्, त्यो हाम्रा लागि गर्वको विषय हो । हामीले चुनौती सामना गरेपछि अन्यलाई पनि आउन सहज हुन्छ, हामी अहिले जुन क्षेत्रमा छौं, त्यसमा अग्रणी छौं ।

गोल्छा ग्रुपले काभ्रेमा पोल्ट्री उद्योग पनि सञ्चालन गरिरहेको छ । गोल्छा ग्रुप र भारतको हेस्टर बायोसाइन्सेज लिमिटेडको संयुक्त लगानीमा काभ्रेमा बायोसाइन्सेज नेपालले बर्डफ्लूको भ्याक्सिन उत्पादन गरिरहेको छ । उच्च प्रविधिको प्रयोग गरेर कुखुरा तथा पशु चौपायालाई आवश्यक पर्ने भ्याक्सिन कम्पनीले उत्पादन गर्दै आएको छ । 

अहिले यो उद्योगबाट उत्पादित भ्याक्सिनले नेपालको बजार मात्र लिएको छैन, निर्यात पनि गरिरहेको छ । गोल्छाका अनुसार यो उद्योगबाट उत्पादन भएको भ्याक्सिन १४/१५ वटा देशमा निर्यात भइरहेको छ । अहिले उत्पादनको ९० प्रतिशत विदेशमा निर्यात भइरहेको उनले जानकारी दिए । ‘नेपालले भ्याक्सिन पनि उत्पादन गर्न सक्छ भन्ने प्रमाणित गोल्छा ग्रुपले गरेको छ’, गोल्छाले भने, ‘यसले अन्य उद्योग पनि आउने बाटो खुला भएको छ, हामी जुनसुकै क्षेत्रमा पनि लिड गर्न चाहन्छौं । आगामी दिनमा क्षमता बढाएर उत्पादन गर्नेछौं ।’ शेखर गोल्छाले नेतृत्व गरेका कम्पनीहरूमा करिब ५ हजारले रोजगारी पाएको र गोल्छा परिवार सदस्यहरूले सम्हालेका गोल्छा औद्योगिक घरानाका सबै कम्पनीहरूमा ३० हजार बढीले रोजगारी पाएको उनको दाबी छ । 

गोल्छा ग्रुप सौर्य ऊर्जा उत्पादनमा पनि केन्द्रित छ । निकट भविष्यमै ३० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको र अहिले ५ मेगावाट सौर्य ऊर्जा उत्पादनको प्रक्रियामा रहेको गोल्छाले सुनाए ।

यस्तै, गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलाश चन्द एन्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरी नेपालमा सर्वो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट निर्माण गरिरहेको छ । गोल्छाका अनुसार यही २०२६ जनवरीदेखि सो उद्योग सञ्चालनमा आउँदैछ । 

दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गरेर यो उद्योग खोलेका हुन् । ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राले नेपालमा थप लगानी भित्राउन सक्ने सम्भावना खुला भएको छ, यो सहकार्य नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा हो । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं,’ गोल्छाले भने । उनका अनुसार गोल्छा ग्रुपले यो उद्योगमा ३० करोड रुपैयाँ लगानी गरेको छ भने डेढ सय जनाले रोजगारी पाउनेछन् । 

मैले महासंघमा भिजन पेपर तयार गरें । मेरो नेतृत्वमा महासंघको प्रशासनलाई सुधार गरें, घाटामा रहेको महासंघलाई नाफामा ल्याएँ, महासंघको वित्तीय प्रणालीमा पारदर्शिता ल्याउन ठूलो भूमिका खेलें, जसको नतिजा आजसम्म देखिएको छ ।

सेवा क्षेत्रमा पनि अग्रणी

गोल्छा ग्रुप बीमा, पुनर्बीमा, शिक्षा, प्रविधि र मनोरञ्जन क्षेत्रमा पनि फैलिएको छ । यो ग्रुपको लगानी हिमालयन लाइफ इन्स्योरेन्स, निजी क्षेत्रकै पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र शिक्षामा इम्बार्क कलेजमा रहेको छ । उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेर गोल्छा ग्रुपले शिक्षामा लगानी गरेको हो ।

गोल्छा ग्रुपले हालसालै प्रदर्शनमा आएको परान सिनेमामा लगानी गरेर मनोरञ्जन क्षेत्रमा पनि पाइला चालेको छ । जुन नेपाली उद्योगीले निर्माण गरेको पहिलो चलचित्र हो । गोल्छा त्यसमा सफल पनि भए । हालसम्म यो सिनेमाले साढे १७ करोड कमाइसकेको छ । 

‘यो सिनेमाले मलाई ऊर्जा मिलेको छ, अब बाइस्कोप सिनेमाले वार्षिक २/३ वटा सिनेमा निर्माण गर्छ । हामी फिल्मको गुणस्तर र प्रतिष्ठामा कुनै सम्झौता गर्दैनौं, यो सिनेमाको व्यापारले अन्य व्यवसायीलाई पनि सिनेमा निर्माणमा आकर्षित गर्न सक्छ,’ गोल्छाले भने । 

उनले देशमा हरेक उद्योग स्थापना गरेर ट्रेण्डसेट गर्ने गरेको बताए । गोल्छाले भने, ‘हामीले देशमा हरेक उद्योग स्थापना गरेर नयाँ ट्रेण्डसेट गर्ने काम गरेका छौं, त्यसपछि मात्रै अन्य व्यवसायी त्यो क्षेत्रमा आउँछन् । हामी स्थापित भइसकेपछि अन्य उद्योग आउँछन् । त्यो हाम्रा लागि गर्वको विषय हो, हामीले चुनौती सामना गरेपछि अन्यलाई पनि आउन सहज हुन्छ, हामी अहिले जुन क्षेत्रमा छौं, त्यसमा अग्रणी छौं ।’

सरकारले लागत घटाउने नीतिगत सहजता गरेमा देशमा लगानीमैत्री वातावरणको सिर्जना हुने गोल्छाको भनाइ छ । ‘नेपालमा सम्भावना धेरै छन्, राज्यले सुरक्षाको प्रत्याभूति गरायो भने र राजनीतिक स्थिरता भयो भने धेरै काम गर्न सकिन्छ । पर्यटनमा ठूलो सम्भावना छ, लगानीकर्ता पनि नयाँ क्षेत्रको खोजीमा छन्, लगानीका व्यवसायी लागि तयार छन् । तर, सरकारले वातावरण बनाउन आवश्यक छ,’ उनले भने । 

उद्योगी व्यवसायीका नेता

उद्योगी शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पनि गरेका छन् । उनी २०७७ सालमा महासंघको अध्यक्ष बनेका थिए । कोरोनाको सकस समयमा पनि शेखरले महासंघमा उत्कृष्ट काम गरेको दाबी गरे। 

उनले महासंघको नेतृत्व गर्दै गर्दा एक सय बिलियनको अर्थतन्त्र बनाउने भिजन पेपर सार्वजनिक गरेका थिए । जसलाई सरकारले पनि स्वीकार गरेको थियो ।  महासंघका तर्फबाट गर्ने लबिङ र सरकारसमक्ष निजी क्षेत्रका माग राख्ने विषयलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनी बताउँछन् । भिजन पेपर सार्वजनिक गरेपछि महासंघले गर्ने काम कारबाही परिवर्तन भएको उनको भनाइ छ । 

‘मेरो नेतृत्वमा महासंघको प्रशासनलाई सुधार गरें, घाटामा रहेको महासंघलाई नाफामा ल्याएँ । महासंघको वित्तीय प्रणालीमा पारदर्शिता ल्याउन ठूलो भूमिका खेलें’ जसको नतिजा आजसम्म देखिएको छ,’ गोल्छाले भने । 

यस्तै, गोल्छाले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को पनि नेतृत्व गरेका थिए । नाडा अटो शो विकास गर्नमा आफू नेतृत्वको टिमले ठूलो भूमिका खेलेको उनको भनाइ छ । ‘नाडामा मैले नेतृत्व गरेपछि ठूलो फड्को मारेको थियो, नाडा अटो शो त्यसपछि मात्रै आयोजना भएको हो,’ उनले भने । 

समग्रमा गोल्छा ग्रुप र आफूले नेपालको निजी क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ । ‘देशको प्रथम उद्योगदेखि अहिलेसम्म हामीले सिर्जना गरेको रोजगारी, भुक्तानी गरेको राजस्व र अर्थतन्त्रमा पुर्याएको टेवालगायत कारणले गोल्छा ग्रुप अग्रणी औद्योगिक घरानाका रूपमा गर्व गर्छ,’ उनले भने, ‘यति लामो समयदेखि मर्यादित भएर काम गरेकै कारण हामी टिकिरहेका छौं, उपभोक्ताको  हामीलाई ठूलो विश्वास र माया छ, यसले थप नयाँ उद्योग र व्यवसाय विस्तार गर्ने ऊर्जा पनि मिल्छ ।’

गोल्छा ग्रुपको इतिहास शताब्दी पुरानो छ । मेरो हजुरबुबा नेपालको पहिलो उद्योगपतिको रूपमा परिचित हुनुहुन्थ्यो । र, त्यसै विरासतलाई निरन्तरता दिँदै हामीले सय वर्षदेखि उद्योग र व्यापारमा योगदान दिइरहेका छौं । यस अवधिमा हामीले ३० हजारभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेका छौं । आज गोल्छा ग्रुप देशको उच्च राजस्व तिर्ने अग्रणी व्यावसायिक घरानामध्येमा पर्छ । अहिले हामी अटोमोबाइल, फिनटेक, इलेक्ट्रोनिक्स, माइक्रोफाइनान्स, औषधि उत्पादन, बजाज मोटरसाइकल, पोल्ट्री बायो–साइन्स, लुब्रिकेन्ट, शिक्षा, मनोरञ्जन र नवीकरणीय ऊर्जा लगायत क्षेत्रहरूमा फैलिएका छौं । 

नेपालमा बजाज मोटरसाइकलको एसेम्बल उद्योग हाम्रो महत्वपूर्ण माइलस्टोन हो । बजाजसँग सम्बन्धित सप्लाई–चेन विस्तार भइरहेको छ र आगामी दिनमा यो क्षेत्र नेपालको प्रमुख उत्पादन उद्योगको रूपमा स्थापित हुने विश्वास छ । इलेक्ट्रोनिक्स क्षेत्रमा पनि हामीले ठूलो योगदान गरेका छौं । सामसङ टेलिभिजन र एयरकन्डिसनर उत्पादन गरिरहेका छौं । अब बल्ब र वाशिङ मेसिन उत्पादन गर्ने प्रक्रियामा छौं । हिमस्टार ब्रान्डमार्फत नेपालमै भ्यालू एडिसन गर्ने काम भइरहेको छ । यी प्रविधिहरूले जीवन सहज बनाउन मात्र नभई मध्यवर्गीय नेपालीको आत्मसम्मान पनि बढाएका छन् । 

पोल्ट्री हेस्टर बायो–साइन्सबाट उत्पादन हुने भ्याक्सिन अहिले १४/१५ देशमा निर्यात भइरहेको छ । उत्पादनको ९० प्रतिशत हिस्सा विदेशमा पठाइन्छ । यसमा गेट्स फाउन्डेसन र डब्ल्यूएचओजस्ता प्रतिष्ठित संस्था ग्राहक छन् । यसले देखाउँछ कि नेपाल उच्चस्तरीय भ्याक्सिन उत्पादन गर्न सक्षम छ । लुब्रिकेन्ट उद्योगमा पनि हामीले भारतीय कम्पनीसँग सहकार्य गरी ‘सर्वो’ ब्रान्ड उद्योग सञ्चालन गर्ने तयारी गरिरहेका छौं । नवलपरासीमा निर्माण भइरहेको यो उद्योगमा हाम्रो ३० करोड लगानी र करिब डेढ सय कर्मचारी कार्यरत हुनेछन् । यो उद्योग पनि नेपालका लागि गर्वको विषय हो । 

देश चुनौतीपूर्ण अवस्थामा भए पनि हामी निजी क्षेत्रलाई प्रोत्साहित गर्दै अघि बढिरहेका छौं । जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल केही कमजोर भएको छ । स्थिर र जिम्मेवार सरकार आयो भने लगानीमैत्री वातावरण निर्माण गर्न सकिन्छ । गोल्छा ग्रुपमा अहिले चार÷पाँच हजार कर्मचारी प्रत्यक्ष रूपमा कार्यरत छन् । जनताको विश्वास, सहकर्मीहरूको योगदान र माया नै हाम्रो सफलताको मुख्य आधार हो । हामी नयाँ भेन्चरहरू फिल्म मेकिङ, शिक्षा, सोलार इनर्जी जस्ता क्षेत्रमा लगानी विस्तार गर्दैछौं । 

सरकारले उत्पादन लागत घटाउने, लजिस्टिक्स सुधार तथा नीति नियममा सहजीकरण गर्न सकेमा देशमा लगानीमैत्री वातावरण बन्छ । नेपालमा सम्भावना धेरै छ । सरकारले सुरक्षा प्रत्याभूतिमात्रै गराए पनि धेरै व्यवसायीहरू लगानी गर्न तत्पर हुन्छन् । गोल्छा ग्रुप यति लामो समयसम्म मर्यादित भएर काम गरेकै कारण आज देशकै प्रतिष्ठित औद्योगिक घरानाको रूपमा स्थापित भएको छ । यो हामीलाई हाम्रा उपभोक्ताले गरेको विश्वास र माया हो । यसले हामीलाई थप लगानी गर्न उत्प्रेरणा पनि मिल्छ । 
 

Share News