पछिल्लो २४ घण्टामा विश्वभर २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट पछिल्लो २४ घण्टा यता थप २ लाख १६ हजार जना संक्रमित थपिएका हुन् । नेपाली समयअनुसार बुधबार विहान साढे ६ बजेसम्म संसारभरीका १ करोड ३४ लाख ४६ हजार २ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । ५ लाख ८० हजार २ सय २८ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७८ लाख ३८ हजारभन्दा बढी मानिस निको भएका छन् । एकदिनमा संसारभर ५ हजार २ सय ५१ जनाकाे मृत्यु भएकाे छ । सबैभन्दा बढी अमेरिकामा ३५ लाख ४४ हजार ८ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १ सय ३७ जनामा रहेका छन् । उपचारपछि १५ लाख ९७ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टा यता थप ६५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्, भने ९ सय २९ जनाको मृत्यु भएको छ । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ हजार २ सय ६२ जना रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १९ लाख ३१ हजारभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टा यता ब्राजिलमा १ हजार ३ सयभन्दा बढीको ज्यान गएको छ भने ४३ हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ९ लाख ३७ हजार ४ सयभन्दा बढी संक्रमित छन् । २४ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९३ हजारबढी उपचार पछि निको भएका छन् । भारतमा एक दिनमा २९ हजार ८ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने ५ सय ८८ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा हालसम्म १७ हजार ६१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १६ जनामा कोरोना देखिएको हो । (वल्डोमिटर)
काठमाडाैं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित
काठमाडाैं । काठमाडौं उपत्यकामा २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ३ सय ५८ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् । बुधबार नेपालमा १ सय १६ जना काेराेना संक्रमित थपिएका छन् भने ३४ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ६१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ३ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १७ हजार नाघ्याे
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए । आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच÷पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन/तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई÷दुई सङ्क्रमित फेला परेका छन् । यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक÷एक जना सङ्क्रमित भेटिएको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ६१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ३ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ९३ हजार ७ सय ३९ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ९५ जना आईसाेलेसनमा रहेका छन् ।