आवश्यक चिकित्सा सामाग्री नेपाल आइपुग्यो, देशैभर वितरण गरिने
काठमाडौं । ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो टीप आज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रीसीट लिएको छ र देशभर वितरण गर्नेछ । यो वितरण ज्याक मा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन् । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा भा लिए जसमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो । यस पहलको समर्थन गर्न चीनकी राजदूत हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि उपस्थित थियो । ‘हामी आशा गर्दछौं कि यो अनुदानले नेपाललाई कोविड १९ को फैलावट नियन्त्रण गर्न मद्दत र्पुयाउँछ। हामी विश्व समुदायलाई सहयोग र्पुयाउन सक्दो प्रयास गरिरहेका छौं। आवश्यक परको ठाँउहरुमा चिकित्सा सामाग्री र्पुयाउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं।’- ज्याकमा फाउन्डेसन यी दानहरू अलिबाबा फाउण्डेशन र ज्याक मा फाउन्डेशनले कोविड-१९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका देशहरूमा गरेको विभिन्न प्रकारका चिकित्सा सामाग्री सहयोग मध्ये एक हुन्। साथै, अधिक पहल र दानहरू आउँदो दिन र हप्ताहरूमा घोषणा हुन सक्नेछन्।
सातै प्रदेशमा कोरोना परीक्षण ल्याबको लागि विज्ञ र कर्मचारी खटाउन सुरु
काठमाडौं । सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न सरकारले विज्ञ र कर्मचारी खटाउन सुरु गरेको छ । कोभिड १९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न कर्मचारी खटाउन सुरु गरिएकाे जानकारी दिएका हुन् । प्रदेश २ को परीक्षण ल्याब जनकपुरमा, गण्डकी प्रदेशको पोखरामा, बागमती प्रदेशको हेटौडा, कर्णली प्रदेशको सुर्खेत र सुदुरपश्चिमकाे धनगढीमा विज्ञ र कर्मचारी खटाईसकेको श्रेष्ठले जानकारी दिएका हुन् । ल्याब स्थापनाको लागि केही सामानहरु आईपुगेको श्रेष्ठले जानकारी दिए । हाल सम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र केही दिनअघिदेखि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु गरिएको छ ।
कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य- स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकाे छ । काेराेना भाइरस (कोभिड १९) सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । ‘सबैकाे स्वास्थ्य सामान्य छ, हामीले स्वास्थ्य सामाग्रीकाे व्यवस्था पनि गिररहेका छाैं, त्यस्तो कूनै आतिनु पर्ने अवस्था छैन,’ उनले भने । हालसम्म ९ सय १७ जनाको काेराेना परिक्षण भएको छ जसमा ९ सय १२ जना नेगेटिभ देखिएको छ भने ५ जनामा पोजेटिभ देखिएको छ । यसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।