श्रममन्त्री कुँवरले प्रत्येक आइबार प्रत्यक्ष रुपमा उजुरी गनासो सुन्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार प्रत्यक्ष रुपमा उजुरी तथा गुनासो सुन्ने भएका छन् । मन्त्रालयले १ गते प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक आइतबार ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममार्फत सरोकारवालासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम रहेको जनाएको छ । प्रेस विज्ञप्तिमा कार्यक्रम प्रत्येक आइतबार बिहान ११ बजेबाट १२ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ । ‘श्रमिकसँग मन्त्री’ कार्यक्रममा स्वदेशबाट सम्पर्क गर्दा ११४१ र १६६००१५००५ नम्बरमा डायल गरेर निःशुल्क संवाद गर्न सकिने छ । साथै विदेशमा रहेका नेपालीले भने सःशुल्क ००९७–१–५९७००८ मा कल गरेर आफ्नो जानकारी, उजुरी तथा गुनासो राख्न सकिने मन्त्रालयले जनाएको छ । हेर्नुहोस्, प्रेस विज्ञप्ति ।

नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले आन्तरिक लेखापरीक्षकका लागि २ जना, कानून अधिकृतका लागि १, सवारी चालकका लागि १ र कनिष्ठ सहायक प्रशिक्षार्थी लागि केही संख्यामा कर्मचारी मागेको हो । लघुवित्तका अनुसार आन्तरिक लेखापरीक्षकको लागि आईपीपीसी, कानून अधिकृतको लागि कानून विषयमा स्नातक र कनिष्ठ सहायक प्रशिक्षार्थीको लागि प्लस टु उत्तिर्ण गरेको हनुपर्नेछ । त्यस्तै, सवारी चालकको लागि आठ कक्षा पास गरी ड्राईभिङ लाईसेन्स लिई १ वर्षको कार्य अनुभव भएको हुनुपर्छ । २१ देखि ३५ वर्षका समुहका व्यक्तिले आवेदन दिन सक्नेछन् तर महिलाको हकमा भने ४० वर्ष सम्मकाले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ १६ गतेभित्र लघुवित्तको वेवसाइटमा गएर आवेदन दिनुपर्नेछ ।

साउनमा ६३ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । चालु आवको २०७९÷८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए । गत आर्थिक वर्षको साउन महिनामा २५ हजार चार सय २८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति जारी भएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ । पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् । कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहो¥याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् । कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको सङ्ख्या बढ्दै गएको र समग्रमा विदेशिनेको सङ्ख्या पनि बढेको सहसचिव अर्यालले जानकारी गराउनुभयो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा रु १० खर्ब सात अर्ब विप्रेषण भित्रिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा रु नौ खर्ब ६१ अर्ब विप्रेषण भित्रिएको थियो । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा सुधार आउने विश्वास गरिएको छ ।