हार्टफार्डको आधिकारिक वितरकमा इग्निसन अटो नियुक्त, काठमाडौंमा ‘टुरिङ्ग र्याली’ गर्दै

काठमाडौं । हार्टफार्ड इण्डष्ट्रीयल कम्पनी लिमिटेडको ताईवान (चाइना) बाट उत्पादित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक वितरकमा इग्निसन अटो प्रालि नियुक्त भएको छ । इग्निसन अटो प्रालिले नेपाल भरी नै आफ्ना डिलर नेटवर्क मार्फत हार्टफार्ड (भीआर) मोटरसाइकल तथा स्कुटरहरु को बिक्री एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ । हार्टफार्ड (भीआर) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड हो । नेपाल मात्र होइन विश्वमानै कोरोनाको प्रभावले थिलथिलो भएको यस अवस्थामा इग्निसन अटो प्रालिले आफ्ना ग्राहकलाई कोरोना कालमा दैनिक जीवनयापन, व्यवसयिक गतिशिलताका विषयमा अन्तक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ २०७७ फागुन २९ गते “भीआर एक्स्प्लोरिङ एडभेन्चर” नामक “टुरिङ्ग” कार्यक्रम आयोजना गर्न गईरहेको छ । नेपालको टु व्हील कम्पनीहरु मध्येमा यस कोभिड-१९ लाई मध्यनजर गर्दै “टुरिङ्ग” कार्यक्रम सोसियल मिडियामा सर्वप्रथम घोषणा गरि आयोजना गर्ने कम्पनी इग्निसन अटो प्रालि रहेको छ । “टुरिङ्ग र्याली” २०७७ साल फागुन २९ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित हार्टफार्ड शोरुमबाट आरम्भ हुने छ । सुन्धारा-वीर अस्पातल-जमल-लैनचौर-लाजिम्पाट-महाराजगन्ज-बुढानिलकण्ठ-तारेभिर जहाँ मनमोहक दृश्यका साथ नास्थाको लागि रोकिने छ र पुन सुन्दरीजल डाम चिसापानी हुँदै भोटेचौर पुगेर खाना र मनोरन्जनका कार्यक्रमहरु गरिने छ । त्यसपछि साखु-थली-जोरपाटी-बौद्धको सर्भिस सेन्टरमा पुगि सम्पन गरिने कम्पनीले बताएकाे छ ।

नेपालगन्जमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प बन्दै, निगमकाे मात्रै साढे तीन करोड लगानी

नेपालगन्ज । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिए । करिब साढे तीन करोड रूपैयाँ लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूना पम्पका रुपमा रहेको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्प निर्माण गर्न लागेको हो । पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने छ । पम्प सौर्य ऊर्जाबाट समेत सञ्चालन हुने निगमले जनाएको छ । पम्पभित्र एटिएम कार्डबाट भुक्तानी गर्न सकिने, अग्नि प्रतिरोधात्मक एलमिनियम कम्पोजिट मेटेरियलबाट दुई वटा छानो निर्माण गरिने छ । सुरक्षाको लागि अग्नि नियन्त्रणको लागि चार वटा ७० केजी र १० वटा १० केजी क्षमताको ड्राई केमिकल पाउडरसहितको अग्नि नियन्त्रण यन्त्र राखिने छ । पम्पमा अपाङ्गमैत्री शौचालय निर्माण गरिने छ । ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम आगामी जेठ अन्तिमभित्र सम्पन्न हुनेछ । पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कशप, कफीसप र अत्याधुनिक शौचालयसमेत निर्माण गरिने डिपोले जनाएको छ । पम्प सञ्चालन व्यवस्थापन निगमका आफ्नै कर्मचारीसमेत संलग्न हुने छन् । नेपालगन्ज डिपोमा ३२ लाख लिटर पेट्रोल र ७५ लाख लिटर डिजेलको भण्डारण क्षमता छ । निगमले रुपन्दे्रहीको भैरहवामा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गरी गत वर्षदेखि नै सञ्चालनमा आएको छ । योसँगै निगमको आफ्नै लगानीमा दुई वटा पम्प हुनेछ । निगमले अन्य ठाउँमा समेत आफ्नै पम्प सञ्चालन गर्ने तयारी गरेको छ । निगम आफैँले पम्प सञ्चालन गर्दा जुनुसुकै बेला पनि इन्धनको वितरणमा हुने हुँदा उपभोक्तालाई सहज हुन्छ । हाल निजीस्तरबाट मुलुकभर एक हजार ५०० सङ्ख्यामा पेट्रोल पम्प सञ्चालनमा छन् । रासस

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्सकाे अध्यक्षमा सुशिल तण्डुकार

काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएकाे आईएई नेपालको तेस्रो साधारण सभाले अध्यक्षमा सुशिल तण्डुकार, उपाध्यक्षमा पवित्र विक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेकाे हाे । त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् भने सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास रहेका छन् । नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ । आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । ।

गभर्नर अधिकारीको क्यूआर कोड अभियानः अटो रिक्सादेखि तरकारी पसल र भेटीसम्म क्यूआर कोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय क्यूआर कोड सञ्चालन अभियानमै लागेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल भुक्तानीमा जोड दिन विभिन्न समयमा आग्रह तथा निर्देशन समेत दिइरहेका गभर्नर अधिकारीको पछिल्लो समय अधिकांश समय क्यूआर कोड आरम्भमै बित्छ । उनी पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न ठाउँमा सुरु गरेको डिजिटल भुक्तानी सेवा सुभारम्भ कार्यक्रममै व्यस्त हुन्छन् । क्यूआर कोडमार्फत नै वित्तीय कारोबार गर्ने अभ्यास अघि सार्नु पर्ने भन्दै उनी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सुरु गर्ने क्यूआर कोड सेवाको सुरुवात गर्ने काममा आफै सहभागी भएर प्राेत्साहन गरिरहेका छन् । कार्यक्रममा पुगेर उनले राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउँदै आएका छन् । उनले काठमाडौं भित्र मात्र होइन काठमाडौं बाहिर पनि क्यूआर कोडको सुरुवात गर्नुपर्छ भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दै आफै उपत्यका बाहिर पुगेर पनि क्यूआर कोडको सुरुवात गरिरहेका छन् । अहिले उनकै आग्रह र निर्देशनमा काठमाडौं भित्रका विभिन्न स्थानहरुमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले क्युआर कोडको सुरुवात गरिरहेका छन् । उनले नक्साल, कालिमाटी, बल्खु, कुलेश्वर, तीनकुने लगायतका तरकारी बजारहरुमा क्यूआर कोडको सुभारम्भ गरिसकेका छन् भने विभिन्न सुनचाँदी पसल, अटो रिक्सा,  मन्दिर लगायत ठाउँमा क्यूआर कोडको सुभारम्भ आफै सरिक भएर गरेका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको केन्द्रिय कार्यालय र शाखानजिक रहेका तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा राख्न आग्रह मात्र होइन निर्देशन पनि दिँदै आएको छ । विभिन्न वाणिज्य बैंकहरुले पनि त्यसलाई पालना गर्दै विभिन्न ठाउँहरुमा क्यूआर कोडको सुभारम्भ गर्दै आएका छन् । विगत दुई महिनादेखि उनले क्यूआर कोडलाई निकै प्राथमिकता दिएर काम गरिरहेका छन् । गभर्नर अधिकारीले नक्साल तरकारी बजारमा पुस १० गते सानिमा बैंकले सुरु गरको क्युआर कोड सुभारम्भ गरेका थिए । यस्तै, पुस २४ गते प्रभु बैंकले कालिमाटी तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेसँगै त्यसपछि माघ १६ मा नबिल बैंकले काठमाडौंको कुलेश्वर फलफूल बजार र एनएमबी बैंकले बल्खु तरकारी बजारमा क्यूआर कोडको सुरुवात गरेको थियो । यस्तै, माघ २१ मा माछापुच्छ्रे बैंकले राजधानीको तीनकुने तरकारी बजारमा क्यूआर कोडको सुरुवात गरेको थियो । ती सबै कार्यक्रममा गभर्नर अधिकारी आफै सहभागी बनेका थिए । उनले ती सबै कार्यक्रममा सबै बैंक तथा वित्तीय संस्थालाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिन निर्देशन मात्र होइन यसलाई दीगो बनाउन पनि सुझाव दिए । यस्तै, आज अर्थात शुक्रबार मात्रै गभर्नर अधिकारीले बैंक अफ काठमाडौंले पशुपति मन्दिरमा सुरु गरेको क्यूआर कोडको सुभारम्भ गरे । उनले पशुपति मन्दिरमा ५ हजार ५ सय ५७ रुपैयाँ दान दिँदै क्युआर कोडको सुभारम्भ गरेका हुन् । बैंक अफ काठमाडौंको क्यूआर कोड पशुपति मन्दिरमा सुरु भएसँगै अब पशुपतिमा जाने भक्तजनहरुले क्यूआर कोडमार्फत नै दान गर्न सक्नेछन् । उनले अब पशुपतिमा आउने भक्तजनहरुले क्यूआर कोडमार्फत दान गर्न सक्ने बताउँदै सबै क्षेत्रमा डिजिटल कारोबारलाई प्राथमिकता दिनु पर्ने बताए । उनका अनुसार अब डिजिटल कारोबार गर्दा पारदर्शिता पनि कायम हुने बताए । ‘अहिलेको हाम्रो फोकस डिजिटल कारोबारलाई नै प्राथमिकता दिने हो, डिजिटल भुक्तानीले पारदर्शीता मात्र होइन यसले हैसियत पनि देखाउँछ, बैंकलाई ऋण उपलब्ध गराउन पनि धेरै सहयोग पुर्याउँछ,’ उनले भने । काठमाडौं उपत्यका भित्र मात्र होइन काठमाडौं बाहिरका जिल्लाहरुमा पनि क्यूआर कोड हुनु पर्ने जोड अधिकारीको छ । देशभरी नै प्रविधिको प्रयोग बढाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिनु पर्ने उनको भनाई छ । गभर्नर अधिकारीले काठमाडौं उपत्यकामा पनि क्यूआर कोडको प्रयोग बढाउने उद्धेश्यले माघ ३० गते सिन्धुलीको कमलामाई नगरपालिकामा आफै पुगेर टेम्पोमा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेका थिए । सिभिल बैंकले सुरु गरेको सो क्यूआर कोडको सुभारम्भ पनि गभर्नर अधिकारीले नै गरेका थिए । यस्तै, धनगढीको त्रिनगर हाट बजारमा पनि क्युआर कोडको सुभारम्भ भएको छ । सो बजारमा माछापुच्छ्रे बैंकले फागुन ४ गतेदेखि क्यूआर कोडको सेवा सुभारम्भ गरेको थियो । गभर्नर अधिकारीले क्यूआर कोडलाई एक अभियानै रुपमा सञ्चालन गरेका छन् । आजभोलि उनको अधिकांश समय क्युआर कोड सुरुवातमै बित्ने गरेको छ । नेपाल सरकारले पनि मुलुकलाई डिजिटल रुपमा अगाडि बढाउने रणनीति लिएको छ । सोही अनुरुप सरकारले पनि काम गरिरहेको छ । नेपालमा विशेष गरेर कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयपछि डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ ।

गरिमा विकास बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने

काठमाडाैं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८८० प्रतिशतसम्म अधिकतम १० वर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले जनाएकाे छ । हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

एसबी सोलुसन र डिजि हबबीच ‘क्रेडिट एक्स प्रो’ अटोमेसन प्रणालीको लागि सम्झौता

काठमाडाैं । एसबी सोलुसन र डिजि हबबीच लगानी र सहकार्यका लागि सम्झौता भएको छ ।  कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डिजिटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो । यो लक्ष्यलाई पुरा गर्नका लागि एसबी सोलुसनका अध्यक्ष र डिजि हबका प्रबन्ध निर्देशक बीचमा सम्झौता भएकाे हाे । लेन्डिङ क्षेत्रमा डिजिटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ । डिजि हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ । एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन् । क्रेडिट एक्स सँगसँगै एसबी सोलुसनले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तिय मूल्याकंन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचलित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणाली जस्ता सेवाहरु प्रदान गरिरहेको छ । डिजि हब प्रालिले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ । डिजि हबले डिजिटल नेपालको भिजनलाई साकार पार्नका लागी काम गरिरहेको छ ।

लोकप्रिय बन्दै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय अटो प्लस नामको याे बीमा प्रडक्टकाे पोलिसी लिनेको संख्या बढिरहेकोले लाेकप्रिय बन्दै गएकाे कम्पनीले जनाएकाे हाे । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले कम्पनीले साे याेजना सार्वजनिक गरेकाे हाे । बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् । यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र अटो प्लस बीमा पोलिसी खरीद गर्न सकिन्छ । जस्तो सवारी साधन क्षति भई पार्टपुर्जाहरु फेर्नु पर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ । यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा/यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ । ‘अटो प्लस’ बीमालेखमा बीमितले प्रत्येक लाभका लागि ०.१० प्रतिशतदेखि ०.५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ । ‘अटो प्लस’ मात्र नभई विगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बीमा पोलिसीहरु भित्र्याउने गरेको छ । अटो प्लस बीमा कार्यक्रम पनि नेपालमा शिखर इन्स्योरेन्सले भर्खरै सुरु गरेको नयाँ बीमा पोलिसी हो । हाल अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बीमा योजनाहरु संचालनमा रहेका छन् ।

मोर‌ंग अटोवर्क्सबाट लिएको अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सकिने

काठमाडौं । मोरंग अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् । ग्राहकले खल्ती एपको इएमआइमा गएर मोरंग अटो वर्क्स इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी साधन नम्बरलगायतका विवरण भरेपछि बैंक खाताबाट सिधै खल्ती मार्फत रकम भुक्तानी गर्न सकिने छ । खल्तीको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

बजाज अटो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल, बजार पुँजीकरणले नाघ्याे १६ खर्ब रूपैयाँ

काठमाडौं । बजाज अटो लिमिटेड बजार पुँजीकरण १६ खर्ब रुपैयाँ नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ-पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको सेयर मूल्य आज(माघ ७ गते) एनएसईमा प्रतिसेयर ५५६६ रुपैयाँ पुगेर बजार पुँजीकरण १६ खर्ब १० अर्ब ७३ करोड रुपैयाँमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको हाे । विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ-पाङ्ग्रे सवारी कम्पनीले १६ खर्ब रुपैयाँ बढीको बजार पुँजीकरण हासिल गर्न सकेका थिएनन् । यसप्रकार, बजाज अटो दुइ-पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, १६ खर्ब रुपैयाँ बढीको बजार पुँजीकरण पुर्याउने विश्वमै पहिलो दुइ-पाङ्ग्रे कम्पनी पनि हो । बजाज अटोको यात्रा भारतमा ७५ वर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसले यसलाई वास्तवमै “विश्वकौ लोकप्रिय भारतीय” ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ । बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरू लगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन् । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउनका रणनीतिक साझेदारी गरेको छ । यस उपलब्धीका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, “मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।” बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । सन् १९२६ मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ । बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो । बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो, भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीन पाङ्गे बजाजले बनाएको पाइएको छ । ७० भन्दा बढी देशहरूमा १५ मिलियन भन्दा बढी मोटरसाइकलहरू बिक्री भएसंगै, बजाज अटोले भारत सरकारको “मेक इन इंडिया” दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ ।

स्पार्क अटोमोटिभस्ले नेपालमा भित्र्यायाे एस इक्विपमेन्टका उत्पादन

काठमाडौं । स्पार्क अटोमोटिभस् प्रा. लि ले भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा ल्याएको छ । कम्पनीले बागमती र नारायणी अञ्चलको लागी उक्त मेशिनहरु ल्याएको हो । एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् । नेपालमा स्पार्क अटोमोटिभ्स प्रा .ली .ले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३-४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एंवम वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदी रहेका छन् । स्पार्क अटोमोटिभसको वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगंजमा रहेको छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा रहेको छ । यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमश बिक्री वितरण गर्ने र भविश्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ । एस इक्विपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धी उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण, ठुलठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसले आफ्नो उत्पादनहरुको बिक्री वितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।

प्रभुु क्यापिटलद्वारा कमलादी गणेशस्थान मन्दिरमा अटोमेटिक सेनिटाईजर मेशीन जडान

काठमाडाैं । प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा शुक्रबार अटोमेटिक सेनिटाईजर मेशीन जडान गरेकाे छ । याेसँगैं अब भक्तजनहरुले सेनिटाइजरकाे प्रयाेग गरी सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन । काेराेना भाइरसकाे संक्रमणको जोखिम न्यूनिकरणमा यसले मद्दत गर्न विश्वास अाफुहरुले लिएकाे स‌स्थाले जनाएकाे छ ।  

शिखर इन्स्याेरेन्सकाे अटो प्लस याेजनाः पुरानाे गाडी ध्वस्त भए नयाँ पाइने, खल्तीबाट पैसा झिक्न नपर्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी ल्याएको छ । नयाँ बीमा पोलिसीमा दावी भुक्तानी गर्दा ह्रास कट्टी नहुने, ध्वस्त (पूर्ण क्षति) भएमा नयाँ मोटरले प्रतिस्थापन गर्न मिल्ने र दुर्घटना पछि मोटर मर्मत गर्न लाग्ने समयअवधिमा बीमितलाई यातायात खर्च दिने सुविधा भएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले बताए । ‘सामान्यतया एउटा कारको बम्पर फेर्नुपर्दा २५/३० हजार रुपैयाँ लाग्छ । ह्रास कट्टीपछि बीमितले १२/१५ हजार रुपैयाँ मात्र पाउने गरेका थिए । शिखर अटो प्लस इन्स्योरेन्स गरेको अवस्थामा ह्रास कट्टी हुँदैन, पुरै रकम भुक्तानी पाउने छन्’ नयाँ बीमा पोलिसी सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने । चल्तीका बीमा पोलिसीमा शिशामा बाहेक सबै पाट्सहरुको ह्रास कट्टी हुन्छ । शिखर अटो प्लसमा कुनै पनि पार्टसमा ह्रास कट्टी नहुने उनले बताए । नयाँ पोलिसीमा पुरानो गाडी पूरै क्षति हुँदा नयाँ गाडी लिन सकिने सुविधा पनि रहेको छ । ‘पुरानो गाडी पूरै क्षति भएमा सवारी धनीलाई दुईटा समस्या हुन्छ । एकातिर बीमाले दिने क्षतिपूर्ति किनेको मूल्य भन्दा कम हुन्छ । अर्कोतिर नयाँ गाडीको मूल्य पहिलाकाे भन्दा बढिसकेको हुन्छ । यस्तो समस्यालाई समाधान गर्ने गरी हामीले शिखर अटो प्लस योजना बनाएका छौं’ पाण्डेले भने । मोटर ग्यारेजमा राखेपछि बीमितलाई यातायातकाे असुविधा हुने गरेकोले त्यस समस्या पनि समाधान गर्ने गरी शिखर अटो प्लस इन्स्योरेन्स ल्याएको उनले बताए । ‘मोटर साइकल धनीलाई दैनिक ५ सय देखि २ हजार रुपैयाँसम्म र चार पाग्रे मोटरको लागि दैनिक १५ सयदेखि ४५ सय रुपैयाँसम्म यातायात खर्च दिन्छौं । यस्तो रकम बीमाङ्कको आधारमा तय हुन्छ’ पाण्डे भन्छन्- ‘यस्तो सुविधा मोटर आंशिक क्षति भएको अवस्थामा १४ दिन र पूर्णक्षति भएको अवस्थामा ३० दिनसम्म दिन्छौं ।’ १४ दिन र ३० दिनको अवधि तोक्दा सेवा छिटाे र प्रभावकारी बनाउने, प्रणालीगत सुधार गर्न सबैलाई दवाव पर्ने र यसले समग्र बजारमा सुधार ल्याउने उनले बताए । १० वर्षभन्दा बढी पुराना गाडीका लागि भने यस्तो सुविधा नहुने उनले बताए । निर्जीवन बीमा बजारको ५० प्रतिशत हिस्सा मोटर बीमाको रहेको, मोटर बीमामा नै कम्पनीहरुले सर्वाधिक दावी भुक्तानी गर्ने गरेको तर मोटर बीमा क्षेत्रमा ग्राहकहरुबाटै बीमा कम्पनीहरुले बीमा बापतको क्षतिपूर्ति कम पाएको गुनासो आइरहेको पृष्ठभूमिमा नयाँ पोलिसी बनाएको र यस पोलिसीले अटो बजारबाट बीमा कम्पनीप्रति आउने गुनासो कम गर्न मद्दत गर्ने प्रमुख कार्यकारी अधिकृत पाण्डेकाे भनाई छ । बीमा गरेपछि जति पनि लस हुँदा बीमितले खल्तीबाट पैसा झिक्न नपरोस् र क्यासलेस बीमाको प्रयोग बढोस् भन्ने कम्पनीको चाहाना रहेको उनले बताए । शिखर अटो प्लस इन्स्योरेन्सको पुर्नबीमा सतप्रतिशत नेपाल पुर्नबीमा कम्पनीमा गरिएको जानकारी दिँदै यस बीमामा डलर विदेश नजाने भएकोले देशलाई नै फाइदा भएको उनले बताए । शिखर अटो प्लस इन्स्योरेन्स सार्वजनिक कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले नयाँ बीमा पोलिसी साँच्चिकै सिर्जनात्मक भएको बताए । अटो बीमामा ८० प्रतिशत बीमा दावी आउने गरेको र सार्वजनिक यातायाततर्फ ९९ प्रतिशत नै बीमा दावी पर्ने गरेको बताउँदै उनले यस्तो बीमा पोलिसीले बजारमा राम्रो प्रभाव पार्ने बताए । उनले कोभिड बीमाको कारण अर्थतन्त्रलाई गतिशील बनाउन धेरै मद्दत गरेको बताए । हास्य कलाकार तथा शिखर इन्स्योरेन्सका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्यले पनि शिखरको अटो प्लस योजना उपयोगी भएको बताए । ‘सिंहदरवार अगाडि मेरो गाडीमा पछाडिबाट बसले ठक्कर दियो । बीमा दावी गर्दा ४० हजार रुपैयाँ पाएँ । तर त्यो भन्दा बढी खर्च मलाई ट्याक्सीमा हिड्दा भएको थियो’ उनले पुरानो घट्ना स्मरण गर्दै भने- शिखरको अटो प्लस इन्स्योरेन्स पोलिसी लिएमा क्षतिपूर्ति पनि पाइने भयो, ट्याक्सी भाडा पनि पाइने भयो ।’

भारतमा निर्मित निम जि-ईलेक्ट्रिक अटो नेपाली बजारमा, मूल्य ८ लाख ४९ हजार रूपैयाँ

काठमाडाैं । नेपालको एक प्रतिष्ठित व्यवसायीक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ। नेपालमा एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा कम्पनीले उक्त अटो नेपाली बजारमा ल्याएको हाे । नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएतापनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् । यसै क्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित निम जि, ईलेक्ट्रिक अटोको नेपाल अधिराज्यभर आजदेखि विक्री वितरणको शुभारम्भ गरेको छ । यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको याे अटाेलाइ ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापाले बताए । कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका प्रतिनिधी फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको व्याट्रीमा ८ बर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको बताए । कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरब थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि.मि.प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिए । कम्पनीका अनुसार निम जि, ईलेक्ट्रिक अटोकाे शुभारम्भ मूल्य ८ लाख ४९ हजार रूपैयाँ रहेकाे छ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोनलाई नेपाल भित्र्याउँदै जगदम्बा मोटर्स

काठमाडौं । जगदम्बा मोटर्स प्राइभेटले उच्चस्तरीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउने भएको छ । शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्सले उक्त गाडि नेपाल भित्र्याउन लागेको हो । प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्याधिक विक्री भएको मोडल ‘प्रोटाेन सागा’ नेपालका सडकहरुमा ल्याउन लागेको हो । २०२०मा प्रोटोनले प्रोटोन एक्स५० मोडलको अर्को एसयूभी हालसालै मात्र बजारमा ल्याएको छ । यसबाहेक प्रोटोनका सागा, परसोना, परडोना, एक्सओरा र इरिज गरेर अन्य ५ प्रकारहरु अहिले पनि विश्व बजारमा अत्याधिक रुचाइएका छन् । प्रोटोनको मुख्य बजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा ज्यादा मुलुकमा यसको पदार्पण भैसकेको छ र अझ बढ्दो क्रममा रहेको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ । १२८० एकरमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधा सम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभ्लोप्मेन्ट् सेन्टर, भेन्डर पार्क, शहरी क्षेत्र र एउटा विश्वविधालयको समेत रहेको छ । सम्बन्धित समाचारः प्रोटोनको सोरुम अब काठमाडौंकाे नक्सालमा, आधिकारिक वितरकमा जगदम्बा मोटर्स नियुक्त

हुन्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्न सफल, तीन नयाँ मोडेल लञ्च गर्दै

काठमाडौं । इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० को अनुसार हुन्डाई मोटर कम्पनीले अटोमेकरहरू माझ आफ्नो ग्लोबल ब्राण्ड मूल्य र प्रतिष्ठा वृद्धि गर्दै आएका छन् । एक सर्भेको अनुसार, हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ, जसको मतलब हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड मा कोभिड-१९ महामारीको कारण मन्दी बजार भए तापनी पर्न सफल बनेको छ । पछिल्लो छ वर्ष देखि हुन्डाई कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्ये एक रहेको छ । सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई, गत १५ वर्ष देखि लगातार प्रगति गर्दै आइरहेको छ र उत्कृष्ट सयको सुचीमा सधै रहदै आएको छ । इन्टरब्राण्ड भ्यालुएसन ग्लोबल डिरेक्टर, माइक रोचाको अनुसार, “हुन्डाई मोटर कम्पनीको ब्राण्ड मूल्य ईभी लाइनअप आईओएनआईक्यिुको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियल कन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको हो ।” उनले भने, “ हामीले कम्पनीको बजार परिवर्तनप्रतिको सक्रियताका साथै दीर्घकालीन ब्राण्ड र अनलाइन सेल्समा भएको उपलब्धि लाई सकारत्मक रुपमा लिएका छौं, यस कम्पनीले सामाजिक संजालको सेल्स च्यानलको माध्यमबाट विद्धुतीय ब्याट्री र फ्युल(सेल विद्धुतीय गाडीको बिक्रि वृद्धि गरेको छ ।” हुन्डाई मोटोर्सको मोबिलिटी इलेक्ट्रिफिकेसन कमिटमेन्ट पछिल्लो पटक लन्च गरिएको ईभी ब्राण्डको बाट आईओएनआईक्यिु देखिन्छ । कम्पनीको इन्नोभेट मोडेलमा आईओएनआईक्यिुको मातहतमा कम्पनीले आउँदो चार वर्षमा तीन नयाँ मोडेल लन्च गर्ने तयारीमा रहेको छ । हुन्डाईले ईभीको ग्लोबल मार्केटमा आफ्नो प्रभुत्व कायम गर्न आईओएनआईक्यिुको नयाँ मोडेल सहित बजारको माग अनुसार चल्ने बताएको छ । हुन्डाई मोटोर्सले हाइड्रोजेन फ्युल सेल प्रविधिमा लगानी संगै यातायातको क्षेत्रमा भइरहेको व्यापक परिवर्तनलाई पनि कायम गरेको छ । कम्पनीले हालै स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी-ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गरको छ र यस वर्षमा थप ५० वटा त्यस्तो ट्रक बजारमा उपलब्ध गराउने योजना रहको जनाएको छ । सन् २०२१ सम्ममा फ्युल-सेल ट्रकको उत्पादन क्षमता हरेक वर्ष दुई हजार ट्रक उत्पादन हुने रहेको छ र यसको मुख्य बजार युरोप, अमेरिका र चीनमा हुने बताएको छ । कम्पनीले शहरी क्षेत्रमा ट्राफिक चुनौतीहरुलाई समाधान गर्नको लागि नयाँ मोबिलिटी परिवर्तन, “अर्बन एयर मोबिलिटी(यु ए एम ) को तयारीमा रहेको छ । रोबोटिक्सको क्षेत्र, अटोनोमस ड्राइभिंग प्रविधि र फ्युचर मोबिलिटीमा आफ्नो प्रतिस्पर्ध कायम राख्नको लागि कम्पनीले थुप्रै अनुसन्धान तथा विकासको आयोजनामा सहकार्य गर्दै आएको छ । जसमा ओपन इनोभेसन ल्याब तथा विश्वमा रहेका थुप्रै ल्याब संग सहकार्य रहेको छ । हुन्डाई मोटर कम्पनीका ग्लोबल चिफ मार्केटिंग अफिसर वोहोङ चो भन्छन्, “हामीले अहिलेको व्यापक बढ्दै गरको बजार र अवस्थालाई मध्यनजर गर्दै फ्युचर मोबिलिटीमा नेतृत्व गर्ने योजना लिएका छौं र कोरोना जस्ता अप्रत्याशित कारकहरुलाई ले निम्त्याएको समस्यालाई पनि समाधानका लागि पनि तत्पर रहेका छौं ।” उनले भने, “कम्पनीको फ्युचर मोबिलिटीमा गरेको भव्य निर्णय संगै ग्राहक तथा मानिसहरुमा अझ राम्रो अनुभवको बारेमा केन्द्रित रहने छ र कम्पनीको लागि मानिसहरुको खुसी नै सबै भन्दा महत्वपूर्ण हुनेछ ।” हुन्डाईले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्नो विश्वव्यापी अनलाइन च्यानलमा काम तिब्र बनाएको छ । जस्तै, अमेरिका र भारतमा ‘क्लिक टु बाइ” सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ । युरोपमा पनि उक्त सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस सेवाको कारण कम्पनीले १.५ मिलियन भर्चुअल भिजिटर्स , २० हजार सेल्स इन्क्वाइरीज र दुई हजार भन्दा अधिक बिक्री गरको छ । अमेरिकामा ९५ प्रतिशत भन्दा अधिक ग्राहकले “क्लिक टु बाइ” सेवा प्रयोग गरेका छन् । हुन्डाई कम्पनीले कोरोना महामारीको कारण समस्यामा परेका थुप्रै मानिसलाई सहयोग गर्दै आएको छ । जस्तै कम्पनीले सरसफाईको प्रोडक्ट्स तथा बिरामीको यातायातको व्यवस्था तथा स्वास्थ्यकर्मीको उपचार र थुप्रै आर्थिक सहयोग साथै आफ्नो ग्राहकहरुलाई विभिन्न सेवा पनि उपलब्ध गर्दै आएको छ । यसको क्रियाकलापको कारण हुन्डाई कोरोना महामारीको समयमा पनि आफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनी बनेको छ । जसको कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ ।

जिप कम्पास लाइनअपमा अर्को एसयुभी, सार्वजनिक भयो कम्पास डिजेल अटोमेटिक, मूल्य कति ?

काठमाडौं । नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९-स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । कम्पनीका अनुसार नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक् र पावरफुल एसयुभी’ हो जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र होइन घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण कार्य, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ दिलाउँछ । त्यसैले, नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी पोजिसनिङ गरिएको छ । यो ‘९-स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयुभी हो । नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग रहेका छन् । साथै यसमा प्यासिभ इन्ट्रि, पुश–बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु-टोन इन्टेरियर पनि रहेको छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि रहेको छ । कम्पासको यो टप-एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ‘जिप कम्पसको रेन्जलाई अझ बलियो र व्यापक बनाउन हामीले डिजेल अटोमेटिक भेरियन्ट ल्याएका हौं । हामी हाम्रा ग्राहकलाई प्रडक्ट मात्र दिँदैनौं, उहाँहरुलाई नयाँ जीवनशैली पनि दिन्छौं । नयाँ कम्पासमा अहिले ग्राहकले खोज्नुहुने सबै इलेक्ट्रिोनिक फिचरहरु लोडेड त छन् नै जिपले विगत आठ दशकदेखि उपलब्ध गराउँदै आउको अतुलनीय इन्जिनियरिङ, बेजोड सुरक्षा र अद्वितीय ४ बाई ४ क्यापाबिलिटीमा पनि कुनै सम्झौता गरिएको छैन,’ जिप कम्पासको रेन्ज विस्तारबारे एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले भने । एमएडब्लु लाइफले दसैं तिहारको अवसर पारेर एक्सचेन्ज क्याम्पेन पनि संचालन गरिरहेको छ । ‘एक्सचेन्ज विथ जिप’ नाम दिइएको यो क्याम्पेनमा ग्राहकले अभुतपूर्व एक्सचेन्ज बोनस पाइने छ ।

अटो वर्कशप सुरक्षित राख्न गल्फ लुब्रिक्यान्टको सहयोग

काठमाडौं । अटो वर्कशपहरु सुरक्षित बनाई काम सञ्चालनमा ल्याउन नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयलबीच सम्झौता भएको छ । गल्फ लुब्रिक्यान्टको सहकार्यमा दुई संस्थाबीच सम्झौता भएको हो । नेपाल ल्युव आयलका डीजीएम दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्लेले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५ लीटरको सोडिएमहाइड्रोक्लोराईड र २ लीटरको स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।

एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने

काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएकाे छ । जसकाे लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा. लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबी बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ । दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसंगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ । ‘आ मोटर्स लगातार स्थीर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ र हामी विश्वस्त छौं कि कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेज प्रा. लिमिटेड जसले एक दशक भन्दा बढी समयदेखि आफ्नोे ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ, जससंगको यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार गर्ने मद्दत गर्नेछ ।,’ बैंकले जनाएको छ ।

कम्प्यूटरले अटोमेटिक रुपमा कर्जा स्वीकृत गर्छ र ऋणीको खातामा रकम जान्छ

विनय रेग्मीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । विशेष गरी विश्व डिजिटल प्रविधिमा अभ्यस्त भइहरेको बेला नविल बैंक पनि नेपाली बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ कारोबार गर्न प्रोत्साहन मात्र होइन त्यसैमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । नविल बैंकको महत्वपूर्ण कदमको नेतृत्व गरिरहनु भएको छ विनय रेग्मीले । नविल बैंकमा डिजिटल बैंकिङको प्रमुख भएर काम गरिरहेका रेग्मीसँग नविल बैंक भित्रको बैंक भनेर सार्वजिनक गरेको ‘डीजी बैंक’, डिजिटल प्रविधिको प्रयोगमा बैंकको आगामी यात्रा र योजनाको बारेका विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीः नविल बैंकले बैंकभित्रको पनि बैंक भनेर ‘डीजी बैंक’को सुरुवात गरेको छ । डीजी बैंक भनेको के हो ? नविल बैंक शुरु देखिनै ‘फष्ट कम्यूटराइज’ बैंकको रुपमा स्थापित भएको हो । हामीले कहिल्यै पनि म्यानुअल सिस्टमबाट काम गरेनौं । तर, त्यो एकदमै बेसिक लेभलको थियो । बैंकका केही डाटाहरु मात्र कम्प्यूटरमा हुन्थ्यो भने बाँकी म्यानुअल्ली नै थियो । केही हदसम्म अहिले पनि छ । अब विश्व परिवर्तन भइसकेको छ । खासगरी कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा अब पूर्ण रुपमा डिजिटल्ली जानुपर्छ भन्ने महसुस हामीलाई भयो । हामीले जे जति सेवाहरु आफ्ना ग्राहकहरुलाई दिइरहेका छौं ती सबै सेवाहरु सकेसम्म प्रविधिको प्रयोग गरेर डिजिटल्ली हुनुपर्छ भन्ने महसुस गर्यौं । हाम्रा ग्राहकले चाहेको बैंकिङ सेवा आफूले रोजेको र खोजेको समयमा आफू नै रहेको स्थानबाट र तुरुन्तै पाउनुहुन्छ । त्यसको लागि सम्पूर्ण बैंकको पूर्वाधारलाई डिजिटलाइजेसन गर्ने र सबै प्राेडक्टहरु डिजिटल रुपमा निकाल्नको लागि यो एउटा बैंक भित्रको बैंकका रुपमा डीजी बैंक लञ्च गरेका हौं । बैंकले दिने सम्पूर्ण सेवाहरु अनलाइन अर्थात डिजिटल्ली र ग्राहकले आफूले रोजको ठाउँबाट, रोजेको समयमा र अति नै छिटो र सन्तुलित ढंगले उपलब्ध गर्नु नै डीजी बैंकको उदेश्य हो । ग्राहकलाई सबै सेवा सुविधाहरु कुनै बाधा अड्चन् र समस्यारहित किसिमले डिजिटल्ली रुपमा दिने यसको मुख्य उद्देश्य हो । अर्को ग्राहकहरुले रिक्वेष्ट गरेको काम हुन्छ त्यसलाई हामीले आन्तरिक रुपमा पनि डिजिटल्ली प्रोसेस गर्न सक्नु पर्छ । ग्राहकले अनलाइनबाट रिक्वेष्ट गर्यो तर हामीले म्यानुअल्ली रुपमा जाँदा धेरै समय खर्च हुन्छ भने त्यतिकै सेवा पनि ढिलो हुन्छ । त्यो उपयुक्त हुन सक्दैन भनेपछि हामीले गर्ने सम्पूर्ण कामको प्रक्रियालाई ‘इन्टरनल डिजिटाइजेसन’ मार्फत रियल टाइममा नै पूरा गर्ने उद्देश्य डिजी बैंकको हो । ग्राहकले रिक्वेष्ट गरेपछि इन्टरनल्ली अटोमेसन हुने प्रोसेसको काम हुन्छ । यसै प्रक्रिया अनुसार जानको लागि हामीले नविल डीजी बैंक स्थापना गरेका हौं । यो भर्खरै शुरु भएको छ । विस्तारै यसले आफ्नो नतिजा देखाउँछ । हामीले अहिले केही प्राेडक्टहरु लञ्च गरिसकेका छौं । जस्तै ‘नबिल फाेन लाेन प्राेडक्ट सार्वजनिक गरिसकेका छौं । त्यसमा ग्राहकले आफ्नो मोबाइलबाटै केही बटनहरु क्लिक गरेर रियल टाइमा नै अप्लाई गरेपछि ग्राहकको खातामा पैसा जान्छ । नेपाली बैंक तथा वित्तीय संस्थामा ऋण स्वीकृत हुन र पैसा निकास हुन धेरै दिन लाग्ने गरेको छ । मोबाइलबाटै अप्लाई गर्ने ऋण पाइन्छ भन्दा पत्याउँछ समाजले ? ढुक्क हुनुहोस् । दुनियाँ भर्चुअल वल्डमा अभ्यस्त भइसकेका छन् । तपाईँ जुनुसुकै ठाउँ अर्थात विदेशमै भएपनि भौगोलिक रुपले कुनै समस्या गर्दैन । यो प्राेडक्ट भनेको हाम्रा अहिले भएका ग्राहकहरुका लागि हो । हाम्रा पुराना ग्राहकहरुले यस्तो सेवा पाउँछन् । उहाँहरुले गरेको कारोबारको आधारमा, उहाँहरुले लिएको अन्य ऋण, कति डिपोजिट गर्नु हुन्छ । यी विविध कुराहरु हेरेर अध्ययन तथा विश्लेषण गरिसकेपछि सिस्टम आफैले एप्रुभ र डिस्एप्रुभ गर्ने काम गर्छ । यसमा मानिसको भूमिका हुँदैन । यो ग्राहक यति रुपैयाँ ऋणको लागि योग्य छन् भनेर सिस्टमले नै पत्ता लगाइसकेपछि स्वतहः ऋण दिने वा नदिनेबारे सिस्टमले नै निर्णय गर्छ । यो कत्तिको विश्वासिलो प्रविधि हो ? विश्वासको प्रमुख आधार भनेको बैंकसँगको सम्बन्ध आफूले गरेको कारोबार, ग्राहकको फाइनान्सियल ब्यवहार र बैंकको ग्राहक बनेको समयावधि हो । यी सबै कुराले ऋणको निर्धारण गर्छ । जति बढी कारोबार गरेको छ त्यति धेरै प्वोइन्ट पाइन्छ । त्यति गरेपछि हाम्रो सिस्टमले यो व्यक्ति ऋणको लागि योग्य छ र यसलाई यति रकमसम्म दिन सकिन्छ भन्ने पत्ता लाउँछ । त्यसपछि हामीले ग्राहकको मोबाइलमा मेसेज पठाउँछौं । ग्राहक त्यसमा सहमत भएपछि हामीले पैसा पठाउँछौं । ऋण लिनका लागि कम्तिमा ६ महिना अगाडिदेखि कारोबार गरेको ग्राहक हुनु पर्नेछ । डीजी बैंक लञ्च भएको पनि २ महिना बितिसक्यो । यो समयावधिमा तपाईँका ग्राहकहरु तथा स्टेक होल्डरहरुबाट के कस्ता प्रतिक्रियाहरु पाउनु भयो ? प्रतिक्रियाहरु राम्रै आइरहेका छन् । सबै उत्साहित नै हुनुहुन्छ । हाम्रो एक नम्बरका स्टेक होल्डर भनेका ग्राहकहरु नै हुन् । दोस्रो स्टेक होल्डर नेपाल राष्ट्र बैंक हो भने हामो तेस्रो स्टेक होल्डर हाम्रा सेयर होल्डर र इन्भेस्टर हुन् । उहाँहरु सबै निकै उत्साहित हुनुहुन्छ ।  उहाँहरुले हामीलाई धेरै नै सपोर्ट गरिरहनु भएको छ । स्यावासी दिइरहनु भएको छ । त्यसबाट हामीलाई थप उर्जा मिलेको छ । हामी पनि उत्साहित भएका छौं । डिजी बैंक लण्च गरेपछि के परिवर्तन भयो त ? डीजी बैंक आफैमा कुनै प्राेडक्ट होइन । यो बैंकको एउटा स्ट्रक्चर हो । यसले बैंकको सम्पूर्ण डिजिटल क्रियाकलाप क्रिएट, मेन्टेन, मनिटरिङ तथा बजारमा पठाउने काम गर्दछ । डीजी बैंक शुरु भइसकेपछि हामीले अन्य दुई तीन वटा प्राेडक्टहरु पनि ल्यायौं । नबिल  फाेन लाेन, त्यो भन्दा अगाडि क्यूआर क्यास भन्ने प्राेडक्ट ल्यायौं । त्यसमा तपाईहरु बैंकमा आउनु भयो तर चेक बुक ल्याउन बिर्सनु भयो भने तपाईँ मोबाइल स्क्यान गरेर क्यास लिन सक्नु हुन्छ । त्यो पूरा पेपरलेस प्रक्रिया हो ।  त्यसैगरी, हामीले मोबाइल बैंकिङको नयाँ भर्जन अपरेट गरेका छौं । त्यसमा विभिन्न विशेषताहरु छन् । त्यसको मूख्य विषेशता भनेको ग्राहकले मोबाइलको पिन नम्बर बिस्र्याे भने आफैले नै रिसेट गर्न मिल्ने बनायौं । त्यसले पनि धेरै कुरा सहज भएको छ । अर्को, ग्रिनपिन भनेर सुरु गरेका छौं । पहिले बैंकले ग्राहकले कार्ड लिँदा कागजमा पिन नम्बर लेखेर दिन्थे । अब आफैले गएर एटीएममा पीन सेट गर्न सकिन्छ । पहिले एटीएम कार्ड हरायो भने धेरै समस्या हुन्थ्यो । अब जुनसुकै ठाउँबाट पनि आफैले पिन सेट गर्न सकिन्छ । पहिलेको सबै प्रोसेस हटाएर हामीले ग्राहकले आफै एटीएमको पीन सेट गर्न सक्ने नयाँ सुविधा ल्याएका छौं । ग्राहकलाई हप्तौं दिन लाग्ने त्यो काम अब केही छिनमै हुने भयो । यस्ता धेरै प्राेडक्टहरु हामी विस्तारै ल्याउँदै गर्छौं । भेटिएको वा चोरी भएको एटीएम गलत मान्छेले प्रयोग गरेको रहेछ भने नि ? यसको एउटा प्रोसेस हुन्छ । जस्तै तपाईँले एटीएमको पिन नम्बर बिर्सनु भयो । पिन बिर्सिएपछि तपाईँ एटीएममा जानु हुन्छ । नयाँ पिनका लागि प्रोसेस गर्नुहुन्छ । तपाईँ खातावाला ग्राहक होकि होइन भनेर हामीले त्यसमा केही प्रोसेसहरु अवलम्बन गर्नका लागि अनुरोध गर्छौं । ग्राहकको रजिष्ट्रेसन भएको मोबाइल नम्बरमा हामीले पिन नम्बर पठाउँछौं । त्यो कोड ग्राहकले एटीएममा हाल्नु पर्ने हुन्छ । त्यसबाट तपाईँ त्यहि नै व्यक्ति हो भन्ने प्रमाणित हुन्छ । त्यसपछि एटीएमले ग्राहकलाई नयाँ पिनसेट गर्नको लागि अप्सनहरु दिन्छ । यो रियल टाइममा नै हुन्छ । कुनै समय नै लाग्दैन । अहिले पनि देशका धेरै ठाउँमा इन्टरनेटको पहुँच छैन । तर त्यो ठाउँका सर्वसाधारणहरु नविल बैंकको बैंकिङ सर्भिस कसरी पाउने ? यस्तो पूर्वाधार निर्माण बैंक एउटैले गरेर सम्भव पनि हुँदैन । त्यसमा सरकारको सहयोग पनि चाहिँन्छ । पछिल्लो समय सरकारले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिने नीति लिएको छ । स्थानीय तहमा इन्टरनेट कनेक्टिीभीटी पुर्याउने भन्ने नीति छ । अहिले पनि ६० प्रतिशतभन्दा बढी नागरिकमा इन्टरनेटको पहुँच छ । सरकारले, मोबाइल अपरेटरहरुले बनाएको पूर्वाधारमा हामीले जानु पर्ने हुन्छ । अबको दुई वर्षभित्रै नेपालका नागरिकमा इन्टरनेटको पहुँच राम्रो हुन्छ सबै इन्टरनेटको पहुँचमा हुन्छन् भन्ने विश्वासका साथ हामीले नयाँ प्राेडक्ट तथा योजनाहरु ल्याएका हौं र अझैँ पनि ल्याउने छौं । परम्परागत बैकिङ कारोबारमा अभ्यस्त हुँदै आएका ग्राहकलाई कसरी डिजिटल कारोबारमा अभ्यस्त बनाउदै हुनुहुन्छ ? ग्राहकलाई सिकाउन वा जागरण ल्याउन के गर्नुहुन्छ ? हामीले जति नयाँ प्राेडक्टहरु ल्याउँछौं त्यो भन्दा धेरै सेक्युरिटीमा पनि ध्यान दिन्छौं । संसारमा चलिरहेको बेष्ट टेक्नोलोजीहरुलाई राखेर डाटा तथा प्रविधिगत रुपमा सुरक्षित रहनका लागि प्रयास गर्छौं । हामी आफु सेक्युरिटीमा कन्भिन्स भइसकेपछि मात्रै ग्राहकलाई बुझाउँछौं । ग्राहकलाई पनि प्रयोग गर्न अनुरोध गर्छौं । हामीलाई अलिकति पनि शंका लागेको खण्डमा हामी त्यो कुरालाई बजारमा जान दिँदैनौं ।  त्यसैले यसमा ग्राहकले धेरै चिन्ता गर्नु पर्ने अवस्था हुँदैन । ग्राहकले धेरै परिश्रम गरेर विश्वासका साथ बैंकमा पैसा डिपोजिट गर्नु हुन्छ । बैंकले पनि त्यही विश्वासका साथ ग्राहकको डाटा तथा पैसा नै राख्छन् । हामीले ग्राहकलाई वित्तीय साक्षरताका लागि हामीबाट हुन सक्ने प्रयासहरु गरिरहेका छौं । कुनै नयाँ प्राेडक्टहरु ल्याउने बित्तीकै त्यसलाई कसरी प्रयोग गर्ने भनेर ग्राहकहरुको लागि भिडियोहरु बनाएर सामाजिक सञ्जाल लगायतका प्रविधिहरुबाट ग्राहक समक्ष पुर्याउछौं । हाम्रा स्टाफहरुलाई पनि त्यो प्राेडक्टको विषयलाई लिएर तालिम प्रदान गर्छौं । उनीहरुले पनि ग्राहकहरुलाई सिकाउँछन् । त्यसमा हाम्रा शाखाहरुको पनि धेरै ठूलो हात हुन्छ । सञ्चार माध्यमहरुमार्फत पनि हामी हाम्रा ग्राहकहरुलाई जानकारी गराउँछौं । जब स्थिति सहज हुन्छ व्यक्तिगत रुपमा पनि हामी हाम्रा ग्राहकहरुलाई सिकाउँछौं । नविल बैंकले बैंकको सिस्टम नै डिजिटल बनाउने उद्देश्यका साथ डीजी बैंक शुरु गरेको छ । यसमा कतिको रिक्स छ ? चुनौती के कस्ता देख्नु भएको छ ? जोखिम जहाँ पनि हुन्छ । जोखिम हुँदै हुन्न भन्ने हुन्न । सकेसम्म जोखिमलाई न्यूनिकरण गर्दै अगाडि बढ्ने हो । टेक्निकल अर्थात साइवर सेक्युरिटी सम्बन्धि कुराहरुलाई ध्यान दिएर जोखिम कम गर्नको लागि संसारमा प्रयोग भइहरेको उच्चतम प्रविधि प्रयोग गर्छौं । आजसम्म नेपालमा धेरै पटक बैंकिङ फ्रड पनि भइरहेका घटना सुनिन्छन् । कहिले काहिँ एटीएम नै ह्याक भएका घटनाहरु सुनिन्छन् । ती जेसुकै भएको भएता पनि आजसम्म कुनै पनि ग्राहकको एक रुपैयाँ पनि नोक्सान भएको छैन । केही बैंकले आफूले घाटा व्यहोर्यो होला । तर, त्यहाँबाट ग्राहकको एक रुपैयाँ पनि घाटा हुँदैन । ग्राहकको आफ्नै लापरवाहीले खाताबाट पैसा घटेको हुन सक्छ । ग्राहकको कतै एटीएम चोरी भएर अर्थात पिन नम्बर अरुलाई थाहा भएर केही भएको होला तर अन्य कारणले ग्राहकलाई कुनै किसिमको नोक्सान हुँदैन । यो नविल बैंकको हकमा मात्र होइन अन्य बैंकको हकमा पनि यही हो । डीजी बैंकको विकाससँगै बैंकको सम्पूर्ण पूर्वाधार विस्तारका लागि तपाईहरुका के कस्ता योजनाहरु छन् ? हामीले दुई वर्षदेखि तीन वर्षको बीचमा नविल बैंकलाई कम्पिलिट डिजिटल बैंक बनाउँछौं । हाम्रो उद्देश्य पेपरलेस नै बनाउने हो । तर त्यसमा लेसपेपर त अवश्य नै हुन्छ । अहिले ग्राहकले सम्पूर्ण काम बैंकमा आएर गर्नुहुन्छ । त्यो काम अबको दुई तीन वर्षपछि उहाँहरुले आफ्नो घर अर्थात अफिसमै बसेर गर्न सक्ने सुविधा हामी दिन्छौं । बैंकको कारोबार बढाउने, अन्तर्राष्ट्रिय लेभलमा पनि बैंंकलाई लिएर जाने भन्ने हाम्रो योजना छ । नविल बैंक अन्य ठाउँमा पनि विस्तार गर्ने भन्ने योजना छ । अन्य नयाँ प्राेडक्टहरु पनि ल्याउँदैछौं । हामीले विस्तारै आकर्षक प्राेडक्टहरु ल्याउने छौं । धेरै पाइप लाइनमा नै छन् । समय अनुसार नै हामी ती प्राेडक्ट सार्वजनिक गर्छौं । नेपाली बैंकिङ क्षेत्रमा डिजिटल कारोबारको आगामी यात्रा तपाईँले कस्तो देख्नु भएको छ ? अब डिजिटल कारोबारको विकल्प छैन । डिजिटल गर्ने कि नगर्ने भन्नेमा दुविधा नै छैन । यो कसैका लागि च्वाइस पनि होइन । जसले यसलाई च्वाइसका रुपमा लिन्छ उ अवश्य नै पछाडि पर्छ । कहिले गर्ने, कुन गतिमा गर्ने र कुन लेभलमा गर्ने भन्ने कुरा मात्र च्वाइस हुन जान्छ । विश्व डिजिटलमा गइसकेको छ । नेपाल पनि डिजिटलमा विस्तारै फड्को मार्दै गएको छ । सरकारले पनि यसलाई प्राथमिकताका साथ हेरिरहेको छ । नेपालको प्राइभेट क्षेत्र पनि लागि परेको छ । बैंक वित्तीय क्षेत्रले पनि धेरै प्राथमिकता दिइरहेका छन् । त्यसैले ‘डिजिटल इज नट मोर अ च्वाइस ।’

अटोमा आशाको किरणः नाडा अटो सो नभएपछि शाेरूममै प्रदर्शन, दशैं स्कीमको प्रतिस्पर्धा बढ्यो

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले संकटमा परेको अटो बजार पछिल्लो समय सामान्य बन्दै गएको छ । सरकारले गरेकको ४ महिना लामो देशव्यापी लकडाउन र त्यसपछिको निषेधाज्ञाले ठप्प बनेको अटो बजार पछिल्लो समय भने सामान्य लयमा फर्किने प्रयास गरिरहेको हो । दशैं नजिकिँदै गर्दा अटो मोबाइल्स क्षेत्रको ब्यापारमा सुधार आएको छ भने व्यवसायीहरुले दशैं स्कीम पनि ल्याउन सुरु गरेका छन् । अहिले कम्पनीहरुले भर्च्युअल मार्फत नै गाडी लञ्च गर्नुका साथै दशैंको अवसरमा विभिन्न स्कीमहरु पनि सार्वजनिक गरिहरेका छन् । कोरोना भाइरसकै कारण नाडा अटो सो रोकिए पनि अहिले डिलरहरुले डिलरमै गाडी प्रदर्शन गर्न थालेका हुन् । अब दशैं आउन एक महिना मात्र बाँकी हुँदा व्यवसायीहरुको व्यापारमा सुधार आउँदै गएका नाडा अटो मोबाइल्सका अध्यक्ष कृष्ण प्रसाद सुवेदीले कोरोनाले उत्पन्न लकडाउनको समयमा संकटमा परेको अटो मोबाइल्स क्षेत्रमा अहिले आशाको किरण देखिएको बताए । उनले अहिले लकडाउन र निषेधाज्ञा हटेपछि अटो बजारमा विस्तारै सुधार आउँदै गएको बताए । ‘अहिले भर्खरै बजार खुलेको छ, बजार खुलेपछि ब्यापारमा पनि सुधार आउँदै गएको छ, पहिले ६० प्रतिशत कम थियो, अब विस्तारै सुधार आउने आशा छ,’उनले भने । अहिले गाडीहरु पनि आयात भइरहेको उनले बताए । उनका अनुसार दशैं नजिकिँदै गर्दा गाडी खरिद बिक्री पनि बढेको छ । ‘यस वर्ष नाडा अटो सो नहुनेपछि धेरै व्यापार घट्ने नै भयो, अहिले व्यवसायीहरुले स्वरुममै गाडी प्रदर्शन गर्न थालेका छन्, दशैं स्कीमहरु पनि आइरहेका छन्,’ उनले भने । यस्ता विभिन्न व्यापार मेलाहरु नभएपछि देशको अर्थतन्त्रमा पनि ठूलो नोक्सान हुने उनको भनाई छ । ‘यस वर्ष राजश्व नै आधा मात्र उठेको छ, बजार नै बन्द छ, सामान नै आएको छैन, नाडामा पनि गत वर्षको तुलनामा ५० प्रतिशत कम व्यापार भएकोे छ,’ उनले भने । नेपालमा दशै‌ं र तिहार जस्ता चाडपर्वमा निजी सवारीसाधनको बिक्री उल्लेख्य मात्रामा हुने गरेको छ । अघिल्ला वर्षहरुमा यही समयमा हुने नाडा अटो सो यस वर्ष नभएपछि व्यवसायीहरु शोरुमै गाडी प्रदर्शनमा जुटेका छन् । गाडी बिक्रेता कम्पनीहरुले अहिले आकर्षक उपहार तथा छुटका योजनाहरु ल्याइरहेका छन् । गत आर्थिक वर्षको तुलनामा सवारीसाधन आयात भने आधा घटेको छ । गत आर्थिक वर्ष २०७७–०७८ को साउन र भदौमा १८ अर्ब ४४ करोडको सवारीसाधन तथा तिनका पाट्र्स आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ अर्ब ७४ करोडको मात्रै सवारीसाधन तथा तिनका पाट्र्स आयात भएको भन्सार विभागको तथ्यांक छ ।