यी ५०० बढी उम्मेदवारले १० भोट पनि कटाएनन्
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका उम्मेदवारहरू मध्ये ५ सयभन्दा बढीले न्यून मत प्राप्त गरेका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा सहभागी भएका कुल ३ हजार ४०६ उम्मेदवारमध्ये ५३३ जनाले १० मत पनि कटाउन सकेनन् । अर्थात् कुल उम्मेदवारमध्ये करिब १५.५ प्रतिशतले १० भन्दा कम मत प्राप्त गरेका छन् । यी उम्मेदवारहरू अधिकांश स्वतन्त्रबाट उठेका हुन् । निर्वाचनको मत परिणामअनुसार १० भन्दा कम मत ल्याउने उम्मेदवार सबैभन्दा धेरै मधेश प्रदेशमा रहेका छन् । मधेश प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र तोकिएका थिए । तीमध्ये धनुषा-१ को मत परिणाम भने यस समाचारमा समावेश गरिएको छैन । उक्त क्षेत्रमा सर्वोच्च अदालतले मत परिणाम घोषणा गर्न रोक लगाएको कारण त्यसलाई गणनामा नसमेटिएको हो । त्यस बाहेकका अन्य सबै निर्वाचन क्षेत्रको परिणामअनुसार मधेश प्रदेशमा २४४ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् । मधेशपछि बागमती प्रदेशका १५० जना उम्मेदवारले १० भोट पनि कटाउन सकेनन् । त्यस्तै, लुम्बिनी प्रदेशका ९७ जना, गण्डकी प्रदेशका १७ जना, कोशी प्रदेशका १५ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा १० भन्दा कम भोट ल्याउने उम्मेदवार अरु प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका ५ र सुदूरपश्चिमका ३ जना उम्मेदवार जसले १० भन्दा कम भोट ल्याएका छन् । कम भोट ल्याउने उम्मेदवारहरू मधेश प्रदेश सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरीले सबैभन्दा धेरै ३८ हजार १ सय ९५ मत ल्याएर विजयी भएकी छन् । उक्त क्षेत्रबाट १० भन्दा कम मत ल्याउनेमा २ जना रहेका छन् । जसमा स्वतन्त्रबाट लेखनाथ कुमार ठाकुर र रामकुमारी खङ रहेका छन् । ती दुवै जनाको मत क्रमशः ९ र ८ रहेको छ । सप्तरी क्षेत्र नम्बर २ बाट १० भन्दा कम मत ल्याउनेहरूमा ५ जना छन् । स्वतन्त्र पार्टीबाट प्रेम कुमार यादव र शुशिला कुमारी शाहले ९ भोट प्राप्त गरेका छन् । स्वतन्त्रबाटै साधना दास, सञ्जयकुमार चौधरीले ४ मत प्राप्त गरेका छन् । त्यस्तै अभिनाश कुमार सिंहले २ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रामजी यादवले २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन् । सप्तरी ३ बाट ३ जनाले १० भन्दा कम मत ल्याएका छन् । तीनै जना स्वतन्त्रका हुन् । प्रभु नारायण चौधरीले ८ भोट, रजिया देवी सदाले ४ भोट र ओम प्रकाश विश्वकर्मा स्वतन्त्र २ भोट मत ल्याएका छन् । सो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत ल्याएर विजयी भएका छन् । सप्तरी ४ बाट ५ जनाले १० मत पनि कटाउन सकेनन् । ती सबै स्वतन्त्र पार्टीबाट उठेका हुन्् । प्रेमकुमारी महराले ९ मत, दुर्गाप्रसाद यादवले ८ मत, सनमकुमारी चौधरीले ७ मत, सुनिल कुमार यादव ७ मत र केश्वरप्रसाद साहले ७ मत ल्याएका छन् । सिरहा क्षेत्र नम्बर १ बाट ९ जना उम्मेदवारले १० मत पनि कटाउन नसकेको देखिएको छ । ती सबै उम्मेदवार स्वतन्त्र पार्टीबाट रहेका छन् । दिनेश पासमान, रामचन्द्र यादवले ९ मत प्राप्त गरेका छन् । आशिषलाल दास, जुगाई मण्डलले ७ भोट, इन्द्रदेव महतो, नागेन्द्रकुमार यादव नन्द साफी धोवीले ५ भोट, वालेश्वर दास तत्माले ४ भोट र रामदेव ठाकुरले एक मात्रै भोट पाएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बब्लु गुप्ताले ४१ हजार ३२२ मत ल्याएर विजयी भएका छन् । सिरहा २ मा ८ जना उम्मेदवार जसले १० भन्दा कम मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा भने रास्वपाका शिव शंकर यादव रहेका छन् । उनले ३९ हजार ५६१ मत प्राप्त गरेका छन् । १० भन्दा कम मत ल्याउनेहरूमा स्वतन्त्रबाट उषाकुमारी यादव ९ भोट, रामगणेश यादव ८ भोट, उदय कुमार ७ भोट, राजकुमार चौधरी ६ भोट, रमेशकुमार यादव ५ भोट, रोविन यादव ५ भोट शान्ति देवी यादव ५ भोट र कपलेश्वरी देवी शाहले ३ भोट पाएका छन् । सिरहा ३ मा १० भन्दा कम मत ल्याउने उम्मेदवारहरू १७ जना रहेका छन् । सो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी रास्वपाका शम्भुकुमार यादवले ३२ हजार २४९ मत ल्याएर विजयी भएका छन् । १० भन्दा कम भोट ल्याउन उम्मेदवारहरूमा स्वतन्त्रबाट कुमार यादव, बब्लुकुमार यादवले ८ भोट, अंकितकुमार यादव र दुष्यन्तकुमार कर्णले ७ भोट, आनान्द विश्वकर्मा, सूर्यदेव यादव र से.जहुरले ६ भोट पाएका छन् । त्यस्तै, राकेश कुमार यादव र राम कुमार कमातीले ५ भोट, दिपेन्द्र कुमार यादव र रमेश चन्द्र शर्मालेख ४ भोट, प्रदिप कुमार श्रेष्ठ, रामेश्वर यादवर सुमित श्रेष्ठले ३ भोट प्राप्त गरेका छन् । जिवछकुमार यादव स्वतन्त्र २ भोट, मञ्चन महतो र सतीशचन्द्र सिंहले १ भोट मात्रै पाएका छन् । सिरहा ४ बाट ६ जनाले १० भन्दा कम मत ल्याएका छन् । स्वतन्त्रबाट उठेका योगेन्द्रप्रसाद महरा र रामवृक्ष महराले ७ भोट पाएका छन् । विन्देश्वर महतोले ६ भोट। भागेश्वर दासले ४ भोट, रञ्जित कुमार यादवले ४ भोट र जिवछ मोची स्वतन्त्र २ भोट प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका तपेश्वर यादवले सबैभन्दा बढी मत ३६ हजार २१० ल्याएर विजयी भएका हुन् । धनषा क्षेत्र नम्बर २ बाट रास्वपाका राम विनोद यादवले सवैभन्दा धेरै मत ४१ हजार ६३७ मत ल्याएर विजयी भएका छन् । सो निर्वाचन क्षेत्रमा ९ जना उम्मेदवारले १० मत कटाउन सकेनन् । ती सबै जना स्वतन्त्र बाटै उठेका उम्मेदवार हुन् । अजयकुमार मरिक, लालबाबु मण्डल, सन्तोषकुमार यादवले ९ भोट ल्याएका छन् । मुकेशकुमार ८ भोट, रामसुभेष मण्डल खत्वे ७ भोट, भोला पासवन स्वतन्त्र ६ भोट, सरोजकुमार महरा, सुजितकुमार दासले ५ भोट र ज्ञानकुमार यादवले ४ भोट प्राप्त गरेका छन् । धनुषा ३ मा १५ जना उम्मेदवारले १० भन्दा कम र ३ जनाले शून्य मत प्राप्त गरेका छन् । नबोनाथ ठाकुरले ९ भोट, कृष्ण कुमार सुल्तानियाले ८ भोट पाएका छन् । अजय कुमार यादव र मुकेश यादवले ७ भोट, विक्रम शाह, भरत कुमार शाह, राज कुमार भण्डारी, सुनिल शाह, हरिनारायण यादवले ६ भोट ल्याउका छन् । त्यसैगरी केवल ठाकुरले ५ भोट, राजु कुमार शाह, रामसरोज साह, सुवदार यादवले ४ भोट प्राप्त गर्दा मनोज कुमार साह र विनोद कर्णले २ भोट प्राप्त गरेका छन् । कृष्ण कुमार साह, मात्रिका प्रसाद दास र सीता देवी शाहले एक भोट पनि पाएनन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका मनिष झाले ४३ हजार ९८८ मत ल्याएर विजयी भएका छन् । धनुषा ४ मा १० जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा राज किशोर महतोले सबैभन्दा धेरै ४८ हजार २७० मत ल्याएर विजयी भएका छन् । जागेश्वर महतो कोइरी, ९ भोट नारायण बास्तोला र राज कुमार महतोले ८ भोट ल्याएका छन् । हरि शंकर प्रसाद यादवले ७ भोट, मिथिलेस कुमार यादव, राजेश कुमार यादवले ६ भोट पाएका छन् । राकेश चौधरी, वाँवी कुमारी महतो र हरि प्रसाद पौडेलले ५ भोट र राम हृदय यादवले ३ भोट पाएका छन् । महत्तरी १ मा २ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सचिन महतोले ९ भोट र सविता कुमारी देवीले ३ भोट मात्रै प्राप्त गरेका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका प्रमोद कुमार महतो सबैभन्दा धेरै ३४ हजार ६३६ मतसहित विजयी भएका छन् । महत्तरी २ बाट ९ जना उम्मेदवारले १० मत कटाउन सकेनन् । रास्वपाका जिवेन्द्र यादव, महेश कुमार यादव, दिलिप कुमार यादव स्वतन्त्र, प्रविण कुमार यादव्, महंथ सदा, ललिता कुमारी मुसहर सत्य नारायण साह, अघनु पासमान र रेशमा देवीले १० भन्दा कम मत ल्याएका हुन् । महोत्तरी २ मा रास्वपाका दीपक कुमार साहले सबैभन्दा धेरै ३२ हजार ७२२ मत ल्याएर विजयी भएका छन् । महोत्तरी ३ मा ७ जना उम्मेदवारहरू रामचन्द्र पासमान, अजय कुमार महतो, पवनकुमार यादव, विजयकुमार मण्डल, पंकजकुमार पाण्डेय, सुरेशकुमार साह र रंजयकुमार मिश्रले १० भन्दा कम मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा उज्वल कुमार झा हुन् । जसले ३४ हजार ४५१ मत ल्याएका छन् । महोत्तरी ४ मा १२ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउनेमा रास्वपाका गौरी कुमारीले ३० हजार १३२ मत ल्याएकी छिन् । सर्लाही निर्वाचन क्षेत्रबाट नितिमा भण्डारीले सबैभन्दा धेरै ४४ हजार १८१ मत प्राप्त गरेर विजयी भएका छन् भने ४ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सर्लाही २ मा २ जनाले १० मत पनि कटाउन सकेनन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका रविन महतोले ४२ हजार ५१२ मत ल्याएर विजयी भएका छन् । सर्लाही ३ मा ११ जना उम्मेदवारले १० मत पनि कटाउन नसकेको देखिन्छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका नरेन्द्र साह कलवारले ४६ हजार ८९० मत ल्याएर विजयी भएका छन् । सर्लाही ४ पनि ११ जना उम्मेदवारले १० मत पनि ल्याउन सकेनन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन् । रौतहट १ मा स्वतन्त्रका राजेश कुमारी चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी हुँदा १३ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । त्यस्तै, रौतहत २ मा नेपाली कांग्रेसका मो. फिरदोष आलमले २९ हजार ५२८ मत ल्याएर विजयी भएका छन् भने ५ जनाले १० भन्दा कम मत पाएका छन् । रौतहट ३ मा ७ जना उम्मेदवारले १० मत पनि ल्याउन सकेनन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रविन्द्र पटेलले २७ हजार ३१८ मत ल्याएर विजयी भएका छन् । रौतहट ४ मा सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा रास्वपाका गणेश पौडेल जसले ३६ हजार ८७६ मत ल्याएका छन् । १० मत पनि कटाउन नसक्ने उम्मेदवार १२ जना देखिएको छ । मधेश प्रदेशकै बारा क्षेत्र नम्बर १ मा १ जना मात्रै १० भन्दा कम भोट ल्याउने उम्मेदवार देखिएको छ । सो क्षेत्रमा रास्वपाका गणेश धिमालले ३९ हजार ९९८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका रोशन कुमार उप्रेतीले ८ भोट मात्रै पाए । बारा २ मा १० जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका चन्दन कुमार सिंहले सबैभन्दा धेरै ३५ हजार ५९० मत ल्याएका छन् । बारा ३ मा रास्वपाका अरविन्द शाहले सबैभन्दा धेरै ४० हजार ६९७ मत ल्याएर विजयी हुँदा ५ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् । बारा ४ मा १२ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । उक्त क्षेत्रमा सबैभन्दा धेरै रास्वपाका रहब अन्सारीले ४१ हजार २ सय मत ल्याएका छन् । पर्सा १ मा रास्वपाका बुद्धिप्रसाद पन्थले सबैभन्दा धेरै २७ हजार २७४ मत ल्याएर विजयी हुँदा ११ जनाले १० मत पनि कटाउन सकेनन् । पर्सा २ मा रास्वपाकै सुशील कुमार कानुले सबैभन्दा धेरै ३० हजार ७४० मत ल्याएर निर्वाचित हुँदा ९ जनाले १० भन्दा कम मत ल्याएका छन् । पर्सा ३ मा ५ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् । सो क्षेत्रमा रास्वपाका रमाकान्त प्रसाद चौरासिया विजयी भएका हुन् । त्यस्तै, पर्सा ४ मा रास्वपाकै टेकबहादुर शाक्य २८ हजार ६ मतसहित विजयी हुँदा ७ जनाले १० मत पनि कटाउन सकेनन् । बागमती प्रदेश दोलखा निर्वाचन क्षेत्रबाट ८ जना उम्मेदवारले १० मत कटाउन सकेनन् । सो क्षेत्रमा सबैभन्दा धेरै मत रास्वपाका जगदिश खरेलले ३२ हजार ३७६ मत ल्याएर विजयी भएका छन् । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी हुँदा स्वतन्त्रकमा दावा मिङमार तामाङले ३ भोट मात्रै ल्याए । धादिङ १ बाट रास्वपाका आशिका तामाङले ३९ हजार १२८ मत ल्याएर विजयी हुँदा ५ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । धाधिङ २ मा रास्वपाकै वोधनारायण श्रेष्ठले २६ हजार १४५ मत ल्याएर विजयी हुँदा ३ जनाले १० भन्दा कम मत ल्याएका छन् । नुवाकोट १ मा रास्वपाका विक्रम तिमल्सिनाले २२ हजार ५०९ मत ल्याएर विजयी हुँदा मितेरी पार्टी नेपालका विवेक सिलवालले ६ मत मात्रै ल्याएका छन् । काठमाडौं १ मा ११ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । सो क्षेत्रमा रास्वपाकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत ल्याएर विजयी भइन् । काठमाडौं २ मा रास्वपाका सुनिल केसीले ३४ हजार २२८ मत ल्याएर विजयी हुँदा १२ जना उम्मेदवारको मत १० भन्दा न्यून रहेको छ । काठमाडौं ३ मा ५ जना उम्मेदवारको मत १० भन्दा कम रहेको छ । उक्त क्षेत्रमा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन् । काठमाडौं ४ मा २९ हजार १४२ मतसहित रास्वपाका पुकार बम विजयी हुँदा ८ जना उम्मेदवारको मत १० भन्दा न्यून छ । १० भन्दा कम मत ल्याउने उम्मेदवारहरू काठमाडौं ५ मा ५ जना, काठमाडौं ६ मा ७ जना, काठमाडौं ७ मा ११ जना, काठमाडौं ८ मा ९ जना, काठमाडौं १० मा ६ जना रहेका छन् । काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७, काठमाडौं ६ मा रास्वपाका शिशिर खनालले २७ हजार ९१६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले २७ हजार ८०५, काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले २४ हजार ५९२, काठमाडौं ९ मा रास्वपाका डोलप्रसाद अर्यालले ३५ हजार ९३ र काठमाडौं १० मा रास्वपाका प्रदीप विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित भएका छन् । भक्तपुर १ मा रास्वपाका रुकेश रञ्जितले ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा ४ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् । भक्तपुर २ मा १० मत पनि कटाउन नसक्ने संख्या १३ रहेको छ । उक्त क्षेत्रमा रास्वपाका राजिव खत्रीले ४२ हजार ३३४ मत ल्याएर विजयी भएका छन् । ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जनले २३ हजार ३७४ मत ल्याएर निर्वाचित हुँदा ८ जनाले १० भन्दा कम मत ल्याएका छन् । ललितपुर २ मा १० भन्दा न्युन मत ल्याउनको संख्या ४ जना रहेको छ । उक्त क्षेत्रमा रास्वपाका जगदीश खरेलले ३९ हजार ४११ मत ल्याएर विजयी भएका छन् । ललितपुर ३ मा रास्वपाका सोविता गौतमले ४३ हजार ९६ मत ल्याएर विजयी हुँदा २ जना उम्मेदवारले १० भन्दा कम मत प्राप्त गरेका छन् । काभ्रेपलाञ्चोक १ मा मधुकुमार चौलागाईंले २९ हजार ६१८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका युवराज चौलागाईंले ७ मत ल्याएका छन् । काभ्रेपलाञ्चोक २ मा रास्वपाका रास्वपाका बदनकुमारी भण्डारीले ५३ हजार ३४४ मत ल्याएर विजयी हुँदा २ जनाको १० भन्दा कम भोट रहेको छ । सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले २१ हजार ६९९ मत ल्याएर विजयी हुँदा मितेरी पार्टी नेपालका महेश कुंँवरले ४ भोट मात्रै ल्याएका छन् । मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ३३ मत ल्याएर विजयी हुँदा ५ जनाको मत १० भन्दा कम रहेको छ । त्यस्तैगरी, मकावनपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीले सबै भन्दा धेरै ३० हजार ५० मत प्राप्त गरी विजयी हुँदा २ जनाले १० भन्दा कम भोट प्राप्त गरेका छन् । चितवन १ मा रास्वपाका हरि ढकालले ५८ हजार २०८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका सौरव कडेलले ९ भोट ल्याएका छन् । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका छन् । उक्त क्षेत्रमा ३ जनाको भोट १० भन्दा कम रहेको छ । चितवन ३ मा रास्वपाका सोविता गौतमले ५९ हजार २७७ मत ल्याएर विजयी हुँदा ४ जना उम्मेदवारले १० भन्दा कम मत पाएका छन् । लुम्बिनी प्रदेश गुल्मी १ मा १० भन्दा कम मत ल्याउने उम्मेदवारहरू ८ जना छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका सागर ढकाल २९ हजार ६४२ मतसहित विजयी भएका छन् । गुल्मी २ मा रास्वपाका गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याएर विजयी हुँदा १० जनाको मत १० भन्दा न्युन रहेको छ । पाल्पा १ मा नेपाली कांग्रेका सन्दीप रानाले १८ हजार ३३६ मत ल्याएर विजयी हुँदा रास्वपाका युद्ध बहादुर विरकट्टाले ८ मात्रै मत पाए । अर्घाखाँची १ का रास्वपाका हरिप्रसाद भुसालले ३५ हजार २३ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार पम्फा श्रेष्ठले ३ मात्रै भोट ल्याएकी छन् । रुपन्देही १ मा रास्वपाका सुनिल लम्सालले ५४ हजार ८४५ मत ल्याएर विजयी हुँदा ८ जनाको मत १० भन्दा न्यून छ । रुपन्देही २ मा ११ जनाको मत १० भन्दा कम रहेको छ भने ५ जनाले एक भोट पनि ल्याउन सकेनन् । सो क्षेत्रमा रुपन्देहीका सुनिल लम्सालले ५४ हजार ८४५ मत ल्याएर विजयी भएका छन् । रुपन्देही ३ मा पनि रास्वपाका डा. लेखराजजंग थापा ५८ हजार ८१४ मतले विजयी हुँदा ८ जना उम्मेदवारको मत १० भन्दा कम छ । त्यस्तै रुपन्देही ४ मा रास्वपाका कन्हैया बानियाँ २८ हजार ६६ मतसहित विजयी हुँदा ६ जना उम्मेदवारले १० भन्दा कम मत ल्याएका छन् । कपिलवस्तु १ मा रास्वपाका मोहनलाल आचार्यले ३४ हजार १४८ मत ल्याएर विजयी हुँदा उक्त क्षेत्रमा ५ जनाले १० भन्दा कम मत ल्याएका छन् । त्यस्तै कपिलवस्तु २ मा ५ जना उम्मेदवारको मत १० भन्दा कम छ । उक्त क्षेत्रमा रास्वपाका विक्रम थापा २७ हजार ६३५ मतसहित विजयी भएका छन् । कपिलवस्तु ३ मा १० जना उम्मेदवारको मत १० भन्दा कम रहेको छ भने उक्त क्षेत्रमा रास्वपाका अभिषेक प्रताप शाहले सबैभन्दा धेरै २३ हजार ५३५ मत ल्याएर विजयी भएका छन् । दाङ क्षेत्र नम्बर २ मा रास्वपाका विपिन कुमार आचार्यले सबैभन्दा धेरै ४३ हजार ५६९ मत ल्याएर विजयी हुँदा ७ जनाको मत १० भन्दा तल नै रहेको छ । दाङ ३ मा ५ जनाको मत १० भन्दा तल देखिन्छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन् । बाँके ३ मा रास्वपाका खगेन्द्र सुनारले सबैभन्दा धेरै २९ हजार ५५९ मत ल्याएर निर्वाचित हुँदा २ जनाको मत १० भन्दा कम छ । नवलपरासी १ मा रास्वपाका विक्रम खनालले ४५ हजार २४१ मत ल्याएर विजयी हुँदा २ जनाले १० भन्दा कम भोट ल्याएका छन् । नवलपरासी २ मा पनि रास्वपाका नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मतसहित निर्वाचित हुँदा ४ जनाले १० भन्दा कम मत ल्याएका छन् । गण्डकी प्रदेश मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङले सबैभन्दा धेरै २ हजार ४१५ मत ल्याएर विजयी हुँदा मंगोल नेशनल अग्रनाइजेसनका रामबहादुर घलेले ९ मत प्राप्त गरे । कास्की २ रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर निर्वाचित हुँदा ३ जनाले मत १० भन्दा कम ल्याएका छन् । स्याङ्जा २ मा रास्वपका झवि लाल डुम्रेले सर्वाधिक मत ल्याएर विजयी हुँदा रास्वपाका सागर थापाले १० भन्दा कम मत ल्याएका छन् । मुस्ताङ १ मा २ जनाको मत १० भन्दा कम देखिन्छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन् । म्याग्दी १ मा स्वतन्त्रका महाविर पुनले सबैभन्दा धेरै २२ हजार ८८० मत ल्याएर विजयी हुँदा भीमबहादुर लामाले ५ भोट ल्याएका छन् । पर्वत १ मा ६ जना उम्मेदवारको मत १० भन्दा कम छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका सागर भुुसालले सबैभन्दा धेरै २६ हजार ५६१ मत ल्याएर निर्वाचित भएका छन् । कोशी प्रदेश झापा २ मा ३ जना उम्मेदवारको मत १० भन्दा कम देखिन्छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका इन्दिरा राणा मगरले सबैभन्दा धेरै ६० हजार ११० मत ल्याएर विजयी भएकी छन् । मोरङ ५ मा २ जनाको मत १० भन्दा कम रहेको छ । त्यस्तै, सुनसरी १ मा एक जना र २ नम्बर क्षेत्रमा ३ जनाको मत १० भन्दा कम रहेको छ । सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई र २ नम्बर क्षेत्रमा रास्वपाका लालविक्रम थापा विजयी भएका छन् । सुनसरी ३ तीनज जना र ४ नम्बरमा २ जनाले १० भन्दा कम मत ल्याएका छन् । सुनसरी ३ मा रास्वपका अशोककुमारी चौधरी ४७ हजार ४२१ र ४ नम्बरमा रास्वपाका दिपककुमार साह ४२ हजार ७७१ मतसहित विजयी भएका छन् । सोलुखुम्बु १ मा नेपाली कांग्रेसका प्रकाशकुमार कार्कीले १३ हजार १६६ म त ल्याएर विजयी हुँदा स्वतन्त्रका श्रीध्वज तामाङले ९ भोट ल्याए । कर्णाली प्रदेश डोल्पा १ मा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर बुढाले सबैभन्दा धेर ६ हजार ८०२ मत ल्याएर विजयी हुँदा मितेरी पार्टी नेपालका जुनु भण्डारीले २ मत मात्रै पाईन् । कालिकोट १ मा नोपली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले सबैभन्दा धेरै ११ हजार ७३४ मत पाउँदा स्वतन्त्रका मान बहादुर तिरुवाले ७ भोट पाए । त्यस्तै जाजरकोट १ मा नेपाली कांग्रेसका खडकबहादुर बुढाले २० हजार १४२ मत ल्याएर निर्वाचित हुँदा कमान बुढा मगरले ९ मत प्राप्त गरे । सुर्खेत २ मा रास्वपाका रमेशकुमार सापकोटाले सबैभन्दा धेरै ३० हजार ८२६ मत ल्याएर विजयी हुँदा २ जनाले १० भन्दा कम मत प्राप्त गरेका छन् । सुदुरपश्चिम प्रदेश कैलाली २ मा रास्वपाका केपी खनालले १९ हजार ५७ मत पाउँदा मितेरी पार्टी नेपालका सम्झना विष्टले २ मत पाइन् । कैलाली ५ मा रास्वपाकै आनन्दबहादुर चन्दले ३१ हजार ९५३ मत पाउँदा मितेरी पार्टी नेपालबाट राधिका कुमारी कार्कीले ३ मत पाइन् । कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत ल्याउँदा मितेरी पार्टी नेपालका किरण थापाले ६ मत प्राप्त गरे ।
चुनावमा १ भोटमात्रै पाउने ३५ उम्मेदवार, परिवारले पनि दिएन साथ
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फको मतगणनामा रोचक र आश्चर्यजनक परिणामहरू सार्वजनिक भएका छन् । देशभर प्रतिस्पर्धामा उत्रिएका केही उम्मेदवार मतदाताबाट समर्थन नपाउँदा केवल एक भोटमै सीमित भएका छन् । निर्वाचन आयोगका अनुसार देशभरका ३५ उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । उनीहरुले प्राप्त गरेको परिणामले चुनावी प्रतिस्पर्धाको रोचक पक्ष समेत उजागर गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३ हजार ४०६ उम्मेदवार मैदानमा उत्रिएका थिए । तीमध्ये अधिकांश उम्मेदवारले हजारौं मत प्राप्त गरे पनि केही उम्मेदवार भने मतदाताको समर्थन जुटाउन नसक्दा एक भोटमै सीमित भएका छन् । निर्वाचन परिणामअनुसार ३५ जना उम्मेदवारले मात्र एक मत प्राप्त गरेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले आफ्नै मतसमेत सुरक्षित गर्न नसकेको अवस्था देखिनुले राजनीतिक वृत्तमा पनि चर्चा सुरु भएको छ । सामान्यतया उम्मेदवारले कम्तीमा आफ्नै मत र परिवारजनको मत प्राप्त गर्ने अपेक्षा गरिए पनि केही उम्मेदवारको हकमा त्यो सम्भव हुन सकेन । निर्वाचनमा खटिएका कर्मचारीहरूका अनुसार यस्तो परिणाम आउनुका पछाडि विभिन्न कारण हुन सक्छन् । कतिपय उम्मेदवार आफैंले मतदान नगर्नु, मतदाता नामावली फरक स्थानमा हुनु वा मतदान प्रक्रियासम्बन्धी प्राविधिक कारणले पनि उम्मेदवारको मत अत्यन्त न्यून देखिन सक्छ । यद्यपि, चुनावी मैदानमा उत्रिएका हजारौं उम्मेदवारमध्ये केही उम्मेदवार मात्र एक मतमा सीमित हुनु भने प्रतिनिधिसभा निर्वाचनको रोचक तर अर्थपूर्ण संकेतका रूपमा पनि हेरिएको छ । यसले उम्मेदवारको स्थानीय पहुँच, संगठनात्मक बल र मतदाता आधार कति महत्वपूर्ण हुन्छ भन्ने तथ्यलाई पुनः उजागर गरेको चुनावका जानकारहरू बताउँछन् । यी उम्मेदवारले पाए १ भोट सिरहा क्षेत्र नम्बर १ बाट ३ जना उम्मेदवारले १ मत मात्रै पाएका छन् । ती सबै उम्मेदवार स्वतन्त्र उम्मेदवार हुन् । रामदेव ठाकुर, मञ्चन महतो, सतीश चन्द्र सिंहले एक मत पाएका छन् । सिरहा १ बाट रास्वपाका बब्लु गुप्ताले सबैभन्दा धेरै ४१ हजार ३२२ मत ल्याएर विजयी भएका छन् । महोत्तरी २ नम्बर निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवारले एक मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार रेशमा देवीले १ भोट मात्रै पाएकी हुन् । महोत्तरी २ मा रास्वपाका दीपक कुमार शाहले ३२ हजार ७२२ मत ल्याएर विजय भएका छन् । सर्लाही २ बाट सत्य नारायण चौधरी कलवारले एक भोट मात्रै ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका रविन महतोले ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका छन् । सर्लाही ३ बाट लोक बहादुर दर्लामीले १ भोट पाएका छन् । सो निर्वाचन क्षेत्रमा रास्वपाका नरेन्द्र साह कलवारले ४६ हजार ८९० मत ल्याएर विजयी भएका छन् । रौतहट १ मा ३ जना उम्मेदवारले एक भोट मात्रै प्राप्त गरेका छन् । स्वतन्त्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका दिनेश कुमार यादव, मुनिन्द्र कुमार ठाकुर र रवि अर्चनम् वर्माले एक भोट मात्रै पाएका हुन् । रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरीले २८ हजार ९४६ मत ल्याएर विजयी भएका छन् । रौतहट ३ मा स्वतन्त्रबाट उठेका रतनेश महतो कोइरीले १ भोट मात्रै पाए । सो निर्वाचन क्षेत्रमा रास्वपाका रविन्द्र पटेलले २७ हजार ३१८ मत ल्याएर निर्वाचित भएका छन् । बारा २ मा स्वतन्त्रबाट जालमहम्मत अन्सारीले १ मत मात्रै प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा रास्वपाका चन्द्र कुमार सिंहले ३५ हजार ५९० मत ल्याएर विजयी भएका छन् । बारा ३ मा २ जनाले एक भोट प्राप्त गरेका छन् । स्वतन्त्रबाट उठेका पूर्ण प्रसाद पन्थ र मंगेश्वर पटेलले १ मत प्राप्त गरेका छन् । बारा ३ मा रास्वपाका रहबर अन्सारीले ४१ हजार २ सय मत ल्याएर विजयी भएका छन् । पर्सा १ मा २ जनाले एक मत पाएका छन् । स्वतन्त्रका प्रेम मेहता र सरोज प्रसाद यादवले १ भोट मात्रै पाएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्धि प्रसाद पन्थले २७ हजार २७४ मत ल्याएर विजयी भएका छन् । पर्सा २ मा रोशन प्रसाद अहिरले १ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा सुशील कुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएका छन् । धादिङ २ मा रास्वपाका शिव निधि खनालले एक मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बोध नारायण श्रेष्ठले २६ हजार १४५ मत ल्याएर निर्वाचित भएका छन् । काठमाडौं १ मा रास्वपाका रञ्जु न्यौपानेले सबैभन्दा धेरै १५ हजार ४५५ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राजु भुजेल र शान्ति श्रेष्ठले १ मत पाएका छन् । काठमाडौं २ मा रास्वपाका सुनिल के.सीले ३४ हजार २३८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका इरा श्रेष्ठले एक मत पाइन् । काठमाडौं ३ मा रास्वपाका राजु नाथ पाण्डेले सबैभन्दा धेरै १८ हजार ७५७ मत ल्याएर विजय हुँदा मितेरी पार्टी नेपालका जित बहादुर तामाङले एक मत प्राप्त गरे । भक्तपुर २ मा राजीव खत्रीले रास्वपाबाट ४२ हजार ३३४ मत ल्याएर विजयी हुँदा चार जनाले १ मत मात्रै प्राप्त गरेका छन् । प्रदीप कुमार रुपाखेती, अनिता भट्टराई, मधु प्रकाश साहुखल, श्याम कृष्ण धुख्खाले एक मत मात्रै पाएका छन् । ललितपुर १ मा राम खड्काले एक मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम खड्काले १ मत मात्रै ल्याएका छन् । मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ३३ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका राम कुमार खड्काले सबैभन्दा कम १ मत ल्याए । गुल्मी १ मा २ जनाले सबैभन्दा न्यून मत ल्याएका छन् । कृष्ण बहादुर सुनार र सूर्य बहादुर सोनी सुनारले एक मत ल्याएका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सागर ढकालले २९ हजार ६४२ मत ल्याएर निर्वाचित भएका छन् । रुपन्देही २ मा उषा भट्टराई, कमला बोहरा र मधुसूदन पन्थीले सबैभन्दा न्युन मत प्राप्त गरेका छन् । तीनै जना स्वतन्त्रबाट उठेका हुन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत ल्याई विजयी भएका छन् । कपिलवस्तु ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत ल्याएर विजयी हुँदा २ जना उम्मेदवारले १ मत पाएका छन् । स्वतन्त्रबाट उठेका परमेश्वर दयाल मिश्र र हरिराम प्रसाद यादवले सबैभन्दा न्यून मत प्राप्त गरेका हुन् । दाङ ३ मा रास्वपाका कमल सुवेदीले सबैभन्दा धेरै ४४ हजार २४८ मत ल्याएर विजयी हुँदा स्वतन्त्रका सुरेश नेपालीले सबैभन्दा कम मत प्राप्त गरे ।
एमाले र कांग्रेसका मत रास्वपामा सिफ्ट, कुन दलले कति मतदाता गुमायो ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । निर्वाचन आयोगका प्रवक्ता कुल बहादुर जिसीका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १ करोड ७ लाख ८९ हजार ७८ मत गणना हुँदा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । प्राप्त अन्तिम परिणामअनुसार रास्वपाले ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७.८१ प्रतिशत हो । समानुपातिक मत परिणामले यस पटक नयाँ शक्तिको उदय र परम्परागत दलहरूको उपस्थिति कमजोर भएको स्पष्ट देखाएको छ । मुख्य प्रतिस्पर्धी दलहरूमध्ये नेपाली कांग्रेसले १७ लाख ५६ हजार ४३ मत प्राप्त गरेको छ । जुन १६.२७ प्रतिशत हो । नेकपा एमालेले १४ लाख ५२ हजार ९३९ मत सहित १३.४६ प्रतिशत मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ६४१ अर्थात् कुल मतको ७.५० प्रतिशत मत प्राप्त गरेको छ । केही महिनाअघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४८ मत पाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । यस पार्टीले कुल मतको ३.५७ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख ३० हजार २८१ अर्थात् ३.०६ प्रतिशत मत प्राप्त गरेको हो । अन्य साना दलहरूले भने ३ प्रतिशतभन्दा कम मत पाएका कारण समानुपातिक सिट पाउने छैनन् । २०७९ को तुलनामा ठूलो मत परिवर्तन यसपटकको परिणामलाई अघिल्लो २०७९ को आम निर्वाचनसँग तुलना गर्दा राजनीतिक शक्तिको सन्तुलनमा ठूलो परिवर्तन देखिएको छ । गत निर्वाचनको परिणामको तुलना गर्दा नेकपा एमालले धेरै गुमाएको छ भने रास्वपाले धेरै प्राप्त गरेको छ । २०७९ मा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको रास्वपाले यस पटक ५१ लाख ५८ हजार ८१० मत प्राप्त गरेको छ । यसअनुसार रास्वपाको मत ४० लाखभन्दा बढीले बढ्दै करिब ३५६.३९ प्रतिशत वृद्धि भएको छ । यसको विपरीत प्रमुख परम्परागत दलहरूको मतमा उल्लेख्य गिरावट देखिएको छ । २०७९ मा २७ लाख १५ हजार २२५ मत पाएको नेपाली कांग्रेसले यसपटक १७ लाख ५६ हजार ४३ मत मात्रै प्राप्त गरेको छ । कांगे्रसको मतमा ३५.३२ प्रतिशत गिरावट आएको छ । त्यस्तै २०७९ मा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमाले को मत पनि यसपटक उल्लेखनीय रूपमा घटेको छ । एमालेले अघिल्लो निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत पाएकोमा अहिले १४ लाख ५२ हजार ९३९ मत मात्र प्राप्त गरेको छ । जुन करिब ४८.९४ प्रतिशतले कमी हो । यस पटक नेकपाको मत पनि घटेको छ । २०७९ मा ११ लाख ७५ हजार ६८४ मत पाएको तत्कालीन माओवादीले यस पटक ८ लाख ९ हजार ६४१ मत प्राप्त गरेको छ । नेकपालाई यस पटक ३१.१३ प्रतिशत कम मत प्राप्त भएको छ । उसो त नेकपा आधा र्दजन बी पार्टी मर्जर भएर बने पनि नतिजा भने सन्तोषजनक देखिँदैन । त्यस्तै निर्वाचनमा राप्रपाको मत पनि अघिल्लो निर्वाचनको तुलनामा ४४ प्रतिशतले घटेको देखिएको छ । राप्रपाले २०२९ को चुनावमा साढे ५ लाख मत पाएको थियो । नयाँ शक्ति उदाएको संकेत समानुपातिक मत परिणामले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत दिएको विश्लेषकहरूको भनाइ छ । विशेषगरी रास्वपाको तीव्र मत वृद्धि र परम्परागत दलहरूको मत घट्नुले मतदातामा नयाँ विकल्प खोज्ने प्रवृत्ति बढेको देखिएको छ । राजनीतिक विश्लेषक तथा सर्वोच्च अदालतका पुर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितका अनुसार यस पटकको निर्वाचन परिणामले आगामी संसदमा शक्ति सन्तुलन मात्र होइन, दलहरूको आन्तरिक संरचना र नेतृत्वमा समेत व्यापक बहस सिर्जना गर्ने संकेत दिएको छ ।
बाग्लुङमा पनि रास्वपाको क्लिन स्विप, पूराना दलको गढ भत्कियो
काठमाडौं । बागलुङका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । बाग्लुङ–१ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए । यस्तै, बाग्लुङकै निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् । यसअघि क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित्दै आएका थिए । यो पूराना दलको गढका रुपमा पनि चिनिन्छ । तर, रास्वपाले पूराना दलको गढ भत्काएको हो ।
एक जितसहित रास्वपाको १०३ ठाउँमा अग्रता, दोस्रो स्थानमा भएको ठाउँमा पनि झिनो मतान्तर
काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक जितसहित १०३ ठाउँमा अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार रास्वपा देशका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा १०३ ठाउँमा अगाडि देखिएको हो । त्यहाँ नेपाली कांग्रे, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी( नेकपा)ले पछ्याइरहेका छन् । पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेस ११ ठाउँमा अगाडि देखिएको छ भने नेकपा नेकपा १० र नेकपा ९ ठाउँमा अगाडि छ । यी ठाउँमा पनि रास्वपा झिनो मतान्तरसहित दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ ।
तेस्रो स्थानका लागि संघर्ष गर्दै एमाले र नेकपा
काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) र नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बीच प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतगणना अनुसार नेकपाले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने एमालेले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकूम पूर्वबाट विजयी हुने सम्भावना बढी देखिन्छ । एमालेका लिलामणि गौतमले २ हजार ७५६ मत पाउँदा प्रचण्डले ६ हजार ८२० मत पाएका छन् । नेकपाका उम्मेदवार वर्षामान पुन (रोल्पा–१), महेन्द्रबहादुर शाही (कालिकोट १), वृजेश कुमार गुम्ता (कपिलबस्तु–२), बीरमान चौधरी (कैलाली–३), नन्दबहादुर साउद (कैलाली–२), भीम बहादुर रावल (अछाम–१), रमेशकुमार मल्ल (सल्लान–१) र दीनानाथ गौतम (काभ्रे–२) को मतगणनामा अगाडि रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी बालेन्द्र शाहको भन्दा कम मत पाइरहेका छन् । एमालेका दीपकबहादुर धामी (डोटी–१), मोहम्मद इश्तियाक राई (बाँके–२), कुलमणि देवकोटा (सुर्खेत–२), लक्ष्मी प्रसाद पोखरेल (दैलेख–२), प्रमोद कुमार यादव (रुपन्देही–४), राजेन्द्र कुमार राई (धनकुटा–१) र भानुभक्त ढकाल (तेह्रथुम–१)मा र सुहाङ नेम्वाङ इलाम–२ मा अगाडि रहेका छन् । शुक्रबार मध्यान्नसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा विजय हासिल गर्दै ९२ स्थानमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले एक स्थानमा विजयीसहित ११ स्थानमा अग्रता हासिल गरिरहेको निर्वाचन आयोगले जनाएको छ । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही अग्रस्थानमा छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाबीर पुन अग्रस्थानमा छन् । बाँकी ४१ वटा निर्वाचन क्षेत्रमा मत गणनाको तयारीका काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म रास्वपा एक जितसहित ९२ र कांग्रेस एक जितसहित ११ ठाउँमा अगाडि छ ।
१०९ क्षेत्रमा मत गणना हुँदा रास्वपा ८४ ठाउँमा अगाडि, कांग्रेस र नेकपाबीच दोस्रो हुने प्रतिस्वपर्धा
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ८३ ठाउँमा अग्रता लिएको छ । विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो अपडेट अनुसार रास्वपा ८३ वटा ठाउँमा अग्रता लिएको छ । हालसम्म रास्वपाले एक ठाउँमा विजय हासिल गरिसकेको छ । काठमाडौं क्षेत्र १ का उम्मेदवार रञ्जु दर्शना विजयी भइसकेकी छन् । यस्तै, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेसले पनि एक ठाउँमा विजयको खाता खोलिसकेको छ । मुस्ताङ–१ बाट कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन् । कांग्रेस र नेकपा दुवै पार्टी ८ वटा ठाउँमा अगाडि छन् भने नेकपा एमाले ७ ठाउँमा अगाडि छ । हाल १०७ ठाउँमा मतगणना भइरहेको छ । दुई ठाउँको नतिजा आइसकेको छ ।
रौतहट-१ मा माधव नेपाललाई चुनौती, मतगणनामा पाँचौं स्थानमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन रौतहट क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवकुमार नेपाललाई चुनौती देखिएको छ । त्यहाँ उनी पाँचौ स्थानमा छन् । रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन् । गौरको जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा १ जयनगरको मतगणना हुँदा उनले २२० मत प्राप्त गरेका छन् । रास्वपाका चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ र नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झाले ३१२ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ मत पाएका छन् । राजनीतिक जीवनकै जोखिमपूर्ण चुनावमा माधव नेपाल
रास्वपाका उम्मेदवार रञ्जु , विराजभक्त र ताेसिमा विजयी, घोषणा हुन बाँकी
काठमाडौं । रास्वपाका तीन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा उनीहरु विजयी भएका हुन् । काठमाडौं-१ बाट रञ्जु दर्शना, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुरमा तोसिममा कार्की विजयी भएका हुन् । रञ्जुले १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । काठमाडौं-८ का उम्मेदवार श्रेष्ठले ९ हजार ३२० मत प्राप्त गर्दै फेरि संसद् यात्रा सुनिश्चित गरेका हुन् । उनीहरू निकटम् प्रतिस्पर्धीभन्दा धेरै अगाडि छन् । अब प्रतिस्पर्धीले सबै मत ल्याए पनि उनीहरू जित्ने अवस्थामा छन् ।
रास्वपाको ४४ ठाउँमा अग्रता, कांग्रेस र एमाले अपेक्षाभन्दा कमजोर
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत मतगणनामा अहिलेसम्म अधिकांश ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ । मतगणना जारी रहेका क्षेत्रमध्ये ४४ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने कांग्रेस ५, एमाले ४ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् । रास्वपाका उम्मेदवारम काठमाडौं – १ मा रञ्जु न्यौपाने, काठमाडौं–२ सुनिल केसी, काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम, काठमाडौं–५ मा सुस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं – ७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं – १० मा प्रदीप विष्ट अगाडि छन् । रूपन्देही – २ मा सुलभ खरेल, धनुषा – ३ मा मनिष झा, मोरङ – ४ मा सन्तोष राजवंशी, महोत्तरी – १ मा प्रमोदकुमार महतो, भक्तपुर – १ मा रुकेश रञ्जित, चितवन–२ मा रवि लामिछाने, कास्की – २ मा उत्तमप्रसाद पौडेल, भक्तपुर – २ मा राजीव खत्री, कास्की – १ मा खड्कराज पौडेलले अग्रता लिइरहेका छन् । यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम, ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर – २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने, स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा. लेखजंग थापा, बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह (बालेन), तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिकअहमद खानले अग्रता लिइरहेका छन् । कञ्चनपुर – १ मा जनक सिंह धामी, बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त, काठमाडौं – २ मा सुनिल के.सी., कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर – २ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेका छन् । एमाले चार ठाउँमा अगाडि छ । रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके – २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा – १ मा मीनप्रसाद गुरुङ, चितवन–१ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन् । कांग्रेस ५ क्षेत्रमा अगाडि छ । ललितपुर –१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, कैलाली – १ मा जनकराज चौधरी, तेह्रथुम–१ सन्तोष सुब्बा र रसुवा १ मा मोहन आचार्यले अग्रता लिइरहेका छन् । नेकपा २ स्थानमा अग्रता लिइरहेका छन् । रूकुम पूर्व – १ मा पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट – १ मा महेन्द्रबहादुर शाहीले अग्रता लिइरहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही जुम्लामा अगाडि छन् ।
देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, मत पेटिका सिल गरेर गणनास्थलतर्फ ल्याइँदै
काठमाडौं । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए । उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गरे । दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यवाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरबाट सङ्कलन गरिनेछ । आयोगले मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिएको छ । कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताले मत नदिएको हुनसक्ने भएकाले ती मतदाताले संविधान, प्रणाली र आयोगप्रति भने असन्तुष्टि नभएको बताए ।
सामाजिक सञ्जालमा सुशीलाको वाहवाही, नेताहरूले पनि गरे प्रशंसा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सामाजिक सञ्चालमा प्रशंसा हुन थालेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएपछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले फागुन २१ गते निर्वाचनको तालिका निर्धारण गरेकी थिइन् । यो बीचमा धेरैले निर्वाचन हुने/नहुने विषयमा संशय व्यक्त गरिरहेका थिए । कतिपय नेताहरूले पनि वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए । तर, फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । शान्तिपूर्ण रूपमा निर्वाचन गराएको भन्दै सामाजिक प्रयोगकर्ताले उनको प्रशंसा गरेका छन् । विभिन्न राजनीतिक दलका नेताहरूले पनि उनको प्रशंसा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले भनेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ त्यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन् । आज निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’ ‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन भएको बताएका छन् । उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति धन्यवाद पनि दिएका छन् । ‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ चुनाव सम्पन्न भएपछि उनले फेसबुकमा लेखेका छन् ।
भोट खसाल्न गाउँ नगएकाहरू
काठमाडौं । तनहुँका धनबहादुर मगर काठमाडौंमा रेष्टुरेण्ट व्यवसाय गर्छन् । एक दशक बढीदेखि लाजिम्पाटमा आफ्नो व्यवसाय गरिरहेका मगरलाई फागुन २१ गते हुने निर्वाचनले खासै उत्साह जगाएन । उनी यस पटक मतदान गर्नका लागि गाउँ गएनन् । ‘आफ्नो काम गर्नैपर्यो, काम नगरे खान पाइँदैन । जान आउन पनि अलिक समय लाग्ने भएकाले निर्वाचनमा सहभागी जनाउन सकिएन,’ मगरले भने । निर्वाचनपछि बन्ने नयाँ सरकारबाट सबैले गरिखान पाउनुपर्छ भन्ने माग रहको मगरले सुनाए । युवाहरूले काम गर्नकै लागि विदेश जान नपरोस् भन्ने चाहना रहेको उनले सुनाए । धनबहादुर मगर ‘दुई छाक खानका लागि नेपालीहरुको विदेश जानुपर्ने बाध्यता नयाँ सरकारले रोक्नुपर्छ,’ उनले भने, ‘निर्वाचनमा सहभागी नभए पनि सरकारले गरेको गलत कामको निरन्तर खबरदारी गर्नेछु । सरकार पारदर्शी र जवाफदेही हुनुपर्छ ।’ ५७ वर्षीय बाबु तामाङ २२ वर्षदेखि रिक्सा चलाएर जीवन गुजारिरहेका छन् । दोलखा घर भएका उनलाई पनि चुनाव लागेको छैन । उनी जीवन चलाउन रिक्साका पाङ्ग्रासँग पौठेजोरी खेल्दै ठमेलमा फन्को मारिरहेका छन् । मजदुरी गरेर जीवन चलाउनु परेकाले मत हाल्न जान नपाएको तामाङको भनाइ छ । पैसा खर्च अभावकै कारण मत हाल्न जान नपाएको उनले गुनासो पोखे । ‘गाडीमा लैजाने मानिस भए जान्थें तर अब जाँदिनँ होला,’ उनले भने । नयाँ बन्ने सरकारले केही गर्ला जस्तो आशा नलागेको उनी बताउँछन् । काम गरेर खानेलाई जुनसुकै सरकार आए पनि खासै महत्त्व नहुने उनको गुनासो छ । भाडाको रिक्सा कुदाउनेलाई निर्वाचन आए गएको केही मतलब नहुने उनको भनाइ छ । बाबु तामाङ ‘रिक्साको दैनिक १५० रुपैयाँ भाडा बुझाउनु पर्छ,’ उनले भने, ‘रिक्सा चलाएर जीवन बाँच्ने मानिसलाई जुनसुकै सरकार आए पनि मतलब हुँदैन । ठमेलको चोक–चोकमा रिक्सा पार्किङ गर्न दिए हुन्थ्यो भन्ने लाग्छ । यहाँ यसरी बस्न दिइँदैन, एकछिन बसेमा पुलिस आएर हटाइहाल्छन् ।’ बुधबार ठमेलमै पुग्दा रौतहटका ३३ वर्षीय शेखी इब्रान पुरानो घर भत्काउन व्यस्त थिए । उनको रौतहट २ नम्बर क्षेत्रमा मतदाता नामावली छ । उनले मजदुरी गरेर काठमाडौंका गल्लीमा बालुवा र इँटा बोकेको २२ वर्ष भयो । भोट हाल्न जानका लागि खर्च नभएको घर नगएको उनले सुनाए । मजदुरी गरेर खानेका लागि भोटले नछोएको र खासै उत्साह पनि नपलाएको उनको भनाइ छ । ‘भोट हाल्न जाउँ–जाउँ पनि लागेको छैन,’ उनले भने,’ भोट हाले पनि नहाले पनि मेरो लागि खासै प्रभाव पर्दैन ।’ शेखी इब्रान नयाँ बन्ने सरकारले राम्रो स्कुल बनाओस् र बिरामीले अस्पतालमा सहजै उपचार पाओस् भन्ने लागेको इब्रान बताउँछन् । ‘देशमै काम गरेर खाने वातावरण बनाइदियोस्,’ उनले अगाडि थपे,’ सरकारले मजदुरको पारिश्रमिक बढाइदियोस् । हरेक कामको सम्मान हुनुपर्ने संस्कृति बनोस् ।’ अछाम घर भएका ३५ वर्षीय पदम कुमार केसी पनि मतदान गर्न घर गएनन् । उनी अछाम भौगोलिक रुपमा टाढा भएकाले मत हाल्न जान नसकिएको बताउँछन् । ‘हस्पिटालिटी क्षेत्रमा काम गरिएको छ । बिदा मिलेन, त्यसैले पनि यो पटकको निर्वाचनमा जान सकिएन,’ केसीले भने, ‘निर्वाचन जस्तो उत्सवमा जान नपाउँदा दुःख लागेको छ । किनभने यो निर्वाचनमा निर्वाचित सांसदले हाम्रो दैनिकी चलाउन नीति बनाउँछन् ।’ पदम कुमार केसी आगामी सरकारले हस्पिटालिटी क्षेत्रमा पाइने सेवा सुविधा वृद्धि गरोस् भन्ने उनको माग छ । काम गरिखानेको सेवा सुविधा नयाँ सरकारले कटौती नगरोस् र पुराना सरकारले लागु गर्दै आएको सेवा सुविधा लागु गरोस् भन्ने माग उनको छ । जुम्लाकी २८ वर्षीय माया बोहरा न्युरोडमा राष्ट्रिय झण्डा बिक्री गर्दै हिँड्छिन् । उनले भोट भन्दा पनि झण्डा बिक्री हुन नसकेको चिन्ता व्यक्त गरिन् । भोट हाल्ने जाने समय भन्दा काठमाडौंमा झण्डा बिक्री गरेर बस्ने उनले सुनाइन्। ‘जुम्ला टाढा भएकै कारण मत हाल्न गइनँ, जाने–आउने समयमा काठमाडौंमा झण्डा बिक्री गरेर बस्छु,’ उनले भनिन्, ‘काठमाडौंमा संघर्ष गर्न आएकी हुँ । यतै संघर्ष गरेर बस्छु । मत हाल्नका लागि भनेर संघर्ष गर्दिनँ ।’ उनले काठमाडौंबाट गाउँतिर भोट हाल्न गएर होला झण्डा पनि कोही किन्न नआएको दुःखेसो पोखिन् । ‘आज त एउटा पनि भण्डा बिक्री भएको छैन । नयाँ सरकारले राम्रो कानुन ल्याएर काम गरिखाने वातावरण बनाइदिए हुन्थ्यो,’ बोहराले झण्डा मिलाउँदै भनिन् । माया बोहरा फागुन २१ गते अर्थात् भोलि देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि भनेर ८ लाख बढी मानिसले काठमाडौं छोडिसकेका छन् । विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरू आ–आफ्नो मतदाता नामावली रहेको ठाउँमा पुगिसकेका छन् । तर, कतिपय मतदातालाई भने चुनावले नछोएको देखिएको छ । विभिन्न पेसा, व्यवसाय वा अध्ययन गरेर काठमाडौंमा बस्नेको संख्या पनि ठूलै छ । केही जीवन धान्न यहाँ बसेका छन त कोही भने सन्तानको शिक्षाका लागि पनि बसोबास गरेको पाइएको छ ।
निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खस्यो
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए । रामेछाप नगरपालिका-२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो । अहिले उद्दारका काम भइरहेको छ । अहिलेसम्म ८ जनाको उद्वार भइसकेको बताइएको छ ।
४५ प्रतिशत उम्मेदवारले व्यक्तिगत बैंक खाताबाट निर्वाचन खर्च गर्दै, आयोगले कारवाही गर्ने
काठमाडौं । निर्वाचन प्रयोजनका लागि १ हजार ८६५ उम्मेदवारहरूले मात्र बैंक खाता खोलेका छन् । निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुन श्रीसले कुल उम्मेदवारको आधा भन्दा बढीले खाता खोलेको जानकारी दिइन् । फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदवारले सहभागी जनाएका छन् । विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । जुन ५४ बढी प्रतिशत हो । एघार वटा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले बैंक खाता खोलेको उनले जानकारी दिइन् । १ हजार ५४१ उम्मेदवारले भने खाता नखोलेको उनले जानकारी दिइन । बैंक खाता नखोलेका उम्मेदवारलाई आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले सम्झाउने श्रीसले बताइन् । बैंक खाता खोल्नका लागि आयोगले धेरै ताकेता गरेको उनको भनाइ छ । ‘कुल संख्याको आधाभन्दा धेरै उम्मेदवारले बैंक खाता खोलेका छन्,’ उनले भनिन्,’ पहिलोपटक भएकाले यतिका उम्मेदवार खाता खोल्नुलाई सकरात्मक मान्न सकिन्छ ।’ आयोगमा सुरुवाती चरणमा उम्मेदवारहरू बैंकमा खाता खोल्न झन्झट भएको भन्दै गुनासो गर्दै आएको उनले बताइन् । ‘बैंकमा खाता खोल्न जिल्ला निर्वाचन कार्यालयको सिफारिस लिनु पर्ने हुँदा उम्मेदवारले टाढा परेको भनेर गुनासो गरेका थिए,’ उनले सुनाइन्,’ निर्वाचनमा सहभागिता जनाउने उम्मेदवारले बैंक खाता खोल्न मानेनन् । निर्वाचन आयोगले उम्मेदवारको बैंकमा खाता खोल्न सहजीकरण गरिदिन राष्ट्र बैंकसँग अनुरोध पनि गरेका थियौं ।’ धेरै पार्टीका उम्मेदवार आफ्नो व्यक्तिगत खाताबाट निर्वाचन खर्च गरिरहेको पनि उनले जानकारी दिइन् ।
झिनो हारको पीडा भुल्दै जितको खोजीमा छन् एमालेका यी उम्मेदवार
काठमाडौं । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले नेकपा एमालेका केही प्रभावशाली नेताहरूलाई अत्यन्तै झिनो मतान्तरको हारको स्वाद चखायो । पाँच दलीय गठबन्धनको बलियो समीकरणबीच एक्लै मैदानमा उत्रिएको एमालेले धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा त ग¥यो । तर, केही स्थानमा अत्यन्तै झिनो मतले पराजित हुँदा ती क्षेत्र अहिले पनि एमालेभित्र अधूरो अभियानको रूपमा स्मरण गरिन्छन् । तीमध्ये सात उम्मेदवार यस्ता छन् जसले २०७९ को हारलाई राजनीतिक असफलता मात्र होइन, अधूरो यात्राको रूपमा लिएका छन् । उनीहरू २०८२ को निर्वाचनमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । दाङ-२ मा एमालेका महासचिवसमेत रहेका शंकर पोखरेल १९३ मतको घाउ लिएर फेरि मैदानमा छन् । अघिल्लो निर्वाचनमा सबैभन्दा चर्चित झिनो हारमध्ये एक हारका अंग बनेका पोखरेल यसपटक उक्त हारको हिसाबकिताब मिलाउने तयारीमा छन् । एमाले महासचिव पोखरेलले २६ हजार ६८७ मत पाउँदा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेखा शर्माले २६ हजार ८८० मत पाएकी थिइन् । यो हार केवल एउटा क्षेत्रको हार थिएन । यो एमालेका लागि रणनीतिक र मनोवैज्ञानिक दुवै रूपमा महत्वपूर्ण थियो । महासचिवजस्तो शीर्ष नेतृत्व झिनो मतले पराजित हुनु पार्टीभित्र समीक्षा र पुनर्संरचनाको बहसको विषय समेत बनेको थियो । २०८२ मा समीकरण फेरिएको छ । पाँच दलीय गठबन्धन छैन । एमाले नेता पूर्ण खत्रीको दाबी छ कि यो पटक दाङ-२ सहजै एमालेको पोल्टामा पर्छ । तर, यसपटक प्रतिस्पर्धा त्रिकोणात्मक हुने देखिन्छ, जसले मत विभाजनको सम्भावना बढाएको छ । पोखरेललाई छेक्न नेपाली कांग्रेसका किरण किशोर घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्य तयार रहेर बसेका छन् । एमाले नेता खत्रीका अनुसार पोखरेलको रणनीति यस पटक स्थानीय संगठन सुदृढीकरण, युवा मतदातामा पहुँच विस्तार र विकास एजेण्डाको पुनः प्रस्तुतीकरणमा केन्द्रित छ । दाङलाई शैक्षिक र औद्योगिक हब बनाउने उनको पुरानो प्रतिबद्धता पुनः अभियानको केन्द्रमा आएको छ । धनुषा-२ का उमाशंकर अरगरियाको १ हजार १७ मतको अन्तर पनि एमालेका लागि अर्को पीडादायक पराजय थियो । मधेस प्रदेशको धनुषा-२ मा एमालेका अरगरिया गठबन्धनको समर्थन पाएका कांग्रेसका रामकृष्ण यादवसँग पराजित भएका थिए । उक्त निर्वाचनमा कांग्रेसका रामकृष्ण यादव २० हजार ११२ मतसहित विजयी हुँदा अरगरियाले १९ हजार ९५ मत पाएका थिए । मधेसको राजनीति सधैं समीकरणमा निर्भर रहन्छ । जातीय, क्षेत्रीय र दलगत आधारमा मत विभाजन हुने भएकाले यहाँ सानो मतान्तर निर्णायक हुने गर्छ । २०८२ मा अरगरियाको सामना कांग्रेसका दिनेश पर्सेला, रास्वपाका रामविनोद साह र नेकपाका रामचन्द्र झासँग हुनेछ । एमाले मधेश प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डल अघिल्लो निर्वाचनमा गठबन्धनको कारण हारेकोले मधेश प्रदेशमा सानो मतले हारेका सिट एमालेको खातामा जोडिने बताउँछन् । मण्डलको विश्लेषण अनुसार गठबन्धन नहुँदा गठबन्धनको कन्सोलिडेटेड मत विखण्डित हुनेछ । तर मधेसमा स्वतन्त्र र क्षेत्रीय दलहरूको प्रभाव पनि बढ्दो छ, जसले परिणामलाई अनिश्चित बनाउँछ । सुनसरी–४ मा पनि एमाले ११२ मतले जितबाट चुकेको थियो । झिनो हारको सबैभन्दा पीडादायी उदाहरणमध्ये एक हो सुनसरी–४ पनि । एमालेका जगदीशप्रसाद कुसियतलाई ११२ मतले पराजित गर्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । कार्कीले ३० हजार ४८३ मत पाउँदा कुसियतले ३० हजार ३७१ मत पाएका थिए । सय मत जति मतान्तर निर्वाचनमा टेक्निकल हार जस्तै हो । एक-दुई वडामा मतगणनाको सानो उतारचढावले परिणाम बदलिन सक्ने एमाले नेत्री गीता बरालको दाबी छ । यसपटक कुसियतसहित कार्की पनि पुनः मैदानमा छन् । यस क्षेत्रमा रास्वपाका दीपक साह पनि प्रतिस्पर्धामा रहेकाले कांग्रेस र एमाले दुवैको मतमा प्रभाव पार्न सक्ने बताइन्छ । मोरङ-१ मा घनश्याम खतिवडाको ४३० मत अन्तरको पराजय बिर्साउन खतिवडा फेरि मैदानमा छन् । पूर्वको औद्योगिक जिल्ला मोरङको १ मा एमालेका खतिवडा कांग्रेसका डिकबहादुर लिम्बुसँग पराजित भएका थिए । लिम्बुले २७ हजार २९७ मतले लिड गर्दा खतिवडाले २६ हजार ८६७ मत पाई ४३० मतले पछि परेका थिए । मोरङमा उद्योग, व्यापार र सहरी मतदाताको प्रभाव ठूलो छ । २०८२ मा कांग्रेसबाट खड्गबहादुर फागो उम्मेदवार छन् भने रास्वपाका यज्ञमणि न्यौपाने पनि मैदानमा छन् । खतिवडाले सहरी मध्यमवर्ग, उद्योगी–व्यवसायी र युवा मतदातालाई लक्षित गर्दै अभियान तीव्र पारेका छन् । एमाले नेता बरालका अनुसार गठबन्धन विनाका विपक्षीमाथि एमाले हावी हुने पक्का छ । ऐनबहादुर महरले १ हजार १ मतको दूरी पार गर्न नसक्दा उनको सिंहदरवार यात्रा बझाङमै रोकिएको थियो । महर २०७९ मा तत्कालीन नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग १ हजार १ मतले पराजित भएका थिए । जोशीले २८ हजार ४१३ मत पाउँदा महरको यात्रा २७ हजार ४१२ मै रोकिएको थियो । यसपटक जोशी मैदानमा छैनन् तर कांग्रेसका प्रकाश रसाइली, रास्वपाका शैलेस सिंह र नेकपाका मीनबहादुर कुँवर प्रतिस्पर्धामा छन् । एमालेका लागि अर्को पीडादायक पराजय महेश बस्नेतको ९५७ मतको झट्का हो । काठमाडौं उपत्यकाका प्रभावशाली नेता बस्नेत पनि झिनो मतले पराजित हुने सूचीमा छन् । उनलाई कांग्रेसका दुर्लभ थापाले ९५७ मतले पराजित गरेका थिए । थापाले २४ हजार २३९ पाउँदा बस्नेतले २३ हजार २८२ मत पाएका थिए । बस्नेतको बलियो युवा नेटवर्क र संगठनात्मक पकड भए पनि गठबन्धन समीकरणले परिणाम उल्ट्याएको एमालेको बुझाइ रहेको छ । २०८२ मा बस्नेतसँग भिड्न कांग्रेसबाट कविर राणा र रास्वपाबाट राजिव खत्री मैदानमा छन् । उपत्यकामा रास्वपाको प्रभाव उल्लेखनीय भएकाले बस्नेतले सहरी युवा र परम्परागत एमाले मत दुवै जोगाउनुपर्ने चुनौती छ । दैलेख-२ मा रविन्द्रनाथ शर्मा ८५२ मतको पराजय बिर्साउन जित निकाल्ने दाउमा छन् । कर्णाली प्रदेशको दैलेख-२ मा एमालेका रविन्द्रनाथ शर्मा एकीकृत समाजवादीका अम्बरबहादुर थापासँग पराजित भएका थिए । थापाले १८ हजार २९७ पाउदा शर्माले १७ हजार ४१२ ल्याएका थिए । शर्माले कर्णालीका विकास, पूर्वाधार र रोजगारी मुख्य एजेन्डा रहेकाले शर्माले यसपटक स्थानीय विकासका अधुरा योजना र संघीय सरकारसँग समन्वयको मुद्दा उठाउँदै मत मागिरहेका छन् । यो क्षेत्र पनि एमालेले आफ्नो खातामा थप्ने एमाले नेता विष्णु रिजालको दाबी छ । गठबन्धन विघटनपछि बदलिएको गणित २०७९ मा पाँच दलीय गठबन्धन एकीकृत रूपमा एमालेविरुद्ध उत्रिएको थियो । धेरै क्षेत्रमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र अन्य दलका मत एकै ठाउँमा केन्द्रित हुँदा एमाले उम्मेदवारहरू झिनो मतले पराजित भएका थिए । तर २०८२ मा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । नेता रिजालले मत विभाजन कांग्रेस र नेकपा अलग प्रतिस्पर्धामा हुँदा उनीहरूको मत बाँडिने सम्भावना रहेको बताउँछन् । रिजालका अनुसार रास्वपाको उदयले सहरी क्षेत्रमा नयाँ समीकरण बनेपनि उसले काट्ने मत सबै दलको हुन्छ । राष्ट्रिय समीकरणभन्दा स्थानीय लोकप्रियता निर्णायक हुन सक्ने रिजालको अनुमान छ । एमाले नेताहरूको दाबी छ गठबन्धन नहुँदा २०७९ मा झिनो मतले गुमेका सिट २०८२ मा फर्किन्छन् । मत विभाजनको तरलता बुझेका एमाले नेताहरू मत विभाजनले फाइदा जसलाई पनि पुग्न सक्नेमा सचेत रहेको बताउँछन् । झिनो मतले हार्नु राजनीतिक रूपमा पीडादायी भए पनि त्यसले कार्यकर्तामा अतिरिक्त ऊर्जा पनि दिएको एमाले नेताहरू बताउँछन् । दाङदेखि दैलेखसम्म ती सात क्षेत्रका एमाले कार्यकर्ताहरुले २०७९ को मतपरिणामलाई अधुरो लक्ष्यका रूपमा लिएर सक्रियता बढाएको रिजालको दाबी छ । २०८२ मा एमालेले सबै कमजोरी सुधार्ने उनी बताउँछन् । दाङका एमाले नेता पूर्ण खत्रीका अनुसार २०८२ को निर्वाचन यी सात नेताका लागि केवल अर्को चुनाव होइन, यो त २०७९ को अपूरो अध्यायको निरन्तरता हो । ११२ देखि १ हजार १७ मतान्तरले पराजित भएका यी उम्मेदवारहरूका लागि केही सय मत नै निर्णायक हुने खत्रीको दाबी छ । नेता रिजाल राजनीतिमा झिनो हार सधैं नजिकको जितको संकेत मान्छन् । तर, त्यो जित सुनिश्चित हुँदैन । त्यसका लागि संगठन, रणनीति, समय र जनमत सबै अनुकूल हुनुपर्छ । अब कोशीदेखि सुदूरपश्चिमसम्म २०८२ का मतपेटिकाले यी सात नेताको सिंहदरबार यात्रा पूरा गर्छ कि पुनः अधूरै छाड्छ, त्यो हेर्न बाँकी छ ।
चितवनमा पृथक पोशाकमा देखिए बालेन, ‘देश हेटौंडा सिमेन्ट उद्योगजस्तै भयो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ले देश हेटौंडा सिमेन्ट उद्योगजस्तै भएको बताएका छन् । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सभामा बोल्दै उनले आफू देशका विभिन्न ५० वटा देशमा पुगेको बताउँदै स्रोतसाधन भएको तर चल्न नसकेको हेटौंडा उद्योगजस्तै देश बनेको बताए । उनले किसानले बजार नपाएको गुनासो वर्सेनि आउँदै गरेको बताउँदै अब रास्वपाको सरकारले त्यसलाई रोक्ने बताए । नेपालमै उत्पादन भएको सस्तो बिजुली प्रयोग गरेर किसानले कोल्ड स्टोरेजमा भण्डारण गरेर जतिबेला पनि उपभोग गर्न सक्ने वातावरण बनाउने उनले घोषणा गरे । उनले पर्यटनको हबका रुपमा चितवनलाई बनाउन सकिने बताउँदै बर्खायामको बेला खेर गइरहेको बिलुजीलाई पनि स्टोर गरेर ब्याट्री बनाउने पार्टी रास्वपा रहेको बताए । चितवनको क्रममा देशभरका ५० जिल्ला गएको बताउँदै एउटा जिल्लामा रहेको समस्या अर्को जिल्लाले समाधान रहेको बताए । उनले देश हेटौडा उद्योगजस्तो भएको बताए । सभापति नै चितवनबाट उम्मेदवार बनेको बताउँदै चितवनका जनताले समस्या हुने बताए । चितवनको सभामा उनी पृथक पोशाकमा देखिएका छन् । यसअघि कालो कोट, कालो पेन्टर कालो चस्मामा देखिने उनी शुक्रबार ढाकाको ढाकाको भोटोसहित सेता कमिजमा देखिएका छन् ।
सुवर्ण शमसेरको क्षेत्र पुनः हट सिटमा, प्रदीप-चन्द्र आमनेसामने, सागरको शक्ति कति ?
काठमाडौं । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ यतिबेला प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सर्वाधिक चासोको हट सिट बनेको छ । इतिहास, विरासत र वर्तमान राजनीतिक समीकरणले यो क्षेत्रलाई राष्ट्रिय स्तरमै चासोको केन्द्रमा ल्याएको हो । २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका संस्थापक नेतामध्येका एक सुवर्ण शमसेर राणाले हालको यही क्षेत्र तत्कालीन क्षेत्र नम्बर ९१ बाट विजय हासिल गरेका थिए । त्यसयता गुल्मी–१ मा आठ पटक भएको दलीय प्रतिस्पर्धा आधारित निर्वाचनमा चार पटक नेपाली कांग्रेस र चार पटक एमालेले जित निकालेका छन् । विगतका यी निर्वाचनको परीणामलाई हेर्दा यो क्षेत्रलाई स्विङ क्षेत्र मान्न सकिन्छ । यस क्षेत्रबाट २०४८ मा कांग्रेसका भागवत ज्ञवाली, २०५१ मा एमालेका कमलराज श्रेष्ठ, २०५६, २०६४ र २०७४ मा एमालेकै प्रदीप ज्ञवाली विजयी भएका थिए । यस्तै, २०७० र २०७९ मा कांग्रेसका चन्द्र भण्डारीले विजय हासिल गरेका थिए । अहिले फेरि ज्ञवाली र भण्डारी आमनेसामने छन् । तर, यस पटकको प्रतिस्पर्धा दुई दलमै सीमित छैन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टीका सुदर्शन बराल पनि बलिया दाबेदारका रूपमा उभिएका छन् । तर, विगतको जनमत र एमाले कांग्रेसका नेताहरुको हेभिवेट पर्सनालिटीका कारण प्रतिस्पर्धाको केन्द्रमा भने एमालेका ज्ञवाली र कांग्रेसका भण्डारी नै देखिन्छन् । कांग्रेस-एमाले बराबरीको इतिहास यस निर्वाचन क्षेत्रको चुनावी इतिहासलाई फर्केर हेर्दा कांग्रेस र एमालेको बराबरीको संघर्ष देखिन्छ । यस क्षेत्रमा कांग्रेसले २०१५, २०४८, २०७० र २०७९ मा जित हासिल गरेको थियो । यस्तै, एमाले २०५१, २०५६, २०६४ र २०७४ मा विजयी भएको थियो । यस क्षेत्रका मतदाताले नेताको व्यक्तिगत छवि, स्थानीय विकासमा योगदान र राष्ट्रिय राजनीतिक भूमिकालाई सन्तुलित रूपमा मूल्यांकन गर्ने गरेको देखिन्छ । यस क्षेत्रलाई कुनै दलले पनि लगातार अपराजित किल्ला बनाउन सकेका छैनन् । तर, ०५१ यता यस क्षेत्रको ठूलो पार्टी एमाले रहँदै आएको छ । २०७९ को समानुपातिक मतले पनि यही संकेत गर्छ । पाँच दलिय गठबन्धनको बलमा कांग्रेसका भण्डारीले असाध्यै झिनो मतले निर्वाचन जिते पनि लोकप्रिय मतमा एमाले अगाडि देखिन्छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको मत परिणाम अनुसार एमाले २८ हजार ४५३ मत सहित पहिलो पार्टी हो । कांग्रेसले दोस्रो लोकप्रिय मत २३ हजार ४१३ पाएको थियो । तेस्रो भएको रास्वपाले ८ हजार ११६ र चौथो नेकपाले ६ हजार २५७ मत पाएको थियो । कति छ सागरको शक्ति ? एमालेका ज्ञवाली तीन पटक यही क्षेत्रबाट विजयी भइसकेका नेता हुन् । परराष्ट्रमन्त्रीसमेत रहिसकेका उनी राष्ट्रिय राजनीतिमा स्थापित नाम हुन् । गुल्मीमा एमालेको सुदृढ संगठन, वडा तहसम्मको संरचना र पुरानो कार्यकर्ता आधार उनका बलियो पक्ष हुन् । सँगै जिल्लाको विकासमा समेत ज्ञवालीको पहललाई स्थानीय मतदाताले राम्रै रुचाएको देखिन्छ । ज्ञवालीको सवल पक्ष उनको सालीन व्यक्तित्व पनि हो । तर, ज्ञवाली चुनौतीबाट टाढा भने छैनन् । लगातार एउटै अनुहार निर्वाचनमा उठिरहँदा मतदातामा नयाँ अनुहार चाहने मनोविज्ञान बढ्यो भने त्यो ज्ञवालीका लागि दाँतमा ढुँगा हुन सक्छ । चन्द्र भण्डारीसँग अहिले पछिल्लो गठबन्धन छैन । तर, उनलाई सहानुभूतिको मत आउन सक्छ । २०७९ मा निर्वाचित भण्डारी पछिल्लो समय व्यक्तिगत दुर्घटनाबाट बचेपछि जनतामाझ सहानुभूतिको लहर देखिएको थियो । भण्डारीको अर्को सवल पक्ष निवर्तमान सांसद रहनु पनि हो । उनको बलियो पक्ष २०७९ को जित, स्थानीय पहुँच र कांग्रेसको परम्परागत मत पनि हो । तर, पछिल्लो समय अस्थिर विचारको सिकार भएको आरोप लागेका भण्डारीलाई जिल्लाकै पार्टीका नेताहरुको साथ लिन भने अप्ठ्यारो भएको पाइन्छ । विशेष महाधिवेशनको विषयमा उनको दोहोरो चरित्रले भण्डारीलाई जिल्लाको पार्टी तहले शंकाले हेरेको देखिन्छ । रास्वपाका उम्मेदवार सागर ढकालले भन्ने गरेको वैकल्पिक राजनीतिको दाबीले एमाले वा कांग्रेस कसको बढी मत काट्छन् अझै एकिन छैन । ढकाल एउटा उमेर समूहमाझ लोकप्रिय मानिन्छन् । भ्रष्टाचारविरुद्धको अभियान, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको नाराले उनी चर्चा बटुलिरहेका छन् । २०७९ मा समानुपातिक तर्फ ८ हजारभन्दा बढी मत ल्याएको रास्वपाले यदि प्रत्यक्षतर्फ पनि समान लहर कायम राख्न सके परम्परागत दलको मतमा प्रभाव पार्न सक्छ । नेकपाका सुदर्शन बराल भने बाम मतको पुनःसमायोजन गरेर परम्परागत मत बढाउने ध्यानमा छन् । पछिल्लो समय बराल वाम धारका मतदाता आकर्षित गर्ने प्रयासमा छन् । बराल इमान्दार र स्वच्छ छविका नेता भए पनि कमजोर संगठनका कारण आफ्नो मत सुरक्षाभन्दा ठूलो चिन्ता उनलाई छैन । सामाजिक-राजनीतिक समीकरण गुल्मी-१ पहाडी भेग, वैदेशिक रोजगारीमा निर्भर परिवार, निजामती सेवामा रहेको ठुलो जनसंख्या, कृषिमा आधारित अर्थतन्त्र र शिक्षा-स्वास्थ्यको पहुँचमा सुधार चाहने मतदाताको क्षेत्र हो । यस क्षेत्रको प्रमुख मुद्दा अहिले पनि सडक र पूर्वाधार नै हुन् । यस बाहेक खानेपानी र सिँचाइ, वैदेशिक रोजगारीबाट फर्किएका युवाको पुनःस्थापना र स्वास्थ्य सेवा विस्तार यस क्षेत्रका पेचिला मुद्दा हुन् । पर्यटनमा रेसुङ्गा क्षेत्र र रुरू क्षेत्रको विकास पनि यस क्षेत्रका पेचिला विषय हुन् । मतदाताले विगत देखि नै पार्टीभन्दा बढी काम गर्ने उम्मेदवार रोज्ने प्रवृत्ति पनि यस क्षेत्रमा रहेको छ । कसको सम्भावना कति ? यदि २०७९ को समानुपातिक मतलाई आधार मान्ने हो भने एमालेको आधार मत करिब २८ हजार छ । कांग्रेसको २३ हजार छ । तर, प्रत्यक्ष चुनावमा कांग्रेसले सहानुभूति र व्यक्तिगत छविको फाइदा उठायो भने परिणाम दोहोरिन सक्छ । तर, यस क्षेत्रले २०६५ यता दोहोर्याएर उम्मेदवार निर्वाचित गरेको छैन । एमालेले संगठन र सालिन नेताको लाभ लियो भने मत अन्तर उल्टिन सक्छ । यस्तै, रास्वपाले ८ देखि १० हजार मत सुरक्षित राख्न सफल भयो भने प्रतिस्पर्धा त्रिकोणात्मक पनि बन्न सक्छ । विश्लेषकहरू भन्छन्, ‘यदि रास्वपाले मत मुख्यतः कांग्रेसका मत काट्यो भने एमालेले लाभ प्राप्त गर्न सक्छ । तर अहिलेसम्म रास्वपाले कसका मत धेरै काट्छ एकिन गर्न नसकिएको स्थानीयहरू बताउँछन् । के भन्छन् स्थानीय ? यस क्षेत्रका स्थानीय मतदातामाझ दुई धार प्रष्ट देखिन्छ । एकधारले पुराना र अनुभवी नेताबाट मात्रै यस क्षेत्रले विकास र निकास पाउँछ भन्ने मान्यता राख्छ । अर्को धारले नयाँ सोच र परिवर्तनको चाहना राख्दछ । अहिले पनि युवामाझ वैकल्पिक शक्तिप्रति आकर्षण देखिएको छ । तर, यो आकर्षण गुल्मी १ को सन्दर्भमा अन्तिम समयमा परम्परागत दलतर्फ ध्रुवीकरण हुने सम्भावना प्रवल छ । यस क्षेत्रमा इतिहासले बराबरी परिणाम देखाएको छ भने वर्तमानले कडा प्रतिस्पर्धाको संकेत गरेको छ । २०७९ मा प्रत्यक्षतर्फ कांग्रेस विजयी भए पनि समानुपातिक मतमा एमाले अघि थियो । अब २०८२ मा एमालले आफ्नो आधार मतलाई प्रत्यक्षमा रूपान्तरण गर्न सफल भए एमालेले जित्ने सम्भावना देखिन्छ । यस्तै, कांग्रेसले सहानुभूति र व्यक्तिगत छविको बललाई जनतामाझ लैजान सके पुनः विजय दोहोर्याउन पनि सक्छ । ति मध्ये केही नभए वैकल्पिक शक्ति रास्वपाले चकित पार्ने परिणाम दिन पनि सक्छ । तर, अहिलेसम्मको चुनावी माहोल हेर्दा गुल्मी-१ मा मतान्तर न्यून हुने र अन्तिम मतगणनासम्म परिणाम अनिश्चित रहने आँकलन गर्न सकिन्छ । जे भएपनि यो क्षेत्र इतिहासले जन्माएको विरासत, वर्तमानले सिर्जेको प्रतिस्पर्धा र भविष्यले खोजेको नेतृत्व यी तीनै आयामको संगम बन्ने निश्चित छ । अब २०८२ को नतिजाले तय गर्नेछ कि सुवर्ण शमसेरको ऐतिहासिक क्षेत्रले यसपटक कसलाई विश्वासको मत दिन्छ भनेर ।
बालेनको वाचापत्र : दमकलाई आईटी र पर्यटन हव बनाउने, सुकुम्वासीको समस्या १००० दिनमा समाधान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा निर्वाचन झापा-५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले वाचापत्र सार्वजनिक गरेका छन् । उनले सोमबार झापा–५का मतदाताका लागि वाचापत्र सार्वजनिक गरेका हुन् । उनले झापा ५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिने उल्लेख गरेका छन् । यस्तै, उनले दमकलाई पर्यटक ट्रान्जिट हवको रुपमा विकास गरिने, वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि उद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने, धार्मिक स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गरिने र स्थानीय आदिवासी जनजाती संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने वाचापत्र सार्वजनिक गरेका हुन् । यस्तो छ बालेनको वाचापत्र नेपालको संविधान–२०७२ को परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरूलाई कानुनी रूपमा सहज, स्पष्ट साथै नागरिक मैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु । म संघीय सांसदको हैसियतले: – बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिनेछु । –राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरु सशक्त रुपमा उठाउनेछु । –सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्नेछु । –स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्नेछु । –नेपाल सरकार र जेन – जी बीच भएका सम्झौताहरूको पूर्ण, पारदर्शी र समयमै कार्यान्वयन सुनिश्चित गर्छु । –स्थानीय तथा प्रदेश सरकारका योजनाहरु संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्नेछु । मेरो प्रतिबद्धता –राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र २०८२ – थिति बसाल्ने सङ्कल्प” कार्यान्वयन को नेतृत्व गर्नेछु । – नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रूपमा पु–याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु । – राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन । – सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु । –विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु । झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु । – राजनीतिलाई पेशा होइन, सेवा बनाउनेछु – मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रुपान्तरण गर्नेछु । – मेरो राजनीति सेवा, इमानदारीता र परिणाममा आधारित हुनेछ । स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय तथा सहकार्यमा निम्न कार्यहरु पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । शिक्षा – गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ । –काठमाडौं महानगरमा लागू भए जस्तै “शिक्षामा सीप कार्यक्रम” कार्यान्वयन गरी विद्यार्थीहरुको विदेश जान पर्ने बाध्यतालाई न्यूनिकरण गरिनेछ । –गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रुपमा सञ्चालन गरिनेछ । – “कोशी आयुर्वेद प्रतिष्ठान” स्थापना गरि प्रादेशिक आयुर्वेद अस्पताल, कमल (लखनपुर) लाई सो मातहत संचालन गरिनेछ । –दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सम्पन्न गरि संचालनमा ल्याइनेछ । सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, ECED कक्षा, प्रयोगशाला (ल्याब) र पुस्तकालय स्थापना तथा उच्च शिक्षाको स्तरोन्नति गरिनेछ । –School Retention Program र्फत विद्यालय छाड्ने दर शून्यमा झारिनेछ । – फरक क्षमता भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम कार्यान्वयन गर्न आवश्यक नीतिगत सुधार गरिनेछ । – विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा र लिपीलाई प्रारम्भिक शिक्षा देखि नै समावेश गर्न पहल गरिनेछ । – दमक १० स्थित साइन्स पार्कलाई थप व्यवस्थित गरी संचालनमा ल्याइनेछ । पूर्वाधार –विभिन्न कारणले अधुरा रहेका योजनाहरुलाई डेडलाइन सहित समयमै सम्पन्न गर्ने सुनिश्चितता गरिनेछ । –दमक– रवि चिसापानी सडक यथाशीघ्र सम्पन्न गरि संचालनमा ल्याइनेछ । – “हाम्रो रंगशाला, हाम्रै पहिचान” को भावना अनुरूप आदिवासी जनजातिको संस्कृति र इतिहास झल्किने “आदिवासी जनजाति रंगशाला” निर्माण गरिनेछ । – विराट बुद्ध पार्कको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइनेछ । – दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरु उच्चतम नागरिक उपयोगीता हुने गरि सञ्चालनमा ल्याइनेछ । –रतुवा खोला, मावा खोला, तथा सहायक खोला, खहरेको तटबन्ध निर्माण गरी कटान र डुबान नियन्त्रण गरिनेछ । – ग्रामीण सडक, लिङ्क रोड र पुल स्तरोन्नति गरी यातायात समय र ढुवानी लागत घटाउँदै समग्र कनेक्टिभिटी सुदृढ गरिनेछ । –ग्रामिण तथा सिमावर्ती क्षेत्रमा भरपर्दो एवं नियमित मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गरिनेछ । – दमकलाई पूर्वी नेपालको “आइ. टी. हव” को रुपमा विकास गर्न आवश्यक पूर्वाधार र नीतिगत व्यवस्था सुनिश्चित गरिनेछ । कृषि तथा रोजगारी –कन्काई – रतुवा सिँचाइ योजना विस्तार तथा लिफ्ट सिँचाइ प्रविधि प्रयोग गरी कृषियोग्य जमिनको उपयोगिता बढाइनेछ । – प्रत्येक पालिकामा श्रम बैंक अवधारणा लागू गरिनेछ । –कोल्ड स्टोर तथा ड्रायर एकै स्थानमा रहने गरि “गौरादह कृषि भण्डारण केन्द्र” को स्थापना गरिनेछ – किसानलाई उत्पादनमा आधारित मल, बीउ र विद्युतमा अनुदान प्रणाली लागू गरिनेछ । – गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हवका रुपमा विकास गरिनेछ । – कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी प्रणाली लागू गरिनेछ । – विश्वसनीय बीमा प्रणाली, पर्याप्त सिंचाई तथा प्रविधिमा आधारित उत्पादन प्रणाली मार्फत युवाहरुलाई कृषि पेशामा आकर्षित गरिनेछ । – स्थानीय उत्पादनको पहिचान, गुणस्तर र बजारीकरण सुदृढ गर्न ब्रान्डिङ तथा बजार विस्तारका कार्यक्रम कार्यान्वयन गरिनेछ । – सरकारी भेटनरी सेवा तथा पशु बीमा कार्यक्रमलाई थप व्यवस्थित गरी व्यवसायिक पशुपालनको प्रबद्र्धन गरिनेछ । महिला तथा बालबालिका –आमाको नामबाट नागरिकता लिँदा हुने झन्झटिलो प्रकृयालाई सरलिकृत गरिनेछ । – कृषिमा महिलालाई प्रोत्साहन गर्न “महिला कृषि कर्जा कार्यक्रम” मार्फत सहुलियत दरमा वित्तीय पहुँच सुनिश्चित गरिनेछ । –सीपमूलक तालिम मार्फत अपाङ्गता भएका व्यक्ति र एकल महिला लक्षित रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । – बाल पोषण, नियमित खोप तथा छात्रा स्वास्थ्य सहयोग कार्यक्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गरिनेछ । –महिलाका लागि २४ सै घण्टा सुरक्षित शहर निर्माण गर्न सुरक्षा पूर्वाधार सुदृढ गरिनेछ । – विभिन्न प्रकारका हिंसामा परेका महिला तथा बालबालिकाको विशेष संरक्षणकालागि स्थापित “सेफ हाउस“ को स्तरोन्नति गरिनेछ । पर्यटन तथा उद्योग –गौरीगञ्ज भन्सारलाई व्यवस्थित र पारदर्शी ढंगले संचालन गरिने प्रबन्ध मिलाइनेछ । सीमावर्ती पर्यटन विकास योजना कार्यान्वयन गरिनेछ । – हाटबजारको मौलिकता बचाउदै समय सापेक्ष रुपमा व्यवस्थित गरिनेछ । – वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । –धार्मिक स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गरिनेछ । – दमकलाई पर्यटक ट्रान्जिट हवको रुपमा विकास गरिनेछ । – स्थानीय आदिवासी जनजाती संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनेछ । स्वास्थ्य –गरिब तथा विपन्न परिवारले स्वास्थ्य उपचार पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिनेछ । – अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्टाई निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था सशक्त रुपमा कार्यन्वयन गरिनेछ । –दमक अस्पताललाई पहिलो चरणमा ३०० शैयाको अस्पतालका रुपमा स्तरोन्नति गरिनेछ । –ग्रामीण तथा सीमावर्ती क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र विस्तार गरिनेछ । – “प्रत्येक घरमा शुद्ध पानी, परिवारमा स्वस्थ कहानी” कार्यक्रम मार्फत स्वच्छ खानेपानीको सुनिश्चितता गरिनेछ । – फरक क्षमता भएका र ज्येष्ठ नागरिक लक्षित “घर घर स्वास्थ्य सेवा कार्यक्रम” मार्फत् निःशुल्क स्वास्थ्य सेवा सञ्चालनको नितिगत व्यवस्था गरिनेछ । – “२४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा” को सुनिश्चितताका लागि नितिगत सुधार गरिनेछ । –अपाङ्गता पुनस्र्थापना केन्द्रको निर्माण सम्पन्न गरी संचालनमा ल्याइनेछ । भूमि व्यवस्थापन –झापा ५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रा.स्व. पा. सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान” नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ । – बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवद्र्धनका लागि ’ल्याण्ड बैंक“ को व्यवस्था गरिनेछ । – ऐलानी जग्गा सम्बन्धि उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरुको नापी नक्सा अभिलेखिकरण गर्ने कार्य सम्पन्न गरिनेछ । वातावरण –चुरे संरक्षण कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । – वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागू गरिनेछ । – वन, ताल तथा सिमसार क्षेत्र संरक्षण गरिनेछ । –सफा हावा, हरियाली र स्वस्थ वातावरणयुक्त शहर निर्माणका लागि आवश्यक नीतिगत सुधार गरिनेछ । –विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, राहत तथा पुनर्लाभ कार्यक्रम सञ्चालन गरिनेछ । सुशासन –जनताको आवश्यकतामा आधारित नीति, कार्यक्रम र बजेट तर्जुमा प्रणाली लागू गरिनेछ । – अनलाइन गुनासो दर्ता प्रणाली लागू गरिनेछ । – सार्वजनिक कार्यहरुको प्रगति देखिने डिजिटल ड्यासबोर्ड सञ्चालन गरिनेछ । – भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गरिनेछ । – विभिन्न आन्दोलनका सहिद तथा घाइते परिवारलाई सम्मानजनक जिवनयापनका लागि रोजगारीको व्यवस्था मिलाइनेछ । – चिया बगान मजदूरसहित सबै श्रमिकको न्यूनतम अधिकार सुनिश्चित गर्ने श्रम ऐन समयानुकूल परिमार्जन गरी सशक्त रुपमा कार्यान्वयन गरिनेछ । कला एवं संस्कृति –राष्ट्रिय भाक्का दिवसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गरिनेछ । – आदिवासी जानजाती लगायत सम्पूर्ण जातजातीको भाषा, कला, धर्म, संस्कृती एवं भेषभूषाको संरक्षण तथा प्रवर्द्धन गरिनेछ । – आदिवासी, जनजाती संग्राहलयलाई थप व्यवस्थित तथा सुदृढ गरि संचालनमा ल्याइनेछ । –सेउपाखा बहुसांस्कृतिक भवनको निर्माण सम्पन्न गरी संचालनमा ल्याइनेछ । खेलकुद –राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित बहुआयामिक खेलकुद एकेडेमी निर्माण गरिनेछ । – दमक गोल्डकपलाई व्यवसायिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरी झापा–५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पु–याइनेछ । –खुल्ला खेल मैदानहरुलाई संरक्षण तथा आवश्यकता अनुसार स्तरोन्नति गरिनेछ ।
जो आफ्नो मात्रै जित खोजिरहेका छन्
काठमाडौं । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा केपी शर्मा ओली एकै दिन पूर्वका तीन जिल्लामा आयोजना गरिएका आमसभामा हेलिकोप्टरमार्फत पुगेर सम्बोधन गरेको समाचार अहिले पनि खोज्यो भने सहजै भेटिन्छ । २०७९ को चुनावमा उनले सुदूरपश्चिमको धनगढीको आमसभालाई सम्बोधन गरेर सोही दिन डडेल्धुरा र दार्चलामा पनि पुगेर काठमाडौं फर्किएको समाचार अहिले पनि विभिन्न अनलाइनहरुमा सहजै भेटिन्छ । २०७० को संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पादेखि चितवन र काठमाडौंसम्मको सभामा उपस्थित भएर पार्टीको राष्ट्रव्यापी उपस्थिति देखाउन सक्रिय थिए । उनले पनि एकै दिन ३/४ वटा सभामा पुगेर मतदातालाई रिझाउने काम गर्थे । २०७४ को बाम गठबन्धनमा त ओली र प्रचण्ड कयौं ठाउँमै एउटै हेलिकप्टरमा पुगेर एकैदिन ठाउँ-ठाउँमा आयोजना गरिएका जनसभालाई सम्बोधन गर्ने गरेका थिए । २०७९ मा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन हुँदा प्रचण्ड र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पनि हेलिकप्टरमा गएर ठाउँ-ठाउँका जनसभाहरुमा सम्बोधन गर्थे । उनीहरु आफू उम्मेदवार बनेको ठाउँभन्दा पनि जनसभामै सम्बोधन गरेर आफ्नो पार्टीप्रति जनताको आकर्षण बढाउन तल्लिन हुन्थे । उनीहरू देश दौडाहामा निस्केर आफ्नो पार्टीका उम्मेदवारका लागि माहोल बनाउने अभियानमा जुट्थे । उनीहरूलाई आफ्नो जित सुनिश्चित छ भन्ने आत्मविश्वास हुन्थ्यो, त्यसैले आफ्नो भन्दा पार्टीको जित प्राथमिकतामा राख्थे । हेलिकप्टरमा यात्रा गरेर एक किसिमको माहोल सिर्जना गर्थे । ती दृश्यहरु केवल प्रचार अभियान मात्र थिएनन्, शक्ति प्रदर्शनको प्रतिक पनि थिए । तर, अहिले परिदृश्य फरक छ । शीर्ष नेताहरुलाई चुनाव त लागेको छ । तर, आफू र आफ्नै लागि । उनीहरुको पार्टीले न जनसभा आयोजना गर्न सकेको छ नत उनीहरू आफू बाहेकका उम्मेदवारको निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग मत मागिरहेका छन् । अहिले न हेलिकोप्टरको गर्जन सुनिन्छ नत विशाल आमसभामा गर्जिने नेताहरुका चिल्ला भाषण सुनिन्छन् । अहिले विशाल आमसभाहरू देखिन छाडेका छन् । फागुन २१ गतेको चुनाव आउन अब दुई साता पनि बाँकी छैन । नेताहरुलाई प्रचार प्रचार गर्न अधिकतम् अब एक सातामात्रै बाँकी छ । किनकी अर्को साताको मध्यतिर मौन अवधि सुरु हुन्छ । त्यो अवधिमा न प्रचारप्रसार गर्न पाइन्छ नत घरदैलो नै । तर, यो ‘प्राइम टाइम’ मा पनि नेताहरु सुस्त छन्, अहिलेसम्म उनीहरुले बृहत आमसभा त परै जाओस्, मतदातालाई मत दिनु है भनेर एउटा समान्य गल्ली र कोठे सभा पनि गरेका छैनन् । आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त शीर्ष नेताहरू अहिले आफ्नै निर्वाचन क्षेत्रमा सीमित भएका छन् । चुनावी मैदानमा उनीहरूको ध्यान राष्ट्रिय प्रचारभन्दा व्यक्तिगत जितमा केन्द्रित देखिन्छ । राजनीति जस्तो सामूहिक अभ्यासमा व्यक्तिकेन्द्रित राजनीतिक रणनीति हाबी हुँदै गएको संकेत यसले दिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली अहिले झापा-५ मा मात्र सक्रिय छन् । ६ पटक सोही क्षेत्रबाट निर्वाचित भइसकेका उनी राजनीतिक जीवनको पहिलो पटक संघर्षपूर्ण घरदैलो अभियानमा देखिएका छन् । एमालेका एक नेताका अनुसार ओलीले संसदीय चुनावमा घरघरमा पुगेर मत मागेको यो पहिलो पटक हो । विगतमा उनी आफ्नो क्षेत्रमा सहज जितको विश्वासमा अन्य जिल्लामा प्रचार गर्न जान्थे । अहिले त्यो सहजता गुमेको छ । उनी आफ्नै जितको खोजीमा छन् । उनी मतदाताका अनेकन प्रहार सहेर सुस्त रुपमा चुनावी परिणाम आफ्नो पोल्टामा पार्ने संघर्ष गरिरहेका छन् । त्यति गर्दा पनि उनले झापा–५मा चुनौती महसुस गरिरहेका छन् । विगतका चुनावहरुमा काठमाडौंमै बसेर राष्ट्रिय चुनावी समन्वय गर्ने र आफ्नो निर्वाचन क्षेत्रमा केवल औपचारिक उपस्थिति जनाउने ओली यसपटक खल्तिमा ओखती बोकेर चुनावी प्रचार प्रसारमा छन् । जेन–जी आन्दोलनपछि सत्ता गुमाएका उनी एमालेका लागि भावी प्रधानमन्त्रीको अनुहार भए पनि मनोनयनयता देश दौडाहा छाडेर आफ्नै क्षेत्रमा सीमित हुनुपर्ने बाध्यतामा छन् । घरदैलोमा व्यस्त केपी शर्मा ओली । उनी मनोनयन दर्तापछि तीन पटक झापा पुगेर आधा महिना उतै काटिसके । घरदैलो अभियानमा उनले मतदाताका तीखा प्रश्नको सामना गरिरहेका छन् । तर, पनि मौन हुँदै मत मागिरहेका छन् । ओलीका प्रचारप्रसार संयोजक देवेन्द्र दाहालका अनुसार अबको चुनाव मुद्दामुखी र मतदातामुखी हुनुपर्छ । यसले गर्दा शीर्ष नेताहरू आफ्नै क्षेत्रमा केन्द्रित हुनु स्वाभाविक हो । आवश्यकता अनुसार प्रदेशस्तरका सभा र लक्षित आमसभा गर्ने योजना भएपनि प्राथमिकता घरदैलो र प्रत्यक्ष संवादलाई नै दिइएको दाहालको भनाइ छ । नेकपा एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार नारा र भीडभन्दा प्रत्यक्ष भेटघाट, घरदैलो, साना अन्तक्र्रिया र स्थानीय मुद्दामा स्पष्ट योजना अहिलेका मतदाताले खोजिरहेका छन् । सामाजिक सञ्जाल र डिजिटल प्रचारले ठूला भौतिक सभाको आवश्यकता केही हदसम्म घटाएको अनुभवका आधारमा यो राणनीति अपनाइएको उनको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि कम्ता सास्ती छैन । पूर्वी रुकुममा खसीको कलेजो खाँदै र खल्तीमा भुटेको भटमास हालेर दिनरात उकाली ओराली गरिरहेका छन् प्रचण्ड । २०७९ को निर्वाचनमा गोरखा–२ बाट चुनाव लडेर जित हासिल गरेका उनी यस पटक पूर्वी रुकुममा पुगे । त्यसलाई उनी आफ्नो बहादुरी सम्झिन्छन् । उनले मतदाता र आलोचकहरुलाई भन्ने गरेका छन्, ‘देशका हरेक क्षेत्रबाट चुनाव लडेर जित्न सक्ने व्यक्ति म मात्रै हो ।’ स्थानीय मतदातासँग पुष्प कमल दाहाल ‘प्रचण्ड’ । संयोजक प्रचण्ड पनि अहिले आफ्नै जितमात्रै खोजिरहेका छन् । त्यसका लागि उनी माओवादी आधारभूमि पूर्वी रुकुम पुगे । त्यहाँ पनि उनी चुनौती महसुस गर्दै दिनरात प्रचारप्रसारमा लागि रहेका छन् । उनले पनि देशव्यापीरुपमा विगतको जस्तो आमसभा गरेर सम्बोधन गर्ने अभ्यास रोके । तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले फागुन २१ लाई चुनौतीपूर्ण चुनावका रुपमा लिएका छन् । सोही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीले सहिद पुत्र सन्दिप पुनलाई उम्मेदवार बनाएको छ । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा पहिलो पटक भाग लिँदै उनी काठमाडौं-१० र रोल्पा-२ बाट उम्मेदवार बनेर विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी काठमाडौं-१० र सिराहा-३ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी काठमाडौं–१० मा पराजित भए भने सिराहा-३ बाट झिनो मतले विजयी बने । २०७४ सालको निर्वाचनमा उनी गृह जिल्ला चितवन-३ बाट निर्वाचित भएका भए । २०७० सालको निर्वाचनपछि सत्ताका लागि कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर संसदमा पुगे उनी । अहिले कुनै पनि पार्टीले गठबन्धन गरेका छैनन् । त्यसको चुनौती महसुस गर्दै उनी पूर्वी रुकुम पुगेका हुन् । त्यसैले पनि उनी अहिले पार्टीका अन्य उम्मेदवारको निर्वाचन वा जनसभामा सहभागी छैनन् । उनको दैनिकी पूर्वी रुकुममै बितिरहेको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि अनावश्यक तामझाम घटाएर परिणाममुखी प्रचारमा ध्यान दिएको बताएको छ । पार्टीका कार्यालय सचिव गणेशमान पुन भन्छन्, ‘साना कार्यक्रम प्रभावकारी छन् । खर्च पनि कम हुन्छ, त्यसैले विगतको दोहोर्याएनौं ।’ सोही पार्टीका सहसंयोजक माधव कुमार नेपाल पनि अहिले ठूलो चुनौतीमा छन् । उनी पनि दिनरात लागेर रौतहट-१ का मतदातालाई रिझाइरहेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि सर्लाही-४ बाहिर खासै सक्रिय देखिएका छैनन् । आन्तरिक संघर्षपछि नेतृत्वमा पुगेका थापाबाट देशव्यापी अभियानको अपेक्षा गरिएको थियो । इतिहासमै पहिलो पटक युवा नेतृत्व पाएको कांग्रेसले गगनको नेतृत्वमा देशव्यापी माहोल सिर्जना गरेर चुनावमा अनपेक्षित जित हासिल गर्छ भन्ने अनुमान धेरैको थियो । तर, गगन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भए । २०७० सालदेखि काठमाडौं-४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापाले यसपटक वारेसानामार्फत सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएपछि मुलुककै राजनीतिक वृत्तमा यो क्षेत्र चर्चाको केन्द्रमा रह्यो । जुन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह पनि उम्मेदवार बनेका छन् । कांग्रेसको गढ मानिएको सो क्षेत्रमा थापाको प्रवेशले नयाँ राजनीतिक माहोल सिर्जना गरेको छ । सर्लाही-४ मा घरदैलो गर्दै गगन कुमार थापा । गगनले अघिल्लो साता मधेशमै प्रतिज्ञा सभा आयोजना गरे । त्यसपछि अन्य प्रदेश र ठाउँमा आमसभा गर्नेबारे कांग्रेसले अहिलेसम्म योजना सार्वजनिक गरेको छैन । सभापति थापा पनि आफ्नो क्षेत्रबाहेकमा देखिएका छैनन् । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका उनलाई पनि आफ्नो जित नै महत्वपूर्ण विषय रहेको महसुस गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे भन्छन्, ‘ठूल्ठूला आमसभा गर्नु हाम्रो परम्परा हो । तर, अहिले हामी मतदातासँग प्रत्यक्ष सम्पर्कमा जोड दिइरहेका छौं, केन्द्रीय स्तरका केही रणनीतिक सभा हुनेछन् तर अधिकांश कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित नै रहनेछन् ।’ उनले थपे, ‘हामी जनतामाझ पुग्ने अभियानमा छौं । आवश्यकता अनुसार आमसभा गर्ने योजना छ तर, अनावश्यक तामझामभन्दा परिणाममुखी प्रचारमा ध्यान छ ।’ प्रचारप्रसारको ट्रेण्ड परिवर्तन शीर्ष दलहरुका नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा चुनौती महसुस गरिरहेको बुझ्न सकिन्छ । जनमत अब पहिले जस्तो स्थिर देखिँदैन । त्यसले पनि ठूला राजनीतिक दल र नेताहरुले प्रचारप्रसारको ट्रेण्ड फेरेका छन् । पार्टी र शीर्ष नेताहरुले चुनावी आमसभा तथा भाषणवाजी नगर्नुमा केही कारण देख्छन् राजनीतिक विश्लेषक पर्शुराम घिमिरे । उनका अनुसार निर्वाचन प्रणाली प्रत्यक्ष प्रतिस्पर्धामुखी भएकाले प्रत्येक नेताका लागि आफ्नै क्षेत्रमा मत सुरक्षित गर्नु सबैभन्दा ठूलो प्राथमिकता हो । खर्च र स्रोत व्यवस्थापनको दबाबले पनि हेलिकप्टर चार्टर गरेर ठूला मञ्च र आमसभामा पुग्नु नेताहरुका लागि महँगो पर्ने घिमिरेको बुझाइ छ । घिमिरेका अनुसार बदलिँदो मतदाता मनोविज्ञानले चुनावी रणनीतिमा ठूलो प्रभाव पारेको छ । विगतमा भीडको आकारले लोकप्रियता मापन गरिन्थ्यो । अहिले भने दलहरुले मतदातासँग प्रत्यक्ष संवाद, स्थानीय मुद्दामा स्पष्ट योजना र उम्मेदवारको पहुँचलाई प्राथमिकता दिन थालेका छन् । त्यसैले दलहरूले घरदैलो, टोलस्तरका अन्तक्र्रिया र साना छलफल कार्यक्रमलाई प्राथमिकतामा राखिरहेका छन् । दलहरूले पनि यही परिवर्तन स्वीकार गरेको बताएका छन् । एमालेका एक उपाध्यक्ष तथा गुल्मी २ का उम्मेदवार गोकर्ण विष्ट भन्छन्, ‘अबको चुनाव मतदातामुखी हुनुपर्छ । शक्ति प्रदर्शनभन्दा विश्वास जित्नु महत्पूर्ण छ ।’ उनी आफै पनि पहिलेदेखि नै सम्वाद र अन्क्र्रियामा लागेका उम्मेदवार हुन् । नेपाली कांग्रेसको काठमाडौं-१ का उम्मेदवार प्रवल थापाले पनि ठूला सभाभन्दा लक्षित अन्तक्र्रियालाई जोड दिएको जानकारी दिए । थापाले भने, ‘जनताले भाषणभन्दा कामको योजना खोजेका छन् । त्यसैले हामी घरदैलो र प्रत्यक्ष संवादमा केन्द्रित छौं ।’ विश्लेषक घिमिरेका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रभाव, खर्च व्यवस्थापनको दबाब र कडा प्रतिस्पर्धाले दलहरूलाई आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन बाध्य बनाएको छ । यस पटकको चुनावमा भीडको आकारभन्दा संवादको गुणस्तर निर्णायक बन्ने संकेत देखिएको घिमिरेको बुझाइ छ । उनी भन्छन्, ‘राजनीतिक दलहरू शक्ति प्रदर्शनभन्दा विश्वास निर्माणको रणनीतिमा अघि बढिरहेका छन् ।’ यो परिवर्तनको कारण निर्वाचन आयोग पनि भएको धेरैको बुझाइ छ । निर्वाचन आयोगले चुनावी खर्च, प्रचार शैली र स्रोतको प्रयोगमा कडाइ गरेको छ। हेलिकोप्टर प्रयोग अत्यन्त खर्चिलो हुने भएकाले त्यसको निगरानी कडा भएको छ । रास्वपाले जनकपुरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा रवि र बालेन । परिवर्तनको लहर, विकल्पको त्रास नेपाली राजनीतिमा नयाँ शक्तिको उदयले पुराना दललाई रक्षात्मक बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश, सुदूरपश्चिम र कर्णालीमा बृहत सभा आयोजना गर्दै आक्रामक अभियान चलाइरहेको छ । पार्टीका सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विभिन्न प्रदेशमा पुगेर परिवर्तनको सन्देश बोलिरहेका छन् । उनीहरूको अभियानले युवा र असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेको देखिन्छ । पुराना दलका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा सीमित हुनु रवि र बालेन पनि हुन् । सामाजिक सञ्जालमा देखिएको प्रभावले शीर्ष नेताहरुका लागि राष्ट्रिय माहोल बनाउनेभन्दा व्यक्तिगत जित सुरक्षित गर्ने प्राथमिकता देखिन्छ । नेपालको मतदाता संरचनामा जेनजी पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । सामाजिक सञ्जालमा सक्रिय यो पुस्ता परम्परागत भाषण र नाराबाट प्रभावित हुँदैन भन्ने विषय शीर्ष नेताहरुले बुझिसकेका छन् । उनीहरू जेनजीहरु तथ्य, पारदर्शिता र जवाफदेहिता खोज्छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिमा प्रश्न गर्ने संस्कृतिलाई बल दिएको छ । नेताहरू अब केवल आमसभामा ठूलो भीड जम्मा गरेर सन्तुष्ट हुन सक्दैनन् । सामाजिक सञ्जालमा उठ्ने प्रश्न, आलोचना र ट्रेन्डहरूले चुनावी समीकरण प्रभावित पार्न सक्छ । यही कारण नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिन थालेको अधिकांशको बुझाइ छ । यो नेपाली राजनीतिको ‘कोर्ष करेक्सन’का रुपमा पनि धेरैले बुझेका छन् । नेपालको चुनावी राजनीति अहिले संक्रमणकालीन अवस्थामा छ । हेलिकोप्टरमार्फत देश दौडाहा गर्ने नेताहरू घरदैलोमा सीमित भएका छन् । विशाल आमसभाको ठाउँमा व्यक्तिगत भेटघाटले प्राथमिकता पाएको छ । पुराना दल रक्षात्मक छन्, नयाँ दल आक्रामक छन् भने जेनजी पुस्ता निर्णायक भूमिकामा उभिएको छ । विश्लेषकहरु यसलाई राजनीतिक संस्कृतिको पुनर्संरचनाका रुपमा बुझ्छन् । नेताहरूको चुनौती अब केवल चुनाव जित्ने मात्र होइन, बदलिँदो मतदाता मनोविज्ञान बुझ्ने र विश्वास पुनर्स्थापित गर्ने पनि हो ।