लघु जलविद्युतले गाउँघर झलमल्ल, ६० घर परिवार लाभान्वित

<p>रामेछाप ।रामेछाप दुरागाउँका स्थानीय समुदायले आफ्नै अग्रसरतामा लघु विद्युत आयोजना सञ्चालन गरेका छन् । जसका कारण अहिले सिंगो गाविस नै झिलिमिली भएको भने कसैले पनि अध्यारोमा बस्नु परेको छैन । गाउँका स्थानीय अगुवा तिलक बहादुर पौडेलको नेतृत्वमा स्थानीय समूहको निर्माण गरी स्थानीयले गरिवी निवारण कोषको सहयोगमा साब्राखोला लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएका हुन् । स्थानीयले [&hellip;]</p>

रामेछाप ।रामेछाप दुरागाउँका स्थानीय समुदायले आफ्नै अग्रसरतामा लघु विद्युत आयोजना सञ्चालन गरेका छन् । जसका कारण अहिले सिंगो गाविस नै झिलिमिली भएको भने कसैले पनि अध्यारोमा बस्नु परेको छैन ।

गाउँका स्थानीय अगुवा तिलक बहादुर पौडेलको नेतृत्वमा स्थानीय समूहको निर्माण गरी स्थानीयले गरिवी निवारण कोषको सहयोगमा साब्राखोला लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएका हुन् । स्थानीयले प्रति परिवार १० हजार रुपैयाँका दरले पैसा उठाएका र गरिवी निवारण कोषको १० लाख गरी कुल १५ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो ।

सो आयोजना निर्माणका लागी स्थानीयले ५० घरधुरीले पाँचलाख रुपैयाँजम्मा पारेका थिए भने आयोजनावाट कुल १५ किलोवाट विजुली निस्किएको थियो । पौडेलका अनुसार ५० घरधुरीले १५ किलोवाट विजुली सवै प्रयोग नभएको र करिव ९ किलोवाट विजुलि खेर गइरहेको बताए ।

त्यतिबेला १५ लाख रुपियाँ खर्च गरेर निर्माण गरेको उक्त आयोजनाले ५ वर्ष पुरा गरिसकेको छ। विजुली अभावका कारण सँगैको सैपु गाविस पूरै अन्धकार छ तर पोल तथा तारको अभावका कारण पल्लो गाविससम्म खेर गएको विजुली पुर्याउन नसकिएको उनले बताए ।
स्थानीय जलविद्युत उत्पादन समितिका व्यवस्थापक खडेन्द्र सुनुवारका अनुसार टिभी हेर्न र मोबाईल चार्ज गर्न पाउँदा झन्डै ६० घर धुरी दंग भएको बताए।

एउटा समिति बनाएर गाउँलेहरुले सञ्चालन गरिरहेको सो लघु जलविद्युत आयोजना अहिले नाफा कमाउनमा व्यस्त छ।
व्यवस्थापक सुनुवार भन्छन, “पहिले १० हजारपनि ऋण लिएका थियौं‌ । अहिले सबै तिरिसक्यौ र राम्रो आम्दानी गर्न थालेका छौं।”
बिजुली बालेबापत प्रतिमहहिना १ सय ५० रुपैयाँ महसुल तिर्नुपर्ने नियम समितिले बनाएको छ । सजिलोसँग विद्युत खपत गर्न पाएका कतिपय गाउँलेका टिन वा ढुगांले छाएका घर बाहिर दिउँसो नै बत्ति बलि रहेको भेटिन्छ।

उनी भन्छन्, “कहिले कहिले मेसिन बिग्रिएको समयमा बाहेक हामी लोडसेडिंग मुक्त भएर बस्न पाएका छौं। बिजुलीका कारण सञ्चार लगायतका सुविधा उपभोग गर्न पाएकाले गाउँलेको चेतनास्तर पनि बढेको छ।”

Share News