काठमाडौं । सरकारले तराईमा पछि परेका बालबालिकाहरुलाई मासिक ४ सय प्रदान गर्ने भएको छ । यसअघि कर्णाली र दलितका बालबालिकालाई प्रदान गर्दै आएको ४ सय रुपैंया अब तराइका बालबालिकाले पनि पाउने भएका हुन् ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा मानव विकासमा पछि परेका बालबालिकाहरुलाई उत्थान गर्नका लागि कार्यक्रमको क्षेत्र विस्तार गरिने उल्लेख गरिएको छ ।
अब रौतहट, महोत्तरी, धनुसा र सिराहका बालबालिकाले मासिक ४ सय भत्ता प्राप्त गर्नेछन् । बत्तव्यमा तराई मधेशका गरिब बालबालिकाको उत्थान गर्न थप अनुदानको व्यवस्था गरिएको छ ।
यसैगरी सरकारले खर र परालको घर हुने व्यक्तिलाई घर निर्माणका लागि ५० हजार रुपैंया प्रदान गर्ने भएको छ ।