तल्लो मोदीमा वम भेटियो, दोषि पत्तालगाई कारबाही गर्न महासंघको माग

<p>काठमाडौं । पर्वत जिल्लाको पार्दीस्थित तल्लो मोदी हाइड्रो पावर परियोजनामा हिजो विहान (मंगलबार) अज्ञात समूहद्वारा बम राखिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विकास निर्माण परियोजनालाई लक्षित गरी गरिएका त्यस्ता कार्यको महासंघले विरोध गरेको बताएको छ । सरकारले उर्जा विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढीरहेको अवस्थामा यस्ता घटना हुनु दुःखद भएको [&hellip;]</p>

काठमाडौं । पर्वत जिल्लाको पार्दीस्थित तल्लो मोदी हाइड्रो पावर परियोजनामा हिजो विहान (मंगलबार) अज्ञात समूहद्वारा बम राखिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

विकास निर्माण परियोजनालाई लक्षित गरी गरिएका त्यस्ता कार्यको महासंघले विरोध गरेको बताएको छ । सरकारले उर्जा विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढीरहेको अवस्थामा यस्ता घटना हुनु दुःखद भएको महासंघको ठहर छ ।

मुलुकनै विकासको मार्गमा अगाडी बढ्न अग्रसर भैरहेको अवस्थामा भएका यस्ता घटनाप्रति सरकारको ध्यानाकर्षण गराउदै त्यस्ता कार्यमा संलग्नहरुको खोजी गरी कानुनको दायरामा ल्याउन महासंघले माग गरेको छ ।

Share News