भ्रष्ट्राचार अभियोगमा एकै दिन ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

<p>काठमाडौं । भ्रष्ट्राचारको अभियोगमा एकै दिन ४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न समयमा पक्राउ गरेको अभियुक्तमाथी मुद्दा दायर गरिएको हो । मुद्दा दायर हुनेहरुमा रामाशिष साह, बिक्रान्त शुक्ला, अहमद खान र गिरवललाल धोवी रहेका छन् । वीरेन्द्र ऐश्वर्य उमावि लिम्सा, जाजरकोटका निमावि तहका विज्ञान विषयका [&hellip;]</p>

काठमाडौं । भ्रष्ट्राचारको अभियोगमा एकै दिन ४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न समयमा पक्राउ गरेको अभियुक्तमाथी मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर हुनेहरुमा रामाशिष साह, बिक्रान्त शुक्ला, अहमद खान र गिरवललाल धोवी रहेका छन् । वीरेन्द्र ऐश्वर्य उमावि लिम्सा, जाजरकोटका निमावि तहका विज्ञान विषयका शिक्षक रामाशिष साहको आईएससीको प्रमाणपत्र नक्कली भएको पुष्टी भएको हो ।

यसैगरी नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र, नेपालगञ्ज, बाँकेमा कार्यरत ३ जनाले विद्युत मिटर नामसारी र नयाँ जडान गर्ने प्रयोजनका लागि घुस मागेपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

चारै जना विरुद्ध बिगो जरिवाना र कैदको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

 

Share News