अकस्मात् बजार अनुगमन: म्याद नाघेका वस्तु नष्ट

<p>काठमाडौं । पृथ्वीराजमार्गको धादिङ खण्डमा जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरेको छ । अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रजिअ धोलकराज ढकालले बताए । बिस्कुट, चाउचाउ, चियापत्ती, विभिन्न ब्राण्डका जुस, लेज, कुरकुरे लेज आदि बरामद गरी नष्ट गरिएको छ । गाउँपालिकाको [&hellip;]</p>

काठमाडौं । पृथ्वीराजमार्गको धादिङ खण्डमा जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरेको छ ।

अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका वस्तु बरामद गरेको सहायक प्रजिअ धोलकराज ढकालले बताए ।

बिस्कुट, चाउचाउ, चियापत्ती, विभिन्न ब्राण्डका जुस, लेज, कुरकुरे लेज आदि बरामद गरी नष्ट गरिएको छ । गाउँपालिकाको मौवाखोला क्षेत्रमा बजारमा बिक्री गरिएका बिस्कुट थोक बिक्रेताले नै म्याद गुज्रेपछि पठाएकाले धेरै सामग्री बजारमा म्याद नाघेको भेटिएको व्यवसायीको भनाइ छ ।

मदिराजन्य वस्तु अनुमति नलिई बिक्री वितरण गर्न नपाइने कानूनी प्रावधान विपरीत बिक्रीवितरण गरिएका १० भन्दा बढी पसलबाट मदिरासमेत अनुगमन टोलीले बरामद गरी नष्ट गरेको छ ।

अनुगमन निरन्तर गरिने र यात्रु लक्षित होटल तथा खाद्य पदार्थको गुणस्तर सुधार गर्न अनुगमनले नियमन गर्ने अनुगमनमा सहभागी प्रजिअ भगिरथ पाण्डेको भनाइ छ । आज भने गजुरी क्षेत्रमा अनुगमन भइरहेको छ । रासस

Share News