काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय पुगेको छ । थापाले १ सय दिनमा सुन काण्ड, यातायातको सिन्डिकेट र काम नगर्ने ठेकेदारलाई लाइनमा ल्याउन सफल भएको बताएका छन् ।

गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यातायात यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानविन तथा ठेकेदारहरुलाई ठेगान लगाउने काम भएको बताएका हुन् ।
निर्माणका कार्यमा ढिला सुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदाहरुलाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका नियकाहरुसँगको समन्वयमा कारवाही अघि बढाईएको उनले बताए ।
जतिसुकै शक्तिशाली ठेकेदार भएपनि उसलाई कारवाहीको दायरामा ल्याएर छोड्ने गृहमन्त्रीको भनाई छ ।
यस्तै सुन तस्करी प्रकरणमा अब ठुला कारोबारी पनि पक्राउ पर्ने संकेत गर्दै उनले भने ‘ सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन, अब ठुला माछा पनि पक्राउ पर्दैछन् । ’