तपाईको लाइसेन्स बन्यो/बनेन, लिखित परिक्षामा पास हुनुभयो/भएन ? थाहा पाउन एसएमएस गर्नुस्

<p>काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स सम्बन्धी सबै जानकारी अब एसएमएस सेवा सञ्चालन गरेकाे छ ।  सेवाग्राहीको असुविधालाई ध्यान दिँदै विभागले लाइसेन्स सम्बन्धी जानकारी एसएमएसबाटै सुरु गरको हो । स्मार्ट लाइसेन्स छपाई गर्न ढिलो भएकोले सबै जानकारी एसएमएस सेवाबाटै सुरु गरको विभागका निर्देशक तुलसीराम अर्यालले बताए । &#8216;दैनिक सयौंको संख्यामा लाइसेन्स बन्यो या बनेन [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स सम्बन्धी सबै जानकारी अब एसएमएस सेवा सञ्चालन गरेकाे छ ।  सेवाग्राहीको असुविधालाई ध्यान दिँदै विभागले लाइसेन्स सम्बन्धी जानकारी एसएमएसबाटै सुरु गरको हो ।

स्मार्ट लाइसेन्स छपाई गर्न ढिलो भएकोले सबै जानकारी एसएमएस सेवाबाटै सुरु गरको विभागका निर्देशक तुलसीराम अर्यालले बताए । ‘दैनिक सयौंको संख्यामा लाइसेन्स बन्यो या बनेन भन्ने जानकारी लिनैको लागि विभागमा लाइन लाग्ने गरेका छन्यो,  समस्याको हल गर्न एसएमएस सेवा शुरु छौं,’ निर्देशक अर्यालले विकासन्युजसँग भने ।

उनका अनुसार अनलाइनबाट लाइसेन्सको लिखित परिक्षामा पास भएको नभएको थाहा पाउनका लागि अंग्रेजी अक्षर डब्लुटी टाइप गरी स्पेस दिई आफ्नो आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नु पर्नेछ । त्यस्तै स्मार्ट लाइसेन्स बने नबनेको थाहा पाउनका लागि अंग्रेजी अक्षर एलसी टाइप गरि स्पेस दिई आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

यसअघि सेवाग्राहीहरु लाइसेन्स बन्यो बनेन लिखित परिक्षामा पास भयो भएन भन्ने बारे जानकारी लिन कार्यालय नै धाउनुपर्ने बाध्यता रहको थियो । त्यति मात्र हाेइन, कार्यलाय पुगेपछि ३० रूपैयाँ तिरेर दलालकाे सहायता  लिनुपर्ने अवस्था थियाे ।

विभागले अझै २ लाख भन्दा बढी स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएकाे छ ।

यसैगरी विभागले मोटरसाइकल, स्कुटर, कारको अनलाइन लाइसेन्स फारम असार मसान्तसम्म बन्द गर्ने भएको छ । विभागले १ महिनाका लागि देशैभरी अनलाइन फारम बन्द गर्न लागेको हो ।

विभागका निर्देशक अर्यालका अनुसार रिट्रायलका लागि नै असार २० गतेसम्म लाग्ने र बाँकी ११ दिनमा हिसाब अडिट गर्नुपर्ने भएकाले अनलाइन लाइसेन्स बन्द गरिएको हो । ठूला सवारी साधनका लागि भन लाइसेन्स परिक्षा नरोकिने अर्यालले जानकारी दिए ।

Share News