काठमाडौं । गृह मन्त्रालय र उर्जा मन्त्रालयको सहकार्यमा विजुली चोरी नियन्त्रण हुने भएको छ । गृह मन्त्रालयमा बुधबार बसेको सयुक्त बैठकले विद्युत चुहावट नियन्त्रण गर्ने निर्णय भएको हो ।

प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत चुहावट रहेको छ । आर्थिक वर्ष ०७३÷७४मा चुहावट २२.९ प्रतिशत थियो ।
तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।
यस्तो छ मन्त्रालयले गरेको संयुक्त निर्णयहरु
