काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगले उच्चतम प्रविधीको प्रयोग गरी व्यवहारमुखी नतिजा ल्याउनु पर्ने बताएकी छन् । लोक सेवा आयोगको ६८ औं वार्षिकोत्सव समारोहमा बोल्दै भण्डारीले राष्ट्र सेवामा दत्त चित्त भएर लाग्ने उत्कृष्ट कर्मचारीको छनोट गर्नु आयोगको काम भएको बताइन् ।

समाहरोमा भण्डारीले सार्वजनिक सेवा प्रभाहमा जनताको दृष्टीबाट हेर्दा आयोग महत्वपुर्ण सवैधानिक अंग भएको बताइन । उनले लोक सेवा आयोगको गौरवपुर्ण इतिहास र विस्वासलाई लोक सेवाले जोगाइ राख्नेमा विस्वास व्यक्त गरिन ।

‘सर्वोकृष्टले मात्र राष्ट्रको सेवा गर्नेछ’
आयोगका प्रमुख आयुक्त उमेश प्रसाद मैनालीले सर्वोकृष्टले मात्र राष्ट्रको सेवा गर्ने बताए । उनले भने-‘कर्मचारीको भर्ना वैज्ञानिक हुनुपर्दछ । कर्मचारी र छनौटमा प्रशासन क्षेत्रको जग र सुर हो भनिन्छ । गलत भर्ना निति र गलत भर्ना प्रक्रियाले प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गर्दछन् मकैमा ढुसी र काठमा धमिरा जस्तै । यस्ता ढुसी धमिरा हटाउन हामीले योग्याताका सबै तत्वहरु पूर्वानुमेयता हुने गरी परिक्षण विधिहरुमा सुधार गर्नु आवश्यक हुन्छ । यस क्रममा परिक्षण विधिमा बढी वैज्ञानिक मानिएको असिसमेन्ट सेन्टर मेथोडोलोजी अवलम्बन गर्ने प्रक्रिया शुरु भएको छ ।’
कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु अधिकृत शान्ता कडरिया, खरिदार शान्ता खत्री लगायतलाई सम्मान गरिएको थियो ।